चाहिदैन सिध्दान्त, आस्था र बिचार
अब मलाई चाहिदैन
चाहिदैन सिध्दान्त, आस्था र बिचार
म स्थापित नेता
चाहिदैन मलाई
सुन्दर, शान्त, समृध्द र सफल मुलुक
भ्रष्ट, नष्ट, गतिहीन र बिग्रेको मुलुक
चाहिन्छ मलाई
जति बिग्र्यो त्यति धेरै कुम्ल्याउन सकिने मुलुक
चाहिन्छ मलाई
बिग्रेको मुलुक र चुनाव
चाहिदो किन्न सक्छु म
कार्यकर्ता खाते, पाटे, डण्ठे, कुण्डले र मण्डले
र, अब चाहिदैन मलाई
सिध्दान्त, आस्था र बिचारको नशामा झुम्ने
झोले, खोले, भोले कार्यकर्ता अब मलाई !
January 6, 2012 at 11:01am
No comments:
Post a Comment