(लघुअात्मालाप)
केका लागि बाँच्ने?
सरण राई
केका लागि बाँच्ने?
सरण राई
युवा हुँदासम्म राजनीति जनता र देशकाे लागि हाे भन्दै राजनीतिमा
पूर्णकालिन हुन नसके पनि राजनीति गरिब दुःखी र देशकाे उन्नतिका लागि
हुनुपर्छ भन्ने अडानसाथ असल राजनीतिका लागि त्याे युवा काल समर्पित गरियाे ।
२००७ साल बाल्यकालमा भाेगियाे । त्यसबारे राम्ररी थाहा पाइएन । ००७साल पछिकाे बहुदलीय व्यवस्था नै मेराे राजनैतिक ज्ञान र प्रशिक्षणकाे अवधि रह्याे । २०१५ससालकाे पहिलाे अाम निर्वाचनमा पिता मछिन्द्रबहादुर राई भाेजपुरकाे उत्तरी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टिकाे तर्फबाट संसदकाे लागि उम्मेदवार हुनुले मलाइ वामपन्थी राजनीतितर्फ अाकृष्ट बनायाे ।
६०वर्षकाे उमेरसम्म मानव अधिकार, प्राज्ञिग स्वतन्त्रता र उन्नत राजनैतिक व्यवस्थाका लागि राजनीति बाँच्ने अाधार थियाे । त्यही लक्ष्य खातिर अाफ्नाे समय व्यतित गरियाे ।
अाफ्नै जीवन कालमा गणतन्त्र प्राप्ति हाेला भन्ने साेचेकाे ,अाश गरिएकाे पनि थिएन ।
गणतन्त्र पाइयाे । अनेक नदेखेका नसाेचेका कुराहरू भाेगिदै छ । गणतन्त्र नपाइन्जेल राजनीतिप्रति जुन राजनैतिक चासाे र सग्लनता थियाे समाप्त भयाे । राजनीति अहिले सर्वाधिक फाेहाेरी भएकाे छ ।अाकर्षण सकिएकाे छ ।
६१देखि ७१वर्षकाे उमेर पत्नी प्रेममा बित्याे जुन मेराे जीवनका सर्वाधिक रमाइला महत्वपूर्ण समय थियाे ।
पत्नीकाे देहावसानले अब ७१वर्ष पछिकाे मेराे जीवनबारे जटिल प्रश्न उत्पन्न गराएकाे छ । सायद मेराे साहित्यिक मन र लगन नै मेराे बाँच्ने सहारा हुन्छ कि ?
(याे विषम अवस्थामा मलाई मेराे शुभच्छुकहरूकाे गहन सुझाव,साथ र सहयाेगकाे अावश्यकता महसुस भइरहेकाे छ।)
२०७५।११।२६,धरान

No comments:
Post a Comment