(लघु कथा )
नोकरहरुको लडाई
सरण राई
नोकरहरुको लडाई
सरण राई
मालिकलाई आफ्ना गाउँलेहरु एकापसमा मिलेर सुख र शान्तिसग बसेको मन
पर्दैनथ्यो | त्यसरी बसे भने उसले चाहेको कुराहरु पुरा हुन सक्तैनथ्यो |
उसको दबदबा पनि कायम हुन सक्तैनथ्यो | उनीहरुलाई जुधाएर , उक्साएर र चर्को
ब्याजमा ऋण सापटी दिएर मुद्दा मामिला गर्न लगाउथ्यो |
गाउँलेहरुले यी झगडा फसाद, गरिबी र अशान्तिको जड अशिक्षा हो भन्ने ठानेर एउटा पाठशाला खोल्ने सल्लाह गरे |
पाठशाला जस्तो कुरोको विरोध गर्न हुदैनथ्यो -- मालिकले जुक्ति निकाल्यो | पाठशाला खोल्ने कुरा मालिकलाई मन परेको थिएन | दुइजना नोकरहरुलाई गाउँ पठायो | पहिलो नोकरले पाठशाला डाडामा हुनुपर्छ भनेर प्रचार गर्यो | दोस्रोले गहिरामा हुनुपर्छ भनेर आधि गाउँलेहरुलाई 'कन्भिन्स ' गर्यो | मालिकसँग सल्लाह र सहयोग माग्ने भनेर उनको घरमा सबै गाउँलेहरु जम्मा भए पछी मालिकले सोध्यो - "पाठशाला कहाँ खोल्ने ?"
"डाँडामा "पहिलो नोकरका साथै केहि गाउँलेले भने |
"गहिरामा " दोस्रो नोकरका साथै केहि गाउँलेले भने |
पाठशाला खोलिनु अगाडी नै डाँडामा खोल्ने र गहिरामा खोल्ने दुइ दलमा गाउँलेहरु विभक्त भैसकेका थिए | दुवै दलका नेताहरु भने मालिकका नोकरहरु नै भएका थिए |
डाँडामा कि गहिरामा ? वाद विवाद पछी गाउँलेहरु हात हालाहालकै अवस्थामा पुगे | गाउँलेहरु दुइ समुहमा बाड़िएर लडाई झगडा हुन् थाल्यो |
पाठशालाको कुरा हरायो | यो देखेर मालिक भने आनन्दले मुस्कुराउँन थालेको थियो |
२०७१ माघ ८

No comments:
Post a Comment