Followers

Tuesday, June 16, 2026

( उच्छ्वास कविता) बिर्सन प‌‌ैसा लाग्दैन

 

( उच्छ्वास कविता)
बिर्सन प‌‌ैसा लाग्दैन
 
सरण राई
 
अनवरत यात्रामा
पाइतालाका अनेकन् डाेबहरू
मन मुटु मगजमा छापिए ।
 
ती डाेब झझल्काहरू
बिर्सन पैसा नलाग्ने भए पनि
बिर्सन सकिनँ
भन्दा नि चाहिनँ । चाहिनँ
ती बिर्सिए भने
मसँग
सम्झने न‌‌ै के बाँकि रहन्छ र
बाँच्ने प्रयाेजन न‌‌‌ै क‌े रहन्छ र ?!
झुल्किरहने यादहरू नभए बाँच्न नै किन पर्छ र !
 
यादहरू नआए बाँच्न नै कहाँ सकिन्छ र ...
क्रमश...र क्रमश...र...र। अनि अनि ।।
२०८३/२/३ धरान 





Sunday, June 7, 2026

(कविता) १. अहिले २. जित

 

(कविता)
सरण राई
 
१. अहिले
 
गराैला भाेलि
हाेइन आजै गर
भाेलि भरैकाे के भर
अहिले छ र
अहिलेकै भर पर ।
 
२. जित
 
हृदयमा बाँस पाउनु जित ।
मायालु बाजि जित्नु जित ।
अहिले केही गरिरहनु जित ।
अन्याय नगर्नु जित ।
सत्य न्यायका पक्षमा रहनु जित ।
जीवनकै पक्षमा लडिरहनु जित।
उज्यालाेका लागि लडे सधैं जितै -जित !