लघु लेख
( नेपालीपनको घोषणा पत्र )
मौलिक नेपालीपन — नेपालको जग
सरण राई
सार्वभौम स्वतन्त्र नेपालका नेपालीहरूको अरु देशका नागरिकहरूको भन्दा फरक मौलिक नेपाली चरीत्र, चाल र चिनारी हुनु नेपालीपन हो, गौरव हो । नेपालको जग हो ।
नेपाली मौलिक चरीत्र, चाल र चिनारी चिनेर त्यसलाई सुदृढ पारेसम्म हामी नेपाली विश्वमा चिनिन्छौँ । नेपालीपनले एकताको सुत्रमा बाँधिएका नेपालीहरू बाँच्छौँ, गौरवसाथ बाँच्छौँ । नेपालीपन जोगाई रहन्छौँ ।
पोसाक, पेसा र पारिवारीक (नेपाल र विश्वमा छरिएर रहेका सबै नेपाली एउटै परिवार हो) संरचनामा नेपालीहरूको आफ्नै मौलिक नेपालीपन छ । त्यो हाम्रो आफ्नै हो । खाना नाना हाम्रो आफ्नै छ । भाषा, बोली व्यवहार आफ्नै छ । विविध जातजाति धर्मावलम्वीहरू मिसिएर नेपालीपन बनेको छ । विविध विचार, साहित्य, कला, संस्कार , संस्कृति नेपालीपनमा ठडिएको छ । हाम्रा आफ्ना मौलिक नेपालीपनमा आधारित राजनैतिक, सामाजिक, आर्थिक व्यवस्था हाम्रो रहेको छ । यसैको आधारमा हामी निरन्तर प्रगति गरिरहेका छौँ ।
यी हाम्रा मौलिक नेपालीपन नेपालीहरूले जोगाई राख्नु नेपाली दायित्व हो । मौलिक नेपालीपनको नेपाल । नेपाली मुटुमा स्थापित मौलिक नेपालीपनको जगमा ठडिएको नेपाल नेपालीहरूको प्राण हो । जीवन हो ।
२०७२ साउन ८, सुकेधारा, काठमाडौं
.(व्यापक छलफलका लागि प्रस्तुत.... सहमति जनाउन Like /Comment गर्नुहोला,फरक मत भएमा आफ्नो मत टिप्पणीमा लेख्नुहोला | जो कोहीले पनि share गर्न सक्नु हुुन्छ ।)