लघुलेख
दाैतेरीहरू
सरण राई
दाैतेरीहरू
सरण राई
दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा
समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र
सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ ।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ? मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ भन्थ्याे । र , म चिन्दिनथिएँ ।
धेरै समयसम्म जुन साथी दाैतेरीकाे बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका ! त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !
***
२०७५साउन २६,सुमेरू अस्पताल