Followers

Friday, May 23, 2014

लघु कथा सहज मृत्युवरण





यो कथा आजभन्दा दुईसय वर्षपछिको सत्य घटनामा आधारित छ ।
अत्यन्त उच्च प्रविधियुक्त अस्पतालमा भर्ना भएर अरु बढि थप आयु बढ्ला भन्दै प्रतीक्षारत प्रेम२७–०१७–००१९७४ तात्कालीन अवस्थामा १५० वर्षभन्दा बढि आयु बढाउन नसकिने बैज्ञानिकहरूको घोषणाले निराश हुन्छ । उसले यसभन्दा अगााडि पनि २५, २५ वर्षका दरले दुई पटक आयु थप गरिसकेको थियोे ।
आफ्नो मृत्युको अन्तिम घडिमा छोराछोरी, बुहारी,नातिनातिनीहरूको बीचमा उनीहरूले घेरिएर मर्न पाए हुन्थ्यो भन्ने उसको अन्तिम इच्छा हुन्छ  । नभन्दै उसका वरिपरी छोराछोरी, बुहारी, नातिनातिनीहरू उसलाई उभिएर हेरिरहेका र स्याहारिरहेका जस्ता देखिन्छन् । उसको अनुहारमा प्रसन्नताको चमक आउँँछ । त्यही  खुशीको लहरमा उसको प्राण पखेरु उडेर जान्छ ।
रोबोट आर–१७७ त्यो देखेर पेन प्रोजेक्टर बन्द गर्छ । मृतकको वरिपरी उभिएका ँछोराछोरी, बुहारी, नातिनातिनीहरूका तस्बिररूपी आकृतिहरू बिलाउछन् ।
हजाराँै किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा रहेका ँछोराछोरी, बुहारी, नातिनातिनीहरू आफ्नो कार्यकक्षमा बसेर उसको मृत्युवरणको दृश्य हेरिरहेका हुन्छन् । उनीहरू निमेषभर खिन्न हुन्छन् । पेन प्रोजेक्टरकै माध्यमबाट एकै ठाउँमा बसेझैँ गरी उनीहरू सल्लाह गर्छन् र रोबोट आर–१७७ लाई दाह संस्कार गर्ने आदेश दिन्छन् ।

२०६८।५।२२ ,चपलि





No comments:

Post a Comment