कविता
के कस्तो ?!
सरण राइ
खुम्चिँदा–खुम्चिँदा सानो शुक्ष्म अदृश्य अगोचर भएछु
फैलदाँ भने ब्रमाण्ड भन्दा नि ठुलो अपार विशाल हुन्छु
हुनु पर्ने मैले कस्तो हो ? अगोचर कि अपार ?!
खोज्दाँ आफैलाई आफैभित्र सग्लो सुन्दर चम्किलो हिरा पाउँछु
खोज्दा बाहिर सांसारिकतामा रोईरहेको बबुरो बालक भेट्छु
हो म के ? हिरा कि किरा ? कि हृदय परेको चिराचिरा ?!
No comments:
Post a Comment