Followers
Monday, March 8, 2021
(लघुसंस्मरण) चाैतारी, छहारी, र सिरसिरे बतास
Saturday, February 27, 2021
(लघु लेख ) राजनैतिक विकासमा कार्यकर्ता
Wednesday, February 3, 2021
(लघुसंस्मरण) चार आनाकाे कुरा
Monday, November 30, 2020
(लघुआत्मालाप) अमर कृति
Sunday, November 22, 2020
(लघुसंस्मरण) जन संघर्ष जारी छ
(लघुसंस्मरण)
जन संघर्ष जारी छ
Friday, September 25, 2020
(लघुआत्मालाप) म पास भएँ
Thursday, August 27, 2020
(लघुलेख)नेपाली राजनीति र साहित्य
Thursday, August 20, 2020
( लघुसंस्मरण ) हार्नहार्न लागेको बेला
Thursday, August 13, 2020
(लघुसंस्मरण) मासिएकाहरू
Wednesday, August 12, 2020
(लघुलेख) दाैतेरीहरू
(लघुलेख)
दाैतेरीहरू
सरण राई
दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा
समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र
सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ
।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ?
मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ
भन्थ्याे । र , म चिन्दिनथिएँ ।
धेरै समयसम्म जुन साथी दाैतेरीकाे
बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा
छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा
सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था
अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध
अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका !
त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !
२०७५साउन २६,सुमेरू अस्पताल
Friday, August 7, 2020
(लघुलेख) नयाँ शक्ति
(लघुलेख)
नयाँ शक्ति
सरण राई
हरेक पल्ट हारेर पनि कहिल्यै नहार्ने जनता हुन् । हरेक पल्ट दुष्ट
निकृष्टहरूले जनताकाे सपना तुहाएर अाफ्नाे स्वार्थ पूरा गरेका छन् ।
पुराना शक्तिहरुले बारम्बार देश र जनतालाई धोका दिएपछि नयाँ शक्तिको उदय स्वागतयोग्य हुन्छ | देशलाई नै नयाँ शक्तिको जरुरी छ ।
देशको आवश्यकतालाई हेरेर होइन आफ्नो जातलाई केन्द्रमा राखेर हेर्ने
परिपाटीले गर्दा आजसम्मका तथाकथित विचारक, विश्लेषक हुँ भन्नेहरु र नेता र
दलहरु पनि असफल भई सकेको अवस्था छ |
मुलुक जोगाउने नयाँ शक्ति देशले नै
जन्माउने छ आफ्नो रक्षाको लागि ,सार्बभौम सत्ता जोगाउनकालागी | अब एकलकाटे
सोच काम लाग्दैन , सबै उदांग भैसकेका छन् |
अाजसम्मकाे विश्व दर्शन
षड्यन्त्रको दर्शन रहेकाे छ । मरेपछि पाइने स्वर्ग, माेक्ष, परमात्मा,
काल्पनिक शास्र , पूर्वजन्मकाे फल, पुनर्जन्म अादिकाे चक्करमा फसाइएकाे
सर्वसाधारण ! उनीहरूकाे श्रममा माेज गर्ने नेता, अगुवाहरू । अल्मलाउने
सैध्दान्तिक छलकपटमा भुलिएका पिछलग्गुहरू ।
सही ज्ञान, चिन्तन र बैज्ञानिक साेचकाे अभावमा जनताजनार्दनलाई लाटाे गाेजाङ्ग्राे बनाईएकाे छ र "लाटाेकाे देशमा गडाहा तन्नेरी !"
विवेक मरेकाे अवस्था ; भ्रमात्मक झुठाे नामधारी ज्ञानकाे भुलभुलैया !
यस्ता भुलभुलैयाले अग्रगामी शक्तिकाे जन्म हुन नदिन अनेकाैं प्रपञ्च
रचिरहेकाे भए पनि अग्रगामी नयाँ शक्ति जन्मिन्छ नै । त्यस शक्तिले मात्र
अहिलेकाे भयानक षड्यन्त्रकारी राष्ट्रघाती निकृष्ट दुष्टहरूकाे चङ्गुलबाट
देश र निमुखा बनाइएका जनता जनार्दनलाई बचाएर देशकाे नव निर्माण र विकास
गर्न सक्छ ।
र, नयाँ शक्तिकाे उदयले सबै सपनाहरू पूरा हुने छ । अशावादी
सबै ! केही समय वर्तमान अँध्याराे - मिरमिरे बिहान अाउन लाग्दा । नयाँ
शक्ति उज्यालाे प्रखर सुखकाे बिहान !
🔴
२०७७ साउन २३
🔥☯️🔥
काेपा ह: कुलमर्दन राई र काेमा कृष्णकुमारी राई
Tuesday, August 4, 2020
(लघुआत्मालाप) हुँदा / नहुँदा
(लघुआत्मालाप)
हुँदा / नहुँदा
सरण राई
सरण राईले आफू हुँदा/ नहुँदाकाे कथा (मानिसले भाेगेका/भाेग्ने ब्यथा) लेख्न थालेका रहेछन् । कस्ताे लेख्छन् हाेला ?
अहिले त उनी बाँचेका छन् र आफू हुँदाकाे अनुभव अनुभूति सुख दु: खका कुरा
प्लट मिलाएर लेख्न सक्छन् । त्याे चाखिलाे हुने नहुने पनि भन्न सकिदैन ।
उनले नभएका गइर्सकेका उनका पत्नी र अरूका कथा लेखेका छन् । उनी हुँदाकाे
कथा त उनैले लेख्लान्, तर उनी नहुँदाकाे कथा उनले लेख्न सक्छन् र !
लेखेभने पनि त्याे काल्पनिक फाेस्सा हुन्छ । उनी जस्तै अरबाै जन्मेर गईसके,
ती सबकाे कथा पढेर साध्य हुन्छ ? एक समयका रङ्गरवास मलिन झकिझकाउ---क्षणिक
झाेक्का !
अहिले भएकाहरू पनि त्यस्तै हाेइनन् र ? सदा रहने त काेही रहेनछन् । तापनि भएकाहरूका लागि हाे सबथाेक !
कालान्तरमा सब क्षणभङ्गुर सावित हुने नै छन् । भएता पनि कसरी याे कथा
लेखन गर्दा उद्देश्यमूलक हाेला, सार्थक हाेला ? सल्लाह दिन सकिन्छ तसर्थ
यस्ताे लेख्नुहाेस् भनेर सल्लाह, सुझाव खाेजिरहेका छन् , बिचरा अदना ! कथा
लेख्न खाेज्ने सरण ।
अस्ताउनु भन्दा पहिले चम्किने किरण ! जेजस्ताे भए
नि किरण हाे । त्याे किरणलाई सम्मान गर्नु निभ्न लागेका दियाेलाई
हावाहुन्डरीबाट केहीबेर भए पनि बचाउनु सरह हाे ।
जिउँदाे हुँदाकाे जिवन्त कथा लेख्न दिनुहाेस् । अन्तिम किरण चम्किन दिनुहाेस् । गईसकेपछि त " ला बाबै केरा खा" जस्तै हाे ।
अस्ताउनुभन्दा निमेष अगाडिसम्म पनि चम्कन चाहन्छ/ चम्किरहन्छ मानिस ! त्यस्तै एक उनी पनि ...!
🔴
२०७७ साउन २३
🔥🌹🌹🔥🔥
Wednesday, July 29, 2020
(लघुलेख) मसित के छ ?
मसित के छ ?
सरण राई
मसित पनि हिजाे भरपुर परिवार थियाे, मायालु पत्नी थिई । याैवन थियाे, स्वास्थ थियाे र सबैभन्दा महत्त्वपूर्ण जाेश, जाँगर र सामर्थ्य थियाे । भरपुर उपभाेग गराैला भन्दा भन्दै पंछीझै समय फुरुर्र उडेर गई हाल्याे । एउटा थकथकी मनमा छाडेर । सायद यस्तै थकथकीकाे थाक जीवन हाे कि !
तालुचिन्डेका लागि काङियाेझैँ रहेछ अनुभव । मैले भाेगेर पाएकाे शिक्षा के काम ? जसलाई कार्यान्वयन गर्नै सकिँदैन ।तापनि अन्तिम बिसाैनी पुग्नै पर्ने जिन्दगी !
सुन्दर सुखद सप्तरङ्गी दिनहरू सपनाजस्तै बितेर जान्छन् ।पत्तै हुँदैन । समय जब नाैरङ्गी हुन थाल्छ, चेत पलाउछ - मसित के छ ? के थियाे ? थियाे थियाे त्यसकाे कुरै सकिगाे । जे छ त्यसैबाट काम/ जीवन चलाउनु पर्ने ।
आयु वशमा छैन, आयु थैलीमा भएकाे रूपिया जस्तै कति छ ? थाहा हुँदैन । जन्मदा सबैले (१रू.= १ वर्ष) एउटा एउटा थैली (आयुकाे) पाएका हुन्छन् । त्याे थैली भित्र बढिमा १०० सम्म हुन्छ । सुरुमा रूपिया पैसा मनपरि खर्च गरेझैँ जीवनका वर्षहरू सिध्दिन्छन् । थाेरै हुन थालेपछि साेध्न-साेच्न थालिन्छ - मसित कतिछ ? मसित के छ ?
हामी/म नरहे पनि सांसारिक जीवन/ पापकाे निरन्तरताकाे क्रमिकता चलिरहन्छ । तसर्थ
"सांसारिक जीवनकाे साैन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य ! "
याे शेष जीवन "स्वत:चलायमान" बनाउने सुत्र हाे ! कि हाेइन ?!
🔴
२०७७ साउन १५
🔥🌹🙏☯️🙏🌹🔥v
🔥🌹🙏☯️🙏🌹🔥v
Tuesday, July 28, 2020
(लघुलेख) बाङ्गाेटिङ्गाे राजनीति
बाङ्गाेटिङ्गाे राजनीति
सरण राई
साहित्यकार अाफूलाई मानेर मैले सात वर्ष अगाडि लेखेकाे थिएँ । अाज सात वर्ष पछि पनि कुराे त ठीकै लाग्छ तर राजनीति बुझ्नै नसकिने (जटिल !) झन् जटिल देखिदै छ । जति बुझ्याे झन् बुझ्न कठिन !
नयाँ नयाँ गुत्थीहरू सुल्झिदै छ , त्याे भन्दा जटिल गुत्थीहरू थपिदै छ । फाेहाेरी राजनीति "बिषालु किङ्ग काेब्रा" भएकाे छ जनता डस्ने-मार्ने, हुँदाहुँदा त देशै सक्ने- बेच्ने "म्याच फिक्सिङ" राजनीति ! कति भयावह दु:खद स्थिति ! ऊ नेता, ऊ नेता उस्तै... उस्तै !
अविश्वास, अन्याैल, अन्यमनस्क भ्रामक स्थिति फाेहाेरी राजनीतिले सृजना गरेर, वातावरण धमिलाे बनाएर देश सक्ने निर्लज्ज कुकर्ममा बिकेकाहरू लागिरहेका छन्, कलाविहीन नाटक मञ्चन गरिरहेका छन् ।
अगुवाहरूकाे फाेहाेरी "म्याच फिक्सिङ" राजनीति देशकाे अस्तित्त्व र रक्षाकाे प्रमुख समस्या भएकाेले त्यसबाट देश जाेगाउनु देशभक्तहरूका प्रमुख दायित्त्व भएकाे छ ।
देश रहे मात्रै देशवासी रहने हाे ! जय देश र जय देशवासी !!!
🔴
२०७७ साउन १३
🔥🔥☯️🔥🔥
Monday, July 6, 2020
(लघुलेख) उन्नत साेच
Thursday, June 11, 2020
(लघुलेख) नेपाली माैलिक राजनीति
नेपाली माैलिक राजनीति
सरण राई
मान्छे जस्तै देशकाे अस्त्तित्त्व पनि आमूल परिवर्तन नभए संकटतर्फ धकेलिदै गइरहेछ । काेविद १९ले भन्दा धेरै मानिसहरू अव्यवस्थाका सिकार भइ मरे । आठ सयभन्दा बढिले आत्महत्या गरे । भाेकले सडकमै मरे । राजनीति भ्रष्टाचार बाहेक कतै देखिएन । काेविद १९बाट देशवासीलाई बचाउन सरकार कतै सकारात्मक सक्रिय भेटिएन । अतिक्रमित आफ्नाे भूमि रक्षा गर्न सक्षम भएकाे देखिएन ।
राजनीतिमा कहाँ त्रुटि भइरहेकाे छ ? विश्लेषण आवश्यक छ । विदेशीकाे गुलाम एजेन्ट राजनीति अहिले छर्लङ्ग भएकाे छ । दुःखकाे कुरा देश र देशवासीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात नै भएकाे रहेनछ ।
नेपाल र नेपाली बचाउन अब नेपाल र नेपालीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात गर्ने बेला भएकाे छ । यसका लागि समस्त देशप्रेमीहरू एकताबध्द भई राजनैतिक रूपमा सक्रिय हुन जरुरी छ ।
नेपाली माैलिक राजनीति ! महान् असल नेपाली माैलिक राजनीतिले सारा नेपालीकाे सुख, समृध्दि र हर क्षेत्रमा सफलता ल्याउँछ ।
🔴
२०७७ जेठ ३०, लकडाउन
https://facebooklit.blogspot.com/2020/06/blog-post.html
🔥🌹🔥
Sunday, May 10, 2020
(लघुलेख) साेच
साेच
सरण राई
त्याे त हाे ।तर नेपाल रहेसम्म नेपाली रहने हाे । नेपालकाे अस्तित्वमाथि नै संकटकाे प्रश्न वर्तमानअवस्थामा गम्भीर रूपमा उठेकाे छ । छिमेकीले हाम्राे भूमि हडप्न थालिसकेकाे छ । लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र मिचेर-ओगटेर बाटाे बनाइ सकेकाे छ । भारतपरस्त राष्ट्रघाती सरकार वक्तव्य निकाल्न बाहेक केही गर्न सक्तैन । इतिहासकै सबैभन्दा कमजाेर सरकार । बारम्बार जनतालाइ धाेका दिइरहेकाेले जनताकाे विश्वास गुमाएकाे सरकार । विदेशीकाे बफादार तर तर जनताप्रति गद्दार । कुनै देशकाे सरकारकाे शक्तिकाे स्राेत त्यस देशकाे जनता हाे । जनता थिचेर मिचेर देश बेच्न तयार तर देश जाेगाउन नसक्ने लाचार सरकार । कमजाेर सरकारले देश जाेगाउला भन्ने आशै रहेन । बिकेकाे मान्छेहरूबाट के आश गर्ने ?
देश जाेगाउन सारा नेपालीहरू एकजुट हुनुपर्ने भएकाे छ । धर्म, भाषा, जात, क्षेत्र, संस्कृति आदिकाे नाममा र अनेकाैं भ्रामक आधारमा नेपालीजनलाई फुटाउन सफल भएकाे भ्रम बाेकेर नेपाल निल्ने छिमेकीकाे दाउ नेपाली जन एकताले चकनाचुर पार्ने छ । साथै बिकेकाहरूकाे राज समाप्त गरेर देशकाे रक्षा नेपालीहरूकाे एकताले गर्ने छ तथा देशकाे द्रुततर विकास गरेर शक्तिसाली नेपाल निर्माण गर्ने छ ।
नेपालीहरूकाे एकता ! महान एकताकाे अपूर्व शक्ति !
याे साेच-- समृध्द सम्पन्न शक्तिसाली सुन्दर अक्षुग्ण अखण्ड नेपालकाे लागि माैलिक नेपाली साेच ! देशभक्त नेपालीहरूकाे समानता र न्यायमा आधारित प्याराे साेच ! यही साेचले नेपाली एकता स्थापित हुने छ । बिकेका र बिक्नेहरू सधैका लागि समाप्त हुने छन् ।
नेपालीहरूकाे अमर एकता ! महान एकतामा अपूर्व शक्ति !
🔴
२०७७ वैशाख २९, लकडाउन
🔥🌹🔥
🔥🌹🔥
(समसामयिक लघुलेख) देश बचाऊँ !!!
देश बचाऊँ !!!
सरण राई
नेपालीहरू एकजुट हुन नदिने खेलमा पनि विदेशीकै हात छ । बिकेकाहरू चिनेर बिकेकाहरूलाई बहिस्कार गरेर सब नेपाली एकजुट भएर देश जाेगाऊ !
🔥लाजमर्दाे भइयाे नेपालीलाई सिमानामा भारतीयले कुट्ने, राजधानीमा चिनीयाले कुट्ने । "लिम्पियाधुरा लिपुलेक कालापानी" भारतले मिच्ने, चिन सगरमाथाकाे चुचुराे तिब्बतमा पर्छ भन्ने। लिपुलेक समझाैता मार्फत नेपाल सक्न दुवैकाे मिलाेमताे पाे छ कि ! अब आपसमा सब नेपाली नमिले नेपाली भन्न नपाइने अवस्था राष्ट्रघातीहरुले ल्याउने दिन आउन नदिन सब नेपाली एकजुट हाेऔँ !
🔥एकजुट भएर नेपाल बचाऊँ !!
🔴
२०७७ वैशाख २८ ,लकडाउन
🌹🙏🌹