(लघुसंस्मरण)
मासिएकाहरू
सरण राई
करिब १३ वर्षको उमेरमा गाउँघरका २५/३० जवान लाठेहरू हिङखुवा खाेलामा बिहानै माछा मार्न गएका थियाैँ । केटाकेटी मसमेत तीनचार जना मात्र थियाैँ । म पिताज्युसँग र अरुहरू पनि ठूला अविभावकसँग गएकाले त्याे माछा मार्ने टाेलीमा समावेश हुन पाएका थियाैँ । यसभन्दा अगाडि याङटाङ खाेलामा पनि दुवाली फर्काएर माछा मारेकाे देखेकाे थिएँ । याङटाङ जाँदा ७/८ जना भए हुन्थ्याे । तर हिङ्खुवा जाँदा भने २५/३० जना भएरै जानुपर्ने कारण खाेला ठूलाे र माछा पनि धेरै पाइने भएर नै थियाे ।
खाेला पुगेपछि दुवाली फर्काउनै निकै समय लाग्याे । त्यसपछि माछा मार्ने काम सुरू भयाे । दहमा पनि ठूलाे ढुङ्गाकाे कुर छेकेर माैवा र तितेपाती कुटेर पिसेर बनाएकाे माछाकाे बिष हालियाे । केही बिषले भेटेर पल्टिएका माछा लाठेहरूले समाते । अझै कुरमा भएका माछाहरूलाई पनि पूरा हात पाखुरासम्म हुलाएर समाते । पछि भाग लगाउदा एक जनाकाे भागमा एक किलाे जति परेकाे थियाे ।
त्यसकाे केही समय पछि धरान झरेँ । धरानबाट बाेराबानकाे खेती जाँदा स्थानीय जातकाे माछाहरू हिले, गराइ,पैया, टेङ्ग्रा,गराइ, बुहालि,सिङ्गे, पाेथी आदि अनेकाैं जातका माछाहरू प्रसस्तै खाइयाे । भान्सामा भाँडा बसाएर खेतकाे आलीमा थापेकाे ढाेडियामा परेकाे माछा ल्यायाे, पकायाे,खायाे । त्याे बेला मधेसमा २०१८ देखि ४४/४५ सालसम्म खाेला, पैनी, खेत पाेखरी जताततै माछा पाइन्थ्याे । आफ्नाे पैनीकाे मुहान पनि आफ्नै नीजि हुन्थ्याे । एक पल्ट मुहानकाे माछा ८/९ टिन मैले नै अरुलाई अधिया मार्न लगाएर जम्मा गरेकाे थिएँ ।
कुलझाेडामा प्रधानाध्यापक हुँदा शनिबारकाे दिन त्यहाँका लाेकल मानिसहरूसँग पैनी थुनेर पानी उक्साएर माछा मार्न थाले पछि मैले एउटा निकै ठूलाे माछा समातेकाे थिएँ । त्याे देखे पछि सबै तरूनी तन्नेरीहरूले मलाई पानीले छ्यापे । छक्क परेँ । पछि पाे मलाई थाहा भयाे थारू, धिमाल वा रैथाने मानिसहरूकाे चलनअनुसार ठूलाे माछा समात्नेलाई पानी छेपेर सम्मान गरेका रहेछन् ।
त्यति बेला माछा किन्न पर्दैनथ्याे । निशुल्क नै भनाैं पाइन्थ्याे ।तर जनसंख्याकाे बृध्दिसँगै लाेकल जातका माछाहरूका बीउ नै मासियाे । बिष हालेर माछा मार्दा बच्चै समेत मर्याे । बिजुली, ब्लाष्टले त अण्डै समेत सकियाे । बीउ नै मासिए पछि मधेशमा लाेकल माछा मासियाे । पहाडमा पनि त्यहि हाल भयाे ।अब निशुल्क माछा ... कल्पनै नगरे हुन्छ ।
पानी खान हुन्थ्याे सबै खाेलाकाे । फेवा तालकाे पानी उघाइ उघाइ खाने म छँदैछु । अहिले त्याे तालकाे पानी कहाँ खान सकिन्छ र !
हरेक निशुल्क पाईने कुरा अब शुल्क नतिरी पाइदैन । स्थानीय कुकुरकाे छाउराे माग्दा निशुल्क पाइन्छ अहिलेसम्म । रेबिजकाे डर देखाएर नगरपालिकाले धेरै कुकुर मार्याे । अहिले प्रायजसाेकाे बन्ध्याकरण भइसक्याे । अबकाे दस/ बीस वर्षपछि हाम्रा स्थानीय जातका कुकुर मासिइसकेका हुन्छन् । भाेटे कुकुर अहिले सम्म कतैकतै हाेला कि ! भाेटे कुकुर एल्सेसियन कुकुरभन्दा के मा कमि छ र ? बिरालाे, कुखुरा, हाँस, गाइगाेरु,घाेडा, हात्ती,जीवजन्तुकाे अवस्था पनि त्यस्तै छ । दस बीस वर्षपछि कुकुर पाल्न मन लागे विदेशीसँग किन्न बाहेक अरु विकल्प हुने छैन ।
स्थानीय जाँड रक्सि मास्न अभियान नै चलाएका छन् । स्थानिय साधनस्राेत सकिएपछि स्वतः परनिर्भर हुनुपर्ने हुन्छ । स्थानीय प्रविधी, सीप मासि सकेपछि स्थानीय मान्छे पनि मास्ने अभियान षडयन्त्रकारीहरूले गर्न सक्छन् , सचेत बनाैँ ।
वंशहत्या " जेनाेसाइड" !
२०७७ साउन २९
No comments:
Post a Comment