(लघुसंस्मरण)
थाेत्रा गाडीहरू
सरण राई
थाेत्रा गाडीहरू
सरण राई
पहिलाेपल्ट घरगाउँ छाडेर काका मर्म बहादुर राईकाे साथमा धरान आउदाका केही
अनुभूतिहरू मनमष्तिस्कमा अमिट भइ बसेकाे छ । बिहानै सखारै उठेर हिँड्नु,
काकालाइ भेट्न काेही बेला त कुद्नै पर्ने । तर नयाँ र पहिलाे यात्रा
भएकाेले केटाैले जाेस र उमङ्गसाथ गलेकाे कुरा बिर्सेर चार दिन निरन्तर
हिडेपछि चतरा पुगेकाे सम्झना ताजै छ ।
चिउरा पटक्कै मन नपर्ने मलाई पिखुवा किनारमा हिँडिरहदा चिउरा रूमालमा पाेकाे पारेर पानीमा चाेपेर भिजेकाे चिउरा खाँदै हिडेकाे सम्झना पनि ताजै छ । चिउरा कति मीठाे भएकाे थियाे.. स्वाद जिब्राेमै छ ।
पहाडकाे दुर्गम गाउँ छिनामखुबाट पहिलाेपल्ट तराई झरेकाे १४वर्ष टेक्न लागेकाे केटाेले चतरामा पहिलाेपल्ट गाडि माेटर देखेकाे थियाे । गाडि माेटर देख्दा हर्षले गदगद् भएर कतिबेला चढ्न पाइएला भन्ने आतुरी लागेकाे थियाे ।
गाडी चढियाे । सिट नाममात्रकाे ४वा ५वटा थिए । मान्छे बसिसकेका । उभिएरै धरान पुग्नु पर्ने । १घन्टा भइसक्याे, यात्री कुरेकाे कुरैकै । बल्ल बल्ल बाख्रा खाेरमाझैँ मान्छेहरू खादेकाे । ड्राइभर सिटमा बसिसकेपछि खलासी जेड आकारकाे फलामे डण्डी इन्जीन अगाडीकाे दुलाेमा हुलाएर बलले घुमाउछ । घरघर थाेरै गर्छ । स्टार्ट हुँदैन ।"सबैजना ओर्लेर गाडी ठेल्ने घचेट्ने" ड्राइभरकाे आदेश ।
झरेर केही बेर ठेलेपछि गाडी स्टार्ट हुन्छ । कुदेर गुरूरु चढ्याे । अहा, पहिलाे चाेटि गाडी चढेकाे । मान्छेकाे घुइचाेमा हल्लाएर हल्लाएर अलिकति के कुदेकाे हुन्छ । स्टार्ट बन्द । फेरि घचेट्, कुदेर चढ् । एक माेहर भाडा तिरेर गर्मी , अनेक सास्ती सहेर बल्ल बल्ल धरान आइपुगियाे । काठका लस्करै घरैघर, मान्छे नै मान्छे । धरान बजार यस्ताे रहेछ - मक्ख परियाे ।
बिराटनगर जाने गाडि माेटरकाे अवस्था पनि चतराकै जस्ताे थियाे । गाडी चढ्। भाडा तिर् र गाडी घचेट्, ठेल् । त्यति बेला पुराना थाेत्रा गाडी र कच्ची बाटाेकाे अवस्थाले गर्दा गाडी चढ्नेकाे कर्तव्य गाडी ठेल्नु मानिन्थ्याे ।
बाटाहरू बने । पुर्व पश्चिम राजमार्ग बन्न थाल्याे । धरान बिराटनगरकाे बाटाे पक्की भयाे ।आराथुम (भारतकाे एउटा बस कम्पनी) बस आयाे । नयाँ सफा ठेल्नु नपर्ने चढेपछि गन्तव्यमा निश्चित समयमा पुराउने । यात्रीहरू एक घन्टा कुरेर भए पनि आराथुम नै चढ्न थाले । थाेत्रा गाडि माेटर चल्ने कुरा भएन ।आराथुम नआएसम्म विकल्प नहुँदा थाेत्रा गाडि माेटर नै चढ्नु पर्ने बाध्यता थियो ।
थाेत्रा गाडि माेटरवालाहरूले सिण्डिकेट बनाए । आराथुमलाई अनेक अवराेध पुराउन थाले । अवराेध गरेर मात्र नहुने रहेछ भन्ने बुझे र सिण्डिकेटकाे माध्यमबाट नयाँ बसहरू ल्याए । आराथुम हरायाे ।
(अहिलेका राजनैतिक दलहरू पनि ती थाेत्रा गाडि माेटर जस्तै हुन् । अर्काे असल राजनीति बाेक्ने शक्तिकाे प्रतीक्षामा जनता रहेका छन् । त्याे शक्तिकाे आगमनसँगै यी थाेत्रा दलहरू फालिने छन् । यी दलहरूकाे सिण्डिकेट त बन्न थालेकाे छ । तर नयाँ बस ल्याउने तयारी भने छैन । यिनीहरू टिकिरहने हाे भने आफूलाई कायापलट गर्नुपर्ने छ अन्यथा अर्काे शक्तिले यीनीहरूलाइ पूर्णतया विस्थापित गर्ने निश्चित छ ।)
🔴
https://facebooklit.blogspot.com/
२०७६ वैशाख १०, धरान