- मुक्तक
सरण राई
१.बबुरो जनता
"बाटो न घाटो दगुर्छ लाटो' भएछन्
खाएर गलगिध्द नेता मोटाएको हेरेर
' खान पाइन्छ कि' भ्रम पालेछन्
भ्रान्तिमा महाआसे बबुरो भएछन् |
२ .मगन्ते जन्माऊ
भूकम्पको नाम गरि खरबौ अरबौ रुपिया आएको छ
सिप इलम पिडितलाई नसिकाई मगन्ते बनाएको छ
पी. आर .ग्रिनकार्डवालालाई नेपालीको के माया हुन्छ
अरुको देश कङ्गाल बनाई आफ्नो बैक एकाउन्ट भर्नु छ |
३ .सजाय दलालहरुलाई
'आकाशको फल आँखा तरी मर' मुलुकको विकाश बनाए
पी.आर.,ग्रिनकार्डवालाले राष्ट्रीय सम्पति निकास लगाए
भूकम्पको राहत सहयोग रकम समेत खाइ अघाई पचाए
जागेका जनताले विदेशी दलाल राष्ट्रघातीहरुलाई तुर्लुङ्ग झुन्डाए |
🔴
- Sita Thapa sir muktak ta vuktak po vayechhe
muktak ramro chha. sir - Sarankumar Rai धन्यवाद |मुक्तकको बहिनि भुक्तक ; याने भुक्तक= आफै भुक्तभोगी भइ भोगेको अनुभूति | व्यक्त गर्न नियम छन्दआदिले रोक्दैन | जसरी व्यक्त गरे पनि हुने -- भुक्तक
Dil Kumar Upreti मीठो अनि यथार्थपरक मुक्तक सर
No comments:
Post a Comment