(लघुलेख )
आजको सोच
सरण राई
आजको सोच
सरण राई
सर्वसाधारण आममान्छे अग्रगमनको पक्षमा उच्च सिध्दान्त विचारको पछी लाग्न
चाहन्छन तर अहिले त्यस्तो सबै उच्च विचार ओझेलमा परेको अवस्था छ | सबै
शक्तिसाली दलहरुले अङ्गिकार गरेका सिध्दान्त र विचार देखाउने दाँत र मानिस
झुक्काउने चाल र जाल मात्र रहेछ भन्ने निष्कर्समा पुग्न विवस भएका छन्
उनीहरु ! अब देश र समाज अगाडि बढाउने उर्जा कुन सिध्दान्त र विचारको आधारमा
सञ्चारण र सञ्चालन गर्ने जटिल प्रश्न उठ्न थाल्नु दुखद स्थिति हो | अब
को, कसलाई र कुन विचारमाथि विश्वास गर्ने ?
पढेलेखेका जान्ने बुझ्ने भनेर मानिएका समाज अगाडि बढाउने बुध्दिजिविहरु पुरै जिविकावादी भएका छन् | उनीहरुको ज्ञान निहित स्वार्थका लागि अनुचित तवरले प्रयोग भईरहेको छ | उनीहरु समग्र मानव समुदायको लागि नभएर एउटा पौराणिक झुण्ड एउटा फटाहा भ्रष्टाचारी समुह र अर्को राष्ट्रघाती शक्तिद्वारा परिचालित भैरहनु देश र समाजका लागि निराशाजनक बनेको छ | अब त्यस्ताहरूबाट के आश गर्नु ? अझै बहुसंख्यामा इमानदार बुध्दिजिविहरु आधुनिक उन्नत समाज निर्माणको पक्षमा रहेकाले नै समाज उन्नतिशील छ |
अहिलेको प्रमुख चुनौती फटाहाहरुले मैलाएका सिध्दान्त विचार र आस्थालाई कसरी पुन: स्थापित गरेर विश्वासको वातावरण बनाउने हो ? यो काम गर्ने जिम्मेवारी इमानदार बुध्दिजिवी र इमानदार राजनैतिक कार्यकर्ताको काँधमा आएको छ | यो जिम्मेवारी पुरा गर्ने इमानदार बुध्दिजिवी र इमानदार राजनैतिक कार्यकर्ताहरु यो युगका महान् सपुत हुनेछन् !
२०७३ साउन २ , धरान

No comments:
Post a Comment