(लघु लेख )
हाम्रो अवस्था
सरण राई
हामीले अहिले
भोगिरहेको अवस्था र व्यवस्थाको विश्लेषण हुनुपर्ने हो र भईरहेको पनि छ तर
अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जस्तै भैरहेको छ |
राज्यको
ढुकुटीबाट मोज र भोज गर्न र गराउन सफल नव नेताहरुले मुलुकको अवस्था र
व्यवस्था अत्यन्त उज्ज्वल रहेको विश्लेषण गरेर चुनावमा फेरी जितेर मोज र
भोजको निरन्तरता दिईरहने सपना देखिरहेका छन् |
जनआन्दोलनको शक्तिद्वारा घोक्रेठ्याक
लगाईएका प्रतिगामी , पुनरुत्थानवादी र प्रतिक्रियावादी शक्तिहरु पनि
अन्यौलको वातावारण भईरहेमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दाउ
हेरिरहेका छन् |
जनताले आशा गरेका एवं जनआन्दोलनको नेतृत्व गरेका
राजनैतिक शक्तिहरु संविधान बनाउन र मुलुक चलाउन असफल भएको मात्र नभएर
घृणित स्वार्थको दलदलमा कहिल्यै उत्रण नसक्ने गरि फसेको देखेर जनमत
उनीहरुका बिरुध्द बनेको अवस्था देखिन्छ |
सर्वशक्तिशाली अवस्थामा
रहेका तिनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु बाहेक अरु
गतिलो काम केहि गरेनन् |संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको
हुनाले मुलुक अब त्यो भन्दा पछाडी फर्कन सक्दैन |
संविधान बनाउन र
मुलुक चलाउन असफल राजनैतिक शक्तिहरु ज्याला लिएर काम पुरा नगर्ने श्रमिक
सरह भएका छन् | तापनि फेरी त्यहि कामका लागि चुनाव हुने कुरा लिएर आएका छन्
| मतदाताहरुसमक्ष फेरी तिनीहरु भोट माग्न आउने भएका छन् | उनीहरु आफ्नो
गल्तीप्रति कहिल्यै जनतासामु माफी माग्नेवाला छैनन् |जनता भनेको उनीहरुको
नजरमा दास हुन् , उनीहरुको हैकम हालीमुहालीमुनि पिसिनु पर्दछ - उनीहरुको
धारणा छ |
"एकपल्ट कसैले धोका दिन्छभने धिक्कार छ धोका दिनेलाई ,
तर दोस्रो पल्ट वा बारम्बार पनि उसले धोका दिन्छ भने धिक्कार छ धोका
पाउनेलाई |" मतदाताको स्थिति यस्तो रहेको छ |
अब मुलुक बचाउने
जिम्मा मुलुकवासीको काँधमा आएको छ | सार्वभौमसत्ता सम्पन्न जनताले सत्य र
मुलुकको पक्षमा उभिनु पर्ने भएको छ | पाखण्डी , बहुरुपी र भ्रष्ट नेता र
बिचारको पछी नलाग्नु पनि असल शक्तिलाई साथ दिनु हो |
विद्यमान दल
र नेताहरु आतङ्क , डर, त्रास फैलाएर , पैसा र सत्ताको दुरुपयोग गरेर
गुण्डाराजको चुनाव चाहिरहेका छन् | यस्तै अवस्था र व्यवस्था रहिरहेमा
स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव नारामा मात्र सिमित हुने निश्चित
छ |यसो भएमा पाखण्डी , बहुरुपी र भ्रष्ट नेताहरुले चुनाव जित्ने छन् ,
चुनाव अर्थहीन हुने छ | मुलुक फेरी यथास्थितिको सिकार हुने छ |
स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव भएमा जनता र राष्ट्र बलियो हुने छ
| मुलुकलाई अग्रगमनतिर लैजाने अभिभारा मतदाताको हो | मतदाताले निभिक भएर,
अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर
मत प्रयोग गरेमा अहिलेको अन्योलपूर्ण अवस्था र व्यवस्थाको अन्त्य भै नयाँ
नेपालको मुहार देख्न पाइने थियो कि !
लोकतन्त्रको आधार चुनाव
भएकोले ढिलो छिटो चुनाव हुन्छ नै | र, त्यो आगामी चुनावमा निभिक भएर, अन्ध
समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत
प्रयोग गर्नु मतदाताको दायित्व भएको छ | आफ्नो दायित्व पुरा गरौँ , देश
स्वत: बन्नेछ !
२०७० भदो १, ध रा न