(लघुलेख)
नेपाली जनता
सरण राई
नेपाली जनता
सरण राई
एकजना प्रसिध्द व्यक्तिले भनेको महावाणी सम्झन्छु - मलाई कसैले एक चोटी
ठग्छ वा झुक्याउछ भने उसलाई धिक्कार छ तर फेरी उसैले दोस्रो चोटी पनि
ठग्छ वा झुक्याउछ भने म आफुलाई धिक्कार छ | तर अब त मलाई बारम्बार
ठगिने वा झुक्किने नेपाली जनता महान् छन् भन्ने पो लाग्न थालेको छ |
झुक्किएजस्तो नाटक गरेर प्रत्येक पल्ट तथाकथित राजनेता भनाउदाहरुलाई
गुल्दुङ खुवाएका छन् |
राजालाई लागेको थियो - जनतालाई भेडाबाख्रा सरह बनाएको छु, जे गरे नि हुन्छ | राणाहरुलाई पनि त्यस्तै लागेको थियो | बहुदले नेताहरुलाई पनि त्यस्तै लागेको थियो | तर उचित समय आए पछी ती सबैलाई गुल्दुङ खुवाए |
अहिले पनि गणतन्त्रवादी , क्रान्तिकारी, बहुरुपी छद्मभेषी पाखण्डी र विदेशी प्रभुको इशारामाा नाच्ने तथाकथित नेताहरु, बिस्तारवादीहरु , नवउपनिवेषवादिहरु, साम्राज्यवादीहरु जनतालाई भेडाबाख्रा सरह सम्झेर अनेक तिकडम गरिरहेका छन् |आफु अत्यन्त बुध्दिमान भएको र जनतालाई भेडाबाख्रा सम्झेर अनेकौ भ्रम छरिरहेका छन् | झुक्किएजस्तो गरेर जनता तिनीहरुका नौटंकी हेरिरहेका छन् |
उचित समय आए पछी ती सबैलाई गुल्दुङ खुवाएर आफ्नो भाग्य आफै निर्माण गर्नेछन् र आफ्नो मालिक आफै बन्ने छन् |
२०७३ असार १ , धरान

No comments:
Post a Comment