(लघुआत्मालाप)
हुँदा / नहुँदा
सरण राई
सरण राईले आफू हुँदा/ नहुँदाकाे कथा (मानिसले भाेगेका/भाेग्ने ब्यथा) लेख्न थालेका रहेछन् । कस्ताे लेख्छन् हाेला ?
अहिले त उनी बाँचेका छन् र आफू हुँदाकाे अनुभव अनुभूति सुख दु: खका कुरा
प्लट मिलाएर लेख्न सक्छन् । त्याे चाखिलाे हुने नहुने पनि भन्न सकिदैन ।
उनले नभएका गइर्सकेका उनका पत्नी र अरूका कथा लेखेका छन् । उनी हुँदाकाे
कथा त उनैले लेख्लान्, तर उनी नहुँदाकाे कथा उनले लेख्न सक्छन् र !
लेखेभने पनि त्याे काल्पनिक फाेस्सा हुन्छ । उनी जस्तै अरबाै जन्मेर गईसके,
ती सबकाे कथा पढेर साध्य हुन्छ ? एक समयका रङ्गरवास मलिन झकिझकाउ---क्षणिक
झाेक्का !
अहिले भएकाहरू पनि त्यस्तै हाेइनन् र ? सदा रहने त काेही रहेनछन् । तापनि भएकाहरूका लागि हाे सबथाेक !
कालान्तरमा सब क्षणभङ्गुर सावित हुने नै छन् । भएता पनि कसरी याे कथा
लेखन गर्दा उद्देश्यमूलक हाेला, सार्थक हाेला ? सल्लाह दिन सकिन्छ तसर्थ
यस्ताे लेख्नुहाेस् भनेर सल्लाह, सुझाव खाेजिरहेका छन् , बिचरा अदना ! कथा
लेख्न खाेज्ने सरण ।
अस्ताउनु भन्दा पहिले चम्किने किरण ! जेजस्ताे भए
नि किरण हाे । त्याे किरणलाई सम्मान गर्नु निभ्न लागेका दियाेलाई
हावाहुन्डरीबाट केहीबेर भए पनि बचाउनु सरह हाे ।
जिउँदाे हुँदाकाे जिवन्त कथा लेख्न दिनुहाेस् । अन्तिम किरण चम्किन दिनुहाेस् । गईसकेपछि त " ला बाबै केरा खा" जस्तै हाे ।
अस्ताउनुभन्दा निमेष अगाडिसम्म पनि चम्कन चाहन्छ/ चम्किरहन्छ मानिस ! त्यस्तै एक उनी पनि ...!
🔴
२०७७ साउन २३
🔥🌹🌹🔥🔥
No comments:
Post a Comment