Followers

Friday, September 25, 2020

(लघुआत्मालाप) म पास भएँ

लघुआत्मालाप)
म पास भएँ
 
सरण राई
 
जीवनको हर घडि
परीक्षाको घडि
 
म अहिले जीवनको बिट मार्ने (फिनिसिङ टच दिने) क्रममा छु । आजसम्म मैले छोडेका अधुरा अपूरा कामहरू सक्ने र गरिसकेका कामहरूको स्वमूल्याङ्कन गरिरहेको छु ।
त्यसै क्रममा मैले लेखेको १७वटा कथाहरूको सङ्ग्रह “अन्तिम आयाम” भर्खरै मात्र पढिसकेको छु । पहिलो कथा ‘नाति’ त उत्कृष्ट कथाहरूको पङ्तिमा उत्तिर्ण हुन्छ भन्ने मेरो विश्वास थियो । कारण त्यो कथा लेखिसकेपछि मेरो धर्मपत्नी लक्ष्मी राईलाई पहिलो श्रोताको रूपमा कथा पढेर सुनाई सकेपछि तिनको प्रतिक्रिया थियो— “आँसु आउने खालको छ ।” त्यो कथा ‘गरिमा’मा प्रकाशनार्थ पठाएको एक महिनामा नै प्रकाशित पनि भएको थियो । जतिजनाले पढे, सबैले मन पराएकाले त्यो उत्कृष्ट हुन्छ भन्ने मलाई लागेको हुन्छ । नभन्दै धेरै समयपछि पढ्दा चित्त बुझ्यो ।
दोस्रो कथा ‘अर्को उज्यालो’ पढ्दा धुकचुक लागिरहेको थियो । कथाकार म स्वयं नै परिक्षक भएकोले ‘के होला ? के होला ?’‘ भन्दै पढिसक्दा म प्रसन्न हुन्छु ।अर्को उज्यालो’ कथा सन्देशमूलक हुन सकेकाे रहेछ ।
त्यसपछिका कथाहरू— के जीवन नाटक हो ?, गाढा प्रेम, तपश्वी महात्मा महामानव, सहीद परिवार, विस्थापित मुटु, राजनैतिक कार्यकर्ता, आमाको मन, आफ्नै कथा–ब्यथा, परकम्प, असामयिक निधन, प्याजी फूल, अन्तिम आयाम, दुई दिनको पाहुना, र शान्तिधाम पढ्दा पनि मलाई लागिरह्यो स्तरहीन कथा भए ती कथाहरू उत्कृष्ट हुने छैनन् र म कथाकारको रूपमा अनुत्तिर्ण हुने छु ।
दिनका दिन दिनको एक वटा मात्र कथा पढ्ने गरेँ ।
'दुई दिनको पाहुना' मैले लेखेका कथाहरूमध्ये सबैभन्दा बढी पात्र रहेकाे कथा हाे । यस कथामा ३६जना पात्रहरूकाे कथा छ । बढी पात्र भएर कथा अस्पष्ट भयाे कि भन्ने डर लागिरहेकाे थियाे । तर कथा सलल नै बगेकाे रहेछ ।
'आमाको मन मैले साहित्य क्षेत्रमा लागेर मलाई पुरस्कार दिलाउने कथा हाे । भानु पत्रिकाले पत्रिकामा बर्षभरि प्रकाशित 'गद्य रचना पुरस्कार २०७२' यस कथालाइ प्रदान गरेकाे छ । यसरी याे कथामा पाएकाे पुरस्कार नै मैले साहित्यमा लागेर पाएकाे एक मात्र पुरस्कार हाे । पुरस्कारका लागि म लेख्दिनँ तापनि 'देउती जगाउनै सकिएन' भन्थ्याै खेलहरू खेल्दा बाल्यकालमा । पुरस्कारकाे क्षेत्रमा याे कथाले मेराे देउती जगाएकाे छ ।
'शान्तिधाम' आफ्नै प्रकारकाे कथा भएकाेले पाठकलाई बुझ्न अस्पष्ट भएजस्ताे लागे पनि जति पाठकले पढ्दा बुझ्छन् वा पाठकलाई कस्ताे अनुभूति हुन्छ त्याे नै पर्याप्त रहेछ । कथा सफल नै रहेछ ।
एक पछि अर्काे कथा उत्तिर्ण हुँदै गए । अझै एउटा कथा ‘सुनको पलङ’ बाँकि छ । के कसो होला ? यो कथा मैले लेखेका सबैभन्दा लामो कथा हो । पाठकहरूले कथा लामो भएका कारण बिचैमा पढ्न छाडेभने कथा अनुत्तिर्ण हुने छ र कथा सङ्ग्रह नै असफल हुन्छ कि भन्दै कथा पढन थालेँ । कथा पढ्न थालेपछि कथाका प्रसङ्गहरूले पाठकमा जिज्ञासा पैदा गरेर कथा नसकुन्जेल पढ्न प्रेरित गर्ने शक्ति यस कथामा पनि रहेछ र नजानिदो पाराले शिक्षा दिन पनि सक्षम भएको रहेछ ‘सुनको पलङ’ । यस कथाले पनि उत्कृष्टता प्राप्त गरेपछि “अन्तिम आयाम” कथा सङ्ग्रह नै उत्कृष्ट हुन पुगेको स्वमूल्याङ्कनले म पनि आफूलाई सार्थक जीवन गुजारेको मिठास अनुभव गर्न पुग्छु ।
जेहाेस् “अन्तिम आयाम” कथा सङ्ग्रह उत्कृष्ट हुन सफल हुँदा कथा क्षेत्रमा म पास भएकाे महसुस गर्न पुग्छु ।
🔴
२०७७ असोज ९ शुक्रबार, धरान
परिमार्जन २०७७असाेज १२
🙏🙏
पुनश्चः— यो कथा सङ्ग्रह पढ्न चाहनु हुन्छ भने प्रकाशक पाँचपोखरी प्रकाशन गृह न्यूरोड काठमाडौंमा उपलब्ध छ । मेरा पुस्तकहरू
१. अन्तिम आयाम –कथा सङग्रह
२. नौरङ्गी – एक सय एक लघुकथा
३. मानव संसार–उपन्यास
पाँचपोखरी प्रकाशनमा उपलब्ध छ । होम डेलिभरीको पनि व्यवस्था छ । होम डेलिभरीका लागि सम्पर्क फोन —९८४११७१०८५ र ९८४१३५५८६५फोनमै अर्डर गर्नुहोस् वा उक्त नं.मा आफ्नो फोन नंं टिपाउनु होस् ।
🙏🔥🙏'''
 

 

Thursday, August 27, 2020

(लघुलेख)नेपाली राजनीति र साहित्य

 

नेपाली राजनीति र साहित्य तीन प्रकारको रहेछ |
१.मन्त्र राजनीति र साहित्य
२. यन्त्र राजनीति र साहित्य
३.तन्त्र राजनीति र साहित्य
१.मन्त्र राजनीति र साहित्यको हालीमुहाली र ढलिमली
परापुर्वकालदेखि अहिले सम्म नै चलिरहेको छ | मन्त्र राजनीति भनेको खुसुक्क एउटाले अर्को नेताको कानमा सुनाउने र नेतालाई सिध्दान्तच्युत गराउने अचुक मन्त्र प्रयोग गर्ने राजनीति हो | उदाहरणका लागि गिरिजाले प्रचण्ड को कानमा त्यस्तो मन्त्र सुनाए कि नेपालको जनयुध्दका सबै आकांक्षा र उद्धेश्यहरु ध्यस्त मात्र भएनन् कि यथास्थितिको प्रखर पहरेदारको रूपमा क्रान्तिकारी नेताहरु प्रकट भए | त्यो मन्त्रको प्रभावबाट अब नेताहरु मुक्त हुने छन् भनि आश गर्नु निरर्थक छ | यति उदाहरणले नै मन्त्र राजनीति कति डरलाग्दो हुन्छ भन्ने थाहा भईसकेको छ | तसर्थ मन्त्र राजनीतिको काट मन्त्र राजनीति नै हो भन्ने पनि बुझ्न आवश्यक छ | अब नचाहिने मन्त्र नसुनेर मुलुक र जनहित हुने नयाँ मन्त्र जप्ने वा सुनाउने बेला भएको छ | त्यो मन्त्र हो "नयाँ राजनैतिक शक्तिलाई साथ दिएर पुराना सढ़े गलेका पतित शक्तिहरुलाई पाखा लगाएर देशको नव निर्माण गर्ने |"
मन्त्र राजनीतिबारे कुरा गरिसकेपछि मन्त्र साहित्यबारे कुरा गर्दा नेपाली साहित्यको आकार विकास नै मन्त्रभित्र खुम्चिएर रहेको पाईन्छ | 'रामायण ' देखि 'माधवी', 'राधा' 'सेतो धरती' सबै मन्त्र साहित्य हुन् यति बुझिसकेपछि तिनीहरुले कसको प्रतिनिधित्व गर्छन र कसको सेवा गर्छन स्पष्ट छ | संकुचित मन्त्रवालाहरुको | मन्त्रवाला साहित्य अब युगपरिवर्तन सापेक्ष नभएकोले 'नयाँ साहित्य'को आवश्यकता भएको हो | संकीर्ण मानसिकता बोक्नेहरुले जति नोक्सान पुर्याए पुर्याए अब तिनीहरुलाई परास्त गरेर नयाँ सोचको राजनीति र साहित्यको विकास गर्नु पर्ने बेला भएको छ |
समय बलवान हुन्छ समयलाई चिनौ |हामीलाई थिचिरहेको सामन्ती निरंकुशताको आकाश सकिएर गणतान्त्रीक व्यवस्था हाम्रा निम्ति हामीले ल्याएका छौ , यो कुनै नेताको इच्छाले आएको होइन | यसको सदुपयोग हाम्रा लागि हामी आफैले गर्नु पर्दछ |
 
क्रमशः

Thursday, August 20, 2020

सरण राईका प्रेरक भनाइ

   सरण राईका प्रेरक भनाइ

 

**

 

--सबैभन्दा घृणास्पद - अर्काकाे दिमाग कब्जा गरेर रजाइ गर्नु  !

****
-- अर्कालाई आफ्नाे बुध्दिकाे साँचाे बुझाएपछि मान्छे मान्छे रहदैन !
 
****

सांसारिक जीवनकाे साैन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य !
 
**** 
 
 

( लघुसंस्मरण ) हार्नहार्न लागेको बेला

 

( लघुसंस्मरण )
हार्नहार्न लागेको बेला
 
सरण राई
 
कृष्ण धरावासी 'समस्ति'को सम्पादक भएका बेला एउटा रचना दिन गएको थिएँ | वहाले उमेर सोधेर ६० नाघेको भनेपछि संस्मरण लेख्नुहोस् भनेका थिए | मजस्तो सर्वसाधारणको सस्मरंणको के अर्थ होला र ? भनेर लेख्ने मन कहिल्यै गरिनँ |
आज म अवकाशप्राप्त सहप्राध्यापक , जागिर , काम धन्धा नभएको , त्यसो भएपछी साथीभाई पनि नभएको अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुग्न लागेको मान्छे कसरि बाँचिरहेको हुँला ? प्रश्न उब्जिन्छ मनभरी |
जीवनका कैयो उतार चडाव, उकाली ओराली , आरोह अवरोहमा हतोत्साहित नभई जीवन गुजार्ने मैले आफ्नो गोप्य गन्तव्य बनाएको थिएँ | त्यही गन्तव्यका लागि बाँचियो | त्यो गन्तव्य समय र उमेर अनुसार परिवर्तन भएको छ तर मूल ध्येय 'मानव सेवा'भने अपरिवर्तनीय नै रहेको छ |
मानव सेवाको लागि कुनै समय सामाजिक सेवा , राजनीति , शिक्षा आदि माध्यमहरु अपनाइयो | सफलता असफलता दुवै भोगियो र अनुभव बटुलियो जुन अनुभव 'कपाल नभएको मानिसको लागि काइयो' जस्तै भएको छ |
अवकाशप्राप्त भएपछी साहित्य लेखनको धुन चड्यो | कम्प्युटर टाइप गराउन पसल पसल चाहर्नु पर्ने भयो | आफै सिक्ने विचार गरेँ , एकजना साथीलाई पनि भने "के को कम्प्युटर ? २० ,२१ उमेरका केटाहरुको काम !" तर मैले सिक्न छोडिनँ र आज यो अवकाशप्राप्त एक्लो जीवनमा काम लागिरहेको छ |यो कम्प्युटर, फेसबुक , ब्लग , ट्वीटर , गुगल्स , याहु आदि नभएको भए म के गरिरहेको हुन्थे होला ? ५२ पत्तीमा हुने धेरै सम्भावना थियो जसमा मेरा धेरै साथीहरु लागेका छन् |
अवकाशप्राप्त एक्लो जीवनको अन्तिम किनारा पुगेको म बेला बेला निरास , हतोत्साहित हुनु स्वाभाविक हो | यसरी हतास भएको बेला आफैले आफ्नो मनलाई सम्झाउँछु 'अब आफ्ना कामहरूको (फिनिसिङ् टच दिने ) बिट मार्ने ' र 'नयाँ कुरा सिक्ने जाँगर भइन्जेल मानिस बुढो हुदैन ' भनेझैँ नयाँ कुरा सिक्ने कोसिस गरिरहने |त्यही सिक्ने क्रममा यो संस्मरण सोझै फेसबुकमा लेखिरहेको छु , लेख्न सिकिरहेको छु |
हार्नहार्न लागेको बेला म आफ्नो हार स्वीकार्न चाहन्नँ र हारलाई जितमा बदल्न आफ्नो गन्तव्य , ध्येय र मेरो जीवनको मुल्य के हो आफैसँग सोध्ने गर्छु ? संस्मरण लेख्ने बिचार मनमा आउँछ , यो लेखनले मलाई केही दिन एक्लोपनबाट निश्चित रूपमा टाढ़ा राख्नेछ,हार्नहार्न लागेको बेला जितको अनुभूति दिलाउनेछ |
 
क्रमशः
 
क्रमश :

Thursday, August 13, 2020

(लघुसंस्मरण) मासिएकाहरू

 

(लघुसंस्मरण)
मासिएकाहरू 
 
सरण राई
 
करिब १३ वर्षको उमेरमा गाउँघरका २५/३० जवान लाठेहरू हिङखुवा खाेलामा बिहानै माछा मार्न गएका थियाैँ । केटाकेटी मसमेत तीनचार जना मात्र थियाैँ । म पिताज्युसँग र अरुहरू पनि ठूला अविभावकसँग गएकाले त्याे माछा मार्ने टाेलीमा समावेश हुन पाएका थियाैँ । यसभन्दा अगाडि याङटाङ खाेलामा पनि दुवाली फर्काएर माछा मारेकाे देखेकाे थिएँ । याङटाङ जाँदा ७/८ जना भए हुन्थ्याे । तर हिङ्खुवा जाँदा भने २५/३० जना भएरै जानुपर्ने कारण खाेला ठूलाे र माछा पनि धेरै पाइने भएर नै थियाे ।
 
खाेला पुगेपछि दुवाली फर्काउनै निकै समय लाग्याे । त्यसपछि माछा मार्ने काम सुरू भयाे । दहमा पनि ठूलाे ढुङ्गाकाे कुर छेकेर माैवा र तितेपाती कुटेर पिसेर बनाएकाे माछाकाे बिष हालियाे । केही बिषले भेटेर पल्टिएका माछा लाठेहरूले समाते । अझै कुरमा भएका माछाहरूलाई पनि पूरा हात पाखुरासम्म हुलाएर समाते । पछि भाग लगाउदा एक जनाकाे भागमा एक किलाे जति परेकाे थियाे ।
 
त्यसकाे केही समय पछि धरान झरेँ । धरानबाट बाेराबानकाे खेती जाँदा स्थानीय जातकाे माछाहरू हिले, गराइ,पैया, टेङ्ग्रा,गराइ, बुहालि,सिङ्गे, पाेथी आदि अनेकाैं जातका माछाहरू प्रसस्तै खाइयाे । भान्सामा भाँडा बसाएर खेतकाे आलीमा थापेकाे ढाेडियामा परेकाे माछा ल्यायाे, पकायाे,खायाे । त्याे बेला मधेसमा २०१८ देखि ४४/४५ सालसम्म खाेला, पैनी, खेत पाेखरी जताततै माछा पाइन्थ्याे । आफ्नाे पैनीकाे मुहान पनि आफ्नै नीजि हुन्थ्याे । एक पल्ट मुहानकाे माछा ८/९ टिन मैले नै अरुलाई अधिया मार्न लगाएर जम्मा गरेकाे थिएँ ।
 
कुलझाेडामा प्रधानाध्यापक हुँदा शनिबारकाे दिन त्यहाँका लाेकल मानिसहरूसँग पैनी थुनेर पानी उक्साएर माछा मार्न थाले पछि मैले एउटा निकै ठूलाे माछा समातेकाे थिएँ । त्याे देखे पछि सबै तरूनी तन्नेरीहरूले मलाई पानीले छ्यापे । छक्क परेँ । पछि पाे मलाई थाहा भयाे थारू, धिमाल वा रैथाने मानिसहरूकाे चलनअनुसार ठूलाे माछा समात्नेलाई पानी छेपेर सम्मान गरेका रहेछन् ।
 
त्यति बेला माछा किन्न पर्दैनथ्याे । निशुल्क नै भना‌ैं पाइन्थ्याे ।तर जनसंख्याकाे बृध्दिसँगै लाेकल जातका माछाहरूका बीउ न‌ै मासियाे । बिष हालेर माछा मार्दा बच्चै समेत मर्याे । बिजुली, ब्लाष्टले त अण्डै समेत सकियाे । बीउ नै मासिए पछि मधेशमा लाेकल माछा मासियाे । पहाडमा पनि त्यहि हाल भयाे ।अब निशुल्क माछा ... कल्पनै नगरे हुन्छ ।
 
पानी खान हुन्थ्याे सबै खाेलाकाे । फेवा तालकाे पानी उघाइ उघाइ खाने म छँदैछु । अहिले त्याे तालकाे पानी कहाँ खान सकिन्छ र !
 
हरेक निशुल्क पाईने कुरा अब शुल्क नतिरी पाइदैन । स्थानीय कुकुरकाे छाउराे माग्दा निशुल्क पाइन्छ अहिलेसम्म । रेबिजकाे डर देखाएर नगरपालिकाले धेरै कुकुर मार्याे । अहिले प्रायजसाेकाे बन्ध्याकरण भइसक्याे । अबकाे दस/ बीस वर्षपछि हाम्रा स्थानीय जातका कुकुर मासिइसकेका हुन्छन् । भाेटे कुकुर अहिले सम्म कतैकतै हाेला कि ! भाेटे कुकुर एल्सेसियन कुकुरभन्दा के मा कमि छ र ? बिरालाे, कुखुरा, हाँस, गाइगाेरु,घाेडा, हात्ती,जीवजन्तुकाे अवस्था पनि त्यस्तै छ । दस बीस वर्षपछि कुकुर पाल्न मन लागे विदेशीसँग किन्न बाहेक अरु विकल्प हुने छैन ।
 
स्थानीय जाँड रक्सि मास्न अभियान न‌ै चलाएका छन् । स्थानिय साधनस्राेत सकिएपछि स्वतः परनिर्भर हुनुपर्ने हुन्छ । स्थानीय प्रविधी, सीप मासि सकेपछि स्थानीय मान्छे पनि मास्ने अभियान षडयन्त्रकारीहरूले गर्न सक्छन् , सचेत बनाैँ ।
वंशहत्या " जेनाेसाइड" !
 
🔴
२०७७ साउन २९
🔥☯️

Wednesday, August 12, 2020

(लघुलेख) दाैतेरीहरू

 

(लघुलेख)
दाैतेरीहरू

सरण राई

दाैतेरीहरू भनेपछि समकालिन भनिरहनु परेन । एकछेका कुनै न कुनै रूपमा समयकाे हुण्डरी बतास सिरसिरे एकसाथ बेहाेरेकाे दाैतेरीहरूकाे सम्झना अाउनु र सम्झनु उनीहरूलाई...दाैतेरीपनकाे अानन्द ।
धेरै समय भेट नहुँदा ,उनीबारे केही नसुन्दा शङ्का उब्जिनु स्वाभाविक हुन्छ र भेट्दा भन्न पुगिँदाे रहेछ ,"तपाईं पनि हुनुहुन्छ?"
हाे पनि क्षणभङ्गुर चाेला मानिसकाे!
पत्रपत्रिका , रेडियोकाे समाचारबाट धेरै दाैतेरीहरूबारे थाहा हुन्छ ।फलानाे क्लासफ्रेण्ड मन्त्री भएछ - म भन्छु ।ऊ मन्त्री भएर के गर्नु ? मलाई चिन्दैन ।म मन्त्री भएकाे भए उसले मेराे क्लासफ्रेन्ड मन्त्री भएछ भन्थ्याे । र , म चिन्दिनथिएँ ।

धेरै समयसम्म जुन साथी दाैतेरीकाे बारेमा केही सुनिएकाे थिएन, ऊ विदेशकाे सुखसयलकाे नियात्रा पत्रिकामा छापेर देखा पर्दा खुसी लाग्याे साथै अाफूलाई त्यस्तो सुखसयल नजुरेकाेमा सम्झन्छु फटाहा, छट्टुहरूले खाएकाे देश... खलनायकहरू नायक भएकाे व्यवस्था अवस्था ।
देख्छु माथि पुगेका दाैतेरीहरूकाे रवाफ ! अनैतिक अवैध अमर्यादित सिडी उक्लि छिट्टै माथि गएकाले अन्तरमनभित्र अत्तालिएका हराएका ! त्यसाे हुँदा मनकाे शान्ति हराएर छिट्टै माथी गएका ।
सर्वसाधारण अाममान्छे भएर बाँच्न सकेकाेमा सन्तुष्ट छु ।कमसेकम अन्तरमन त पवित्र छ ।
माथि पुग्ने दाैतेरीहरू नै छिट्टै माथि पुगेका छन् ।तलै रहेर अधुरा कामहरूका फिनिसिङ टच दिन पाऊँ !

२०७५साउन २६,सुमेरू अस्पताल

 

Friday, August 7, 2020

(लघुलेख) नयाँ शक्ति

 

(लघुलेख)
नयाँ शक्ति

सरण राई

हरेक पल्ट हारेर पनि कहिल्यै नहार्ने जनता हुन् । हरेक पल्ट दुष्ट निकृष्टहरूले जनताकाे सपना तुहाएर अाफ्नाे स्वार्थ पूरा गरेका छन् ।
पुराना शक्तिहरुले बारम्बार देश र जनतालाई धोका दिएपछि नयाँ शक्तिको उदय स्वागतयोग्य हुन्छ | देशलाई नै नयाँ शक्तिको जरुरी छ ।
देशको आवश्यकतालाई हेरेर होइन आफ्नो जातलाई केन्द्रमा राखेर हेर्ने परिपाटीले गर्दा आजसम्मका तथाकथित विचारक, विश्लेषक हुँ भन्नेहरु र नेता र दलहरु पनि असफल भई सकेको अवस्था छ |
मुलुक जोगाउने नयाँ शक्ति देशले नै जन्माउने छ आफ्नो रक्षाको लागि ,सार्बभौम सत्ता जोगाउनकालागी | अब एकलकाटे सोच काम लाग्दैन , सबै उदांग भैसकेका छन् |
अाजसम्मकाे विश्व दर्शन षड्यन्त्रको दर्शन रहेकाे छ । मरेपछि पाइने स्वर्ग, माेक्ष, परमात्मा, काल्पनिक शास्र , पूर्वजन्मकाे फल, पुनर्जन्म अादिकाे चक्करमा फसाइएकाे सर्वसाधारण ! उनीहरूकाे श्रममा माेज गर्ने नेता, अगुवाहरू । अल्मलाउने सैध्दान्तिक छलकपटमा भुलिएका पिछलग्गुहरू ।
सही ज्ञान, चिन्तन र बैज्ञानिक साेचकाे अभावमा जनताजनार्दनलाई लाटाे गाेजाङ्ग्राे बनाईएकाे छ र "लाटाेकाे देशमा गडाहा तन्नेरी !"
विवेक मरेकाे अवस्था ; भ्रमात्मक झुठाे नामधारी ज्ञानकाे भुलभुलैया ! यस्ता भुलभुलैयाले अग्रगामी शक्तिकाे जन्म हुन नदिन अनेकाैं प्रपञ्च रचिरहेकाे भए पनि अग्रगामी नयाँ शक्ति जन्मिन्छ नै । त्यस शक्तिले मात्र अहिलेकाे भयानक षड्यन्त्रकारी राष्ट्रघाती निकृष्ट दुष्टहरूकाे चङ्गुलबाट देश र निमुखा बनाइएका जनता जनार्दनलाई बचाएर देशकाे नव निर्माण र विकास गर्न सक्छ ।
र, नयाँ शक्तिकाे उदयले सबै सपनाहरू पूरा हुने छ । अशावादी सबै ! केही समय वर्तमान अँध्याराे - मिरमिरे बिहान अाउन लाग्दा । नयाँ शक्ति उज्यालाे प्रखर सुखकाे बिहान !
🔴
२०७७ साउन २३

🔥☯️🔥

काेपा ह: कुलमर्दन राई र काेमा कृष्णकुमारी राई

 

 

Tuesday, August 4, 2020

(लघुआत्मालाप) हुँदा / नहुँदा

(लघुआत्मालाप)
हुँदा / नहुँदा

सरण राई

सरण राईले आफू हुँदा/ नहुँदाकाे कथा (मानिसले भाेगेका/भाेग्ने ब्यथा) लेख्न थालेका रहेछन् । कस्ताे लेख्छन् हाेला ?
अहिले त उनी बाँचेका छन् र आफू हुँदाकाे अनुभव अनुभूति सुख दु: खका कुरा प्लट मिलाएर लेख्न सक्छन् । त्याे चाखिलाे हुने नहुने पनि भन्न सकिदैन ।
उनले नभएका गइर्सकेका उनका पत्नी र अरूका कथा लेखेका छन् । उनी हुँदाकाे कथा त उनैले लेख्लान्, तर उनी नहुँदाकाे कथा उनले लेख्न सक्छन् र ! लेखेभने पनि त्याे काल्पनिक फाेस्सा हुन्छ । उनी जस्तै अरबाै जन्मेर गईसके, ती सबकाे कथा पढेर साध्य हुन्छ ? एक समयका रङ्गरवास मलिन झकिझकाउ---क्षणिक झाेक्का !
अहिले भएकाहरू पनि त्यस्तै हाेइनन् र ? सदा रहने त काेही रहेनछन् । तापनि भएकाहरूका लागि हाे सबथाेक !
कालान्तरमा सब क्षणभङ्गुर सावित हुने नै छन् । भएता पनि कसरी याे कथा लेखन गर्दा उद्देश्यमूलक हाेला, सार्थक हाेला ? सल्लाह दिन सकिन्छ तसर्थ यस्ताे लेख्नुहाेस् भनेर सल्लाह, सुझाव खाेजिरहेका छन् , बिचरा अदना ! कथा लेख्न खाेज्ने सरण ।
अस्ताउनु भन्दा पहिले चम्किने किरण ! जेजस्ताे भए नि किरण हाे । त्याे किरणलाई सम्मान गर्नु निभ्न लागेका दियाेलाई हावाहुन्डरीबाट केहीबेर भए पनि बचाउनु सरह हाे ।
जिउँदाे हुँदाकाे जिवन्त कथा लेख्न दिनुहाेस् । अन्तिम किरण चम्किन दिनुहाेस् । गईसकेपछि त " ला बाबै केरा खा" जस्तै हाे ।
अस्ताउनुभन्दा निमेष अगाडिसम्म पनि चम्कन चाहन्छ/ चम्किरहन्छ मानिस ! त्यस्तै एक उनी पनि ...!
🔴
२०७७ साउन २३

🔥🌹🌹🔥🔥

Wednesday, July 29, 2020

(लघुलेख) मसित के छ ?


(लघुलेख)
मसित के छ ?

सरण राई

आफूसित के छ ? के छैन ? थाहा नपाउनु, वास्ता नहुनु र भएकाे कुराकाे सदुपयाेग नगरी अप्राप्य बस्तु र भावनात्मक संवेगकाे पछाडि कुद्दाकुद्दै जीवनकाे रमणीयता उपयाेग गर्न नसक्नुभन्दा ठूलाे दुर्भाग्य के हाेला र ?!

मसित पनि हिजाे भरपुर परिवार थियाे, मायालु पत्नी थिई । याैवन थियाे, स्वास्थ थियाे र सबैभन्दा महत्त्वपूर्ण जाेश, जाँगर र सामर्थ्य थियाे । भरपुर उपभाेग गराैला भन्दा भन्दै पंछीझै समय फुरुर्र उडेर गई हाल्याे । एउटा थकथकी मनमा छाडेर । सायद यस्तै थकथकीकाे थाक जीवन हाे कि !

तालुचिन्डेका लागि काङियाेझैँ रहेछ अनुभव । मैले भाेगेर पाएकाे शिक्षा के काम ? जसलाई कार्यान्वयन गर्नै सकिँदैन ।तापनि अन्तिम बिसाैनी पुग्नै पर्ने जिन्दगी !

सुन्दर सुखद सप्तरङ्गी दिनहरू सपनाजस्तै बितेर जान्छन् ।पत्तै हुँदैन । समय जब नाैरङ्गी हुन थाल्छ, चेत पलाउछ - मसित के छ ? के थियाे ? थियाे थियाे त्यसकाे कुरै सकिगाे । जे छ त्यसैबाट काम/ जीवन चलाउनु पर्ने ।
आयु वशमा छैन, आयु थैलीमा भएकाे रूपिया जस्तै कति छ ? थाहा हुँदैन । जन्मदा सबैले (१रू.= १ वर्ष) एउटा एउटा थैली (आयुकाे) पाएका हुन्छन् । त्याे थैली भित्र बढिमा १०० सम्म हुन्छ । सुरुमा रूपिया पैसा मनपरि खर्च गरेझैँ जीवनका वर्षहरू सिध्दिन्छन् । थाेरै हुन थालेपछि साेध्न-साेच्न थालिन्छ - मसित कतिछ ? मसित के छ ?

हामी/म नरहे पनि सांसारिक जीवन/ पापकाे निरन्तरताकाे क्रमिकता चलिरहन्छ । तसर्थ

"सांसारिक जीवनकाे साैन्दर्य
सक्रियता, सेवा, संयम र धैर्य ! "

याे शेष जीवन "स्वत:चलायमान" बनाउने सुत्र हाे ! कि हाेइन ?!

🔴
२०७७ साउन १५
🔥🌹🙏☯️🙏🌹🔥v


🔥🌹🙏☯️🙏🌹🔥v

Tuesday, July 28, 2020

(लघुलेख) बाङ्गाेटिङ्गाे राजनीति

(लघुलेख)
बाङ्गाेटिङ्गाे राजनीति

सरण राई

राजनीति नबुझेको साहित्यकारले लेखेको साहित्य निरुद्देश्य हुन्छ | राजनीति नबुझी जीवनको गति बुझ्न सकिदैन ,जीवन नबुझी लेखिएको साहित्य फोस्सा हुन्छ | राजनीतिबाट प्रभावित प्रवाहित नहुने कुनै क्षेत्र हुँदैन | भएता पनि साहित्य राजनीतिभन्दा एक पाइला अगाडी हुन्छ र भावी राजनीतिको जग निर्माण गरिरहेको हुन्छ साथै वर्तमान राजनीतिलाई मार्ग निर्देशन गरिरहेको हुन्छ |
साहित्यकार अाफूलाई मानेर मैले सात वर्ष अगाडि लेखेकाे थिएँ । अाज सात वर्ष पछि पनि कुराे त ठीकै लाग्छ तर राजनीति बुझ्नै नसकिने (जटिल !) झन् जटिल देखिदै छ । जति बुझ्याे झन् बुझ्न कठिन !
नयाँ नयाँ गुत्थीहरू सुल्झिदै छ , त्याे भन्दा जटिल गुत्थीहरू थपिदै छ । फाेहाेरी राजनीति "बिषालु किङ्ग काेब्रा" भएकाे छ जनता डस्ने-मार्ने, हुँदाहुँदा त देशै सक्ने- बेच्ने "म्याच फिक्सिङ" राजनीति ! कति भयावह दु:खद स्थिति ! ऊ नेता, ऊ नेता उस्तै... उस्तै !
अविश्वास, अन्याैल, अन्यमनस्क भ्रामक स्थिति फाेहाेरी राजनीतिले सृजना गरेर, वातावरण धमिलाे बनाएर देश सक्ने निर्लज्ज कुकर्ममा बिकेकाहरू लागिरहेका छन्, कलाविहीन नाटक मञ्चन गरिरहेका छन् ।
अगुवाहरूकाे फाेहाेरी "म्याच फिक्सिङ" राजनीति देशकाे अस्तित्त्व र रक्षाकाे प्रमुख समस्या भएकाेले त्यसबाट देश जाेगाउनु देशभक्तहरूका प्रमुख दायित्त्व भएकाे छ ।
देश रहे मात्रै देशवासी रहने हाे ! जय देश र जय देशवासी !!!

🔴
 
२०७७ साउन १३
🔥🔥☯️🔥🔥


Monday, July 6, 2020

(लघुलेख) उन्नत साेच

(लघुलेख)
उन्नत साेच
 
सरण राई
 
उन्नत साेच सुखमय समाज,राष्ट्र र वैयक्तिक जीवनकाे लागि पहिलाे मुल जग हाे ।
 
आजसम्म हाम्राे साेच स्वतन्त्र र बैज्ञानिक आधारमा विकसित हुनै पाएन । २६० वर्षको राजतन्त्रमा दास रैतिकाे साेच रह्याे । बहुदल आएपछि पनि त्यहि रैति साेचका कारण नेताहरूलाई राजा र मालिक सम्झ्याे । गणतन्त्रमा पनि त्याे दास रैति साेचभन्दा अलग स्वतन्त्र साेच जनसमुदायमा विकास हुनै सकेन ।
 
मुलुक अहिले विकराल समस्याहरूकाे भुमरीमा फसेकाे छ । देशरक्षा र जीवन रक्षाकाे महासंकट छ । याे अवस्थाबाट रैति दास साेचले मुक्ति दिन सक्तैन । आजसम्मका सबै गलत साेच त्यागेर उन्नत साेच सबैमा विकास गर्नु युगसापेक्ष आवश्यकता भएकाे छ ।
 
संकट र समस्या नै उन्नत साेचकाे जननी भएकाेले "हामी सक्षम छाैँ, जे गर्न पनि सक्ने बहादुर, बलवान्, बुध्दिमान, याेग्य , स्वावलम्वी र स्वतन्त्र छाैँ" भन्ने उन्नत साेच विकसित हुनु सुनाैलाे भविष्यकाे जग निर्माण हाे । याे सबैभन्दा ठूलाे उपलब्धी र खुसीकाे आधार हाे ।
 🔴
२०७७ असार २३, धरान
🔥☯️🔥
 

Thursday, June 11, 2020

(लघुलेख) नेपाली माैलिक राजनीति

(लघुलेख)
नेपाली माैलिक राजनीति

सरण राई

अब मान्छेले आचार विचार व्यवहार र जीवन पध्दतिमा आमूल परिवर्तन गरेमा मात्र बाँच्न सक्ने सन्देश काेविद १९ले दिइसकेकाे छ । हुलमूल भीडतन्त्र मानिसलाइ भेडाबाख्रा सम्झने फाेहाेरी राजनीतिलाई बाइ बाइ नगरे मानव अस्तित्त्व कुनै बेला पनि धरापमा पर्ने कुरा घामझैँ छर्लङ्ग भइसकेकाे छ । अझै नसुध्रने ?
मान्छे जस्तै देशकाे अस्त्तित्त्व पनि आमूल परिवर्तन नभए संकटतर्फ धकेलिदै गइरहेछ । काेविद १९ले भन्दा धेरै मानिसहरू अव्यवस्थाका सिकार भइ मरे । आठ सयभन्दा बढिले आत्महत्या गरे । भाेकले सडकमै मरे । राजनीति भ्रष्टाचार बाहेक कतै देखिएन । काेविद १९बाट देशवासीलाई बचाउन सरकार कतै सकारात्मक सक्रिय भेटिएन । अतिक्रमित आफ्नाे भूमि रक्षा गर्न सक्षम भएकाे देखिएन ।
राजनीतिमा कहाँ त्रुटि भइरहेकाे छ ? विश्लेषण आवश्यक छ । विदेशीकाे गुलाम एजेन्ट राजनीति अहिले छर्लङ्ग भएकाे छ । दुःखकाे कुरा देश र देशवासीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात नै भएकाे रहेनछ ।
नेपाल र नेपाली बचाउन अब नेपाल र नेपालीकाे हित, रक्षा र उत्थानका लागि नेपाली माैलिक राजनीतिकाे सुरूवात गर्ने बेला भएकाे छ । यसका लागि समस्त देशप्रेमीहरू एकताबध्द भई राजनैतिक रूपमा सक्रिय हुन जरुरी छ ।
नेपाली माैलिक राजनीति ! महान् असल नेपाली माैलिक राजनीतिले सारा नेपालीकाे सुख, समृध्दि र हर क्षेत्रमा सफलता ल्याउँछ ।
🔴
२०७७ जेठ ३०, लकडाउन
https://facebooklit.blogspot.com/2020/06/blog-post.html
🔥🌹🔥

Sunday, May 10, 2020

(लघुलेख) साेच

(लघुलेख)
साेच

सरण राई

आज विश्व साघुरिएकाे मात्र हाेइन , मानिसकाे मन आचरण आचार व्यवहार पनि साघुरिएकाे अवस्था रहेछ । काेराेना काेविद १९ले विश्वभरिका मानव जातिलाइ गाँजि -चिथाेरी रहेकाे अवस्था छ । सबै मानव जाति एक भएर लड्नु पर्नेमा त्याे भइरहेकाे छैन । जे हाेला सम्पूर्ण मानवकाे गति त्यही हाम्राे पनि ।

त्याे त हाे ।तर नेपाल रहेसम्म नेपाली रहने हाे । नेपालकाे अस्तित्वमाथि नै संकटकाे प्रश्न वर्तमानअवस्थामा गम्भीर रूपमा उठेकाे छ । छिमेकीले हाम्राे भूमि हडप्न थालिसकेकाे छ । लिपुलेक लिम्पियाधुरा कालापानी क्षेत्र मिचेर-ओगटेर बाटाे बनाइ सकेकाे छ । भारतपरस्त राष्ट्रघाती सरकार वक्तव्य निकाल्न बाहेक केही गर्न सक्तैन । इतिहासकै सबैभन्दा कमजाेर सरकार । बारम्बार जनतालाइ धाेका दिइरहेकाेले जनताकाे विश्वास गुमाएकाे सरकार । विदेशीकाे बफादार तर तर जनताप्रति गद्दार । कुनै देशकाे सरकारकाे शक्तिकाे स्राेत त्यस देशकाे जनता हाे । जनता थिचेर मिचेर देश बेच्न तयार तर देश जाेगाउन नसक्ने लाचार सरकार । कमजाेर सरकारले देश जाेगाउला भन्ने आशै रहेन । बिकेकाे मान्छेहरूबाट के आश गर्ने ?

देश जाेगाउन सारा नेपालीहरू एकजुट हुनुपर्ने भएकाे छ । धर्म, भाषा, जात, क्षेत्र, संस्कृति आदिकाे नाममा र अनेकाैं भ्रामक आधारमा नेपालीजनलाई फुटाउन सफल भएकाे भ्रम बाेकेर नेपाल निल्ने छिमेकीकाे दाउ नेपाली जन एकताले चकनाचुर पार्ने छ । साथै बिकेकाहरूकाे राज समाप्त गरेर देशकाे रक्षा नेपालीहरूकाे एकताले गर्ने छ तथा देशकाे द्रुततर विकास गरेर शक्तिसाली नेपाल निर्माण गर्ने छ ।

नेपालीहरूकाे एकता ! महान एकताकाे अपूर्व शक्ति !

याे साेच-- समृध्द सम्पन्न शक्तिसाली सुन्दर अक्षुग्ण अखण्ड नेपालकाे लागि माैलिक नेपाली साेच ! देशभक्त नेपालीहरूकाे समानता र न्यायमा आधारित प्याराे साेच ! यही साेचले नेपाली एकता स्थापित हुने छ । बिकेका र बिक्नेहरू सधैका लागि समाप्त हुने छन् ।

नेपालीहरूकाे अमर एकता ! महान एकतामा अपूर्व शक्ति !

🔴
२०७७ वैशाख २९, लकडाउन
🔥🌹🔥




🔥🌹🔥

(समसामयिक लघुलेख) देश बचाऊँ !!!

(समसामयिक लघुलेख)
देश बचाऊँ !!!


सरण राई


🔥
नेपालीहरू एकजुट हुन नदिने खेलमा पनि विदेशीकै हात छ । बिकेकाहरू चिनेर बिकेकाहरूलाई बहिस्कार गरेर सब नेपाली एकजुट भएर देश जाेगाऊ !
🔥लाजमर्दाे भइयाे नेपालीलाई सिमानामा भारतीयले कुट्ने, राजधानीमा चिनीयाले कुट्ने । "लिम्पियाधुरा लिपुलेक कालापानी" भारतले मिच्ने, चिन सगरमाथाकाे चुचुराे तिब्बतमा पर्छ भन्ने। लिपुलेक समझाैता मार्फत नेपाल सक्न दुवैकाे मिलाेमताे पाे छ कि ! अब आपसमा सब नेपाली नमिले नेपाली भन्न नपाइने अवस्था राष्ट्रघातीहरुले ल्याउने दिन आउन नदिन सब नेपाली एकजुट हाेऔँ !
🔥एकजुट भएर नेपाल बचाऊँ !!

🔴
२०७७ वैशाख २८ ,लकडाउन
🌹🙏🌹


(लघुलेख) प्रशिक्षण

(लघुलेख)
प्रशिक्षण


सरण राई


पत्नी र आमा ? कुन ठूलाे ?
देश र नेता ? कुन ठूलाे ?
पति र पिता ? कुन ठूलाे ?
आध्दात्मवाद कि भाैतिकवाद ? आदि
अनावश्यक प्रश्नमा केन्द्रीत प्रशिक्षण । गलत प्रशिक्षण , गलत राजनैतिक विकास । सबैभन्दा ठूलाे भूँडिवाद हाे रे !
दलहरू बिकेका । दलभित्र कार्यकर्ता बिकेका । नबिकेकाहरू माेलताेल गरेर बसिरहेका । दलीय व्यवस्था दलीय सर्वाेच्चता । दासप्रथाकाे पुनारावृति दलभित्र र बाहिर । विदेशीले किनेका नेताहरू । विदेशीले बनाएका मन्त्रीहरू । के बाेल्थे लिपुलेेक कालापानी र लिम्पियाधुराबारे । देश जाेगाउने चिन्ता हैन कुर्सी जाेगाउने चिन्ता बढि । राजनैतिक कार्यकर्ता भन्नेहरू नेताका नाेकरहरू । भ्रष्ट नेताले मुतेकाे पनि नाघ्न नसक्ने !
खै राष्ट्रिय व्यक्तित्त्व ? राष्ट्रिय नेता जसकाे आव्हानमा लाखाैं मान्छेहरू आफ्नाे ज्यानकाे आहुति दिन तयार हुन्छन् । देशका लागि ज्यान हत्केलामा राखेर लड्न तयार हुन्छन् । विश्वासकाे संकट ! कालाे बादल देशकाे अस्तित्त्वमा ! बिकेका कपुतहरूले दिएकाे प्रशिक्षणले देश वर्वाद पार्न अगावै नाैलाे नयाँ प्रशिक्षणकाे थालनी गराैँ ।
नयाँ प्रशिक्षणले नयाँ नेपाल निर्माण गर्ने छ ।

🔴
२०७७वैशाख २८, लकडाउन
🔥🔴🔥



🔥🔴🔥 प्रा.ड़ा. गोबिन्दप्रसाद तुम्वाहाङ (पूर्व १ नं.प्रदेश प्रमुख), सरण राई  र डा. कमल तिगेला

Sunday, April 12, 2020

(माेबाइल लघुलेख) काेराेना युग

(माेबाइल लघुलेख)
काेराेना युग

सरण राई

लकडाउन ! अस्पताल र स्वास्थ स्थिति सबै जानकार छन् । सरकारले सकारात्मक काेराेना नियन्त्रण गर्ला , महामारीकाे रूप लिए जनता जनार्दनलाई बचाउला... आशै रहेन । याे त अविकसित गरिब देशकाे कुरा । सबै लकडाउनकाे अनुशासनमा घरमै बसेर आफै बाँच्ने र परिवार बचाउने आशमा !
महामारी फैलियाे भने मन्त्री ,नाता गाेता र उच्च ओहाेदाका कर्मचारीले अस्पताल कब्जा गरि हाल्छन् । सबैले भाेगेकै कुरा ।
धनी जनतालाई काेराेनाले छुन सक्तैन भन्ने धनी देशकाे घमण्ड । संसार ध्वस्त गर्ने बम बारुद हातहतियार रछ तर पिपीइ, मास्क, पन्जा रहेनछ । लकडाउन गर्न ढिलाई गरेर परिणाम भाेग्दै छन् ।
संसार हाहाकार गरिरहेछ । सन्किले नेतृत्व गरेकाे सरकार कत‌ै कहि सर्वसाधारण आम मान्छेलाई काम नदिने रहेछ ।लाखभन्दा बढि मानिस मरिसके । अझै काेराेना कहर राेकिएकाे छैन ।
धर्म राजनीति तानाशाही सन्कि लाेभिपापि काेहि पनि संकटमा काम नलाग्ने सन्देश काेराेनाले दिईरहेछ ।
सब मान्छे मिले मात्र बाँच्न सकिन्छ ... विकल्पहीन विश्वभाइचारा !
काेराेनाले नयाँ युगकाे आगमन निम्त्याएको छ ।
मानिसले आफूलाई बचाउनु छ भने शंकुचित धर्मान्धता, फाेहाेरी राजनीति, सन्कि नेता र नाफामा आधारित अर्थ व्यवस्थालाई सदाका लागि तिलाञ्जली दिनु पर्ने छ ।
सायद अब भने सर्वसाधारण आममान्छेकाे चेत खुल्छ कि !
पवित्र र असल राजनीतिकाे आरम्भ काेराेना युगकाे विशेषता बनाेस् !

🔴
२०७६ चैत २९, धरान


🔥☯️🔥


Wednesday, March 18, 2020

(लघुआत्मालाप) सेल्फ आइसाेलेसन

(लघुआत्मालाप)
सेल्फ आइसाेलेसन

सरण राई

विश्वका ठूला सहरहरू काेराेनाका कारण सुनसान ! इटालीमा त बिना जरुरी काम सहरमा घुमिरहेकाे भेटे जरिवना हुन्छ रे । काेराेना भएकाे मानिस घुमिरहेकाे भेटे जेल रे ।त्यहाकाे भुक्तभाेगीले कसरी एक महिनामै सम्पूर्ण इटाली क्वारेन्टाइनभित्र कैद हुन पुग्याे कहालिलाग्दाे बयान गरेका छन् ।
यहाँ पनि सेल्फआइसाेलेसनमा बस्नु बजारमा हिडढुल नगर्नु भन्ने उर्दि भइसक्याे , शैक्षिक संस्थाहरू, कार्यालयहरू बन्द गरेर काेराेना राेक्ने उपाय अपनाउन लागिएकाे छ । स्वास्थ मन्त्रीले त बाेलि सके 'आफ्नाे ज्यान आफै जाेगाउ' रे , सरकार काेराेना राेगीहरूकाे लागि खर्च गर्न सक्तैन रे! काेराेनाकाे महामारी देखा परेमा सरकारी अस्पताल नेता र धुपाैरेहरूले कब्जा गर्ने छन् । सरकारी सहायता तिनीहरूले कुम्लाउने निश्चित छ । बिचरा जनता सेल्फ आइसाेलेसन बसेर क्रुर काल पर्खन विवश पारिने छन् ।
२०७२काे महाभूकम्पमा पनि विश्वबाट सहयाेग आयाे । त्याे महाविपदमा कुनै नेता , पार्टिका कार्यकर्ता स्वयंसेवी भएर सेवामा उत्रेकाे देख्न पाइएन । तर विदेशीले दिएकाे त्रिपाल लुचाचुडि गर्नेमा भने सांसदहरू उछिनपाछिन गर्दै देखा परे । त्यस समयमा सेना र प्रहरीले गरेकाे कार्यले सेना र प्रहरीले प्रशंसा पाए साथै सेना र प्रहरी संकटमा कति महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रश्तुत गरे ।
काेराेनाकाे केसमा पनि नेता , पार्टिका कार्यकर्ता र सरकारबाट के आशा गर्न सकिएला ? लिम्पियाधुरा, कालापानी, लिपुलेक राेइरहेकै छ, MCC पास गराउने चिन्ताले राष्ट्रघातीहरूलाई सताइरहेकाे बेला काेराेनाकाे के चिन्ता तिनीहरूलाई ? काेराेना महामारीकाे रूपमा आइहाले स्वास्थ क्षेत्र , सरकारी र निजी अस्पताल कसरी कब्जा गर्ने ? तल्लीन छन् देशद्राेहीहरू !
🔥
२०७६ चैत ५

Comments
Sita Thapa सत्य हो सर, रोग लागिहाले सामान्य मानिसको कुनै खैराँत छैन, आफूले सक्दो जोगिन कोसिस गरौं ।

Friday, January 31, 2020

(लघुलेख) देश निकाला

(लघुलेख)
देश निकाला

सरण राई

अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् ।
कानुनले उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा राष्ट्रघाती नेता भनाउदाहरूले हाे ।
विदेशीकाे दलाल तिनीहरू ! तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् ।
ती दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् । युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम बनाउने विदेशीकाे मतियार तिनीहरू नाङ्गेझार भएका छन् । तिनीहरूलाई देशभक्तहरूले देशनिकाला नगरून्जेल गरिबगुर्वाहरूले देशनिकालाबाट उन्मुक्ति पाउन सम्भव छैन ।

***
२०७६ माघ १७, धरान



Saturday, January 25, 2020

(लघुआत्मालाप) प्राप्ति

(लघुआत्मालाप)
प्राप्ति

सरण राई

उमेरले साेचलाई प्रभावित पार्छ नै । म अपवाद हुन सक्तिनँ ।
अब ७३ लाग्न वर्षकाे अन्तिम महिना चैत २४ पर्खदै छु । याे ७२वर्षे जाेवनमा मैले प्राय जसाे मानिसले भाेग्ने सुख दुःख भाेगिसकेकाे रहेछु । सबैभन्दा ठूलाे पीडा पत्नीकाे देहावशानले दिएकाे छ । जीवन सप्तरङ्गी मात्र नभएर नाैरङ्गी हुँदाे रहेछ । थाहा भयाे । त्यहि पीडामा डुबिरहेकाे बेला 'नाैरङ्गी' (एक सय एक लघुकथा ) जन्मियाे । त्यहि पीडामा डुबिरहेकाे बेला आजसम्म मैले लेखेकाे मध्ये सबैभन्दा उत्कृष्ट कथा 'फुली' लेखेकाे छु । त्याे कथा लेख्न (कलमले) एक महिना लाग्याे । लेख्दै गर्दा आँसुले लेख्नै दिदैनथ्याे । लेख्न छाड्छु भनेर छाडेकाे पनि थिएँ । एक जना शुभेच्छुककाे प्रेरणाले पूरा लेखेँ । म आफ्ना रचनाहरू आफै टाइप गर्छु । फेरि टाइप गर्न पनि (आँसुका कारण ) एक महिना नै लाग्याे । टाइप गरिसकेपछि एउटा युध्द जितेकाे अनुभव भयाे ।
अब प्रकाशन गर्ने कसरी ? गुटबन्दीले गर्दा पत्रिकाहरूमा मेराे पहुच छैन । '१२खरी उत्कृष्ट कथा' पढिरहेकाे बेला फेरि दाेस्राे कथा प्रतियाेगिताकाे घाेषणा भएकाे छ । त्यसैमा पठाएर २५ भित्र पर्याे भने प्रकाशनकाे समस्या समाधान हुन्छ भन्ने साेचेँ र राजेन्द्र पराजुलिलाई इमेल माग्दा अनलाइनकाे सुचना हेर्न भने । सूचना हेरेँ १५०० देखि ४००० सम्मकाे शब्दमा कथा हुनुपर्ने रहेछ । शब्द गनेकाे थिएन, वर्ड काउन्ट टुल्समा कथाकाे शब्द गन्दा ६३४५ , वाक्य ५६७ र प्याराग्राफ २६ रहेछ । अब प्रतियाेगितामा सामेल गराउने साेच हरायाे ।
आजसम्म साहित्यमा लागेर एउटा पुरस्कार पाएर देउती भने जगाएकै रहेछु । चित्त बुझाउछु पुरस्कारकाे लागि लेख्ने हाे र ? याे उमेरमा प्रतियाेगितामा सामेल हुने ?
सम्पत्तिका खातिर आफ्नाे अन्तरमनकाे पुकार मारेर भ्रष्टाचारमा डुबेकाहरूले अकुत सम्पत्ति थुपारेका छन् , लान्छन् त तिनीहरूले त्याे सम्पत्ति मर्दा ? पाउने त उनीहरूले मृत्युपश्च्यात पनि बाँचेकाहरूकाे घृणा र घृणाले थुक्ने थुक !
प्राप्तिकै खातिर म आजसम्म बाँचेकाे थिइनँ । अब पनि अन्तरमनकाे पुकारअनुसार नै बाँच्नु पर्छ । अन्तरमन मेराे अझै जिउँदाे छ । म प्रसन्नतासाथ अन्तिम समयमा आँखा चिम्लन सक्छु । गौरवसाथ नश्वर शरीर विसर्जन गर्न पाउनु सार्थक जीवन हाे !
सबैभन्दा ठूलाे प्राप्ति हाे !
🔴
२०७६माघ १२, धरान
🌹☯️🌹

Saturday, January 18, 2020

(लघुनिबन्ध) फाेकटिया

(लघुनिबन्ध)
फाेकटिया

सरण राई

फाेकटिया मानिस, फाेकटिया जीवन !
फाेकटिया साहित्य फाेकटिया जीवनका लागि फाेकटिया समय व्यतित गर्ने फाेकटिया काममा याे फाेकटिया (लघुनिबन्ध) प्रस्तुत गरिन्छ ।
फाेकटिया उत्पादन हरेक चुनावहरूमा हुने गर्छ । ५०भन्दा बढि उम्मेदवारहरू हुन्छन् । फाेकटिया नारा जुलुसका लागि फाेकटिया कार्यकर्ता चाहिन्छ , फाेकटिया मानिसहरूबाट सजिलै अापुर्ति हुन्छ । चुनाव धुमधाम सम्पन्न हुन्छ । एकजनाले जित्छ अरू हार्ने ५०भन्दा बढि उम्मेदवार फाेकटिया सावित हुन्छन् बन्छन् । चुनाव पछि सबै कार्यकर्ता मतदाता फाेकटिया बन्छन् हुन्छन् । फाेकटिया व्यवस्थाले प्रचुर मात्रामा फाेकटिया कुरा उत्पादन गर्ने अाफ्ना फाेकटिया उद्देश्य फाेकटमै पूरा गर्छ ।
फाेकटिया जीवन बाँचिसके पछि अन्तमा थाहा हुन्छ-- याे संसारमा सब फाेकटियाबाट फाेकटिया काम , फाेकटिया साहित्य ,फाेकटिया राजनीति, फाेकटिया उन्नति प्रगति फाेकटियाकै लागि फाेकटिया सांसारिक फाेकटिया निरन्तरता हुँदाेरहेछ ।
एउटाकाे लागि सार्थक अर्काका लागि निरर्थक ! एउटाकाे अाँखामा मूल्यवान अर्काका अाँखामा फाेकटिया !
फाेकटमा फाेकटिया जीवनले दिने शिक्षा यहि नै रहेछ-- बाँचुन्जेलकाे मात्र जीवन हाे ! तिम्राे जीवन पनि अरूका लागि फाेकटिया नै हुने भएकाले अाफ्ना लागि फाेकटमै खुसी प्रसन्न हुन सिक र सक ! फाेकटिया चिन्ता लिँदै नलेऊ !
🔴
२०७६ माघ ५, धरान
🌹☯️🌹

Friday, January 17, 2020

(लघुअभिव्यक्ति ) पुरातन साेच

(लघुअभिव्यक्ति )
पुरातन साेच

सरण राई

आधुनिक भन्न रुचाउने आजका मान्छेहरू पाैराणिक कथाका पात्रहरूबाट प्रभावित भइ पुरातन साेचकाे गिदीले बैज्ञानिक विचार र आविष्कारसँग एकाकार हुन खाेज्दा 'आधा तित्रा आधा बटाइ' भइरहेछन् । अन्धविश्वासले जर्जर पारेकाे मानसिकताले आफै साेचकाे पतनको दलदलभित्र फसेकाे थाहा नपाउँदा आधुनिक मानवियतासँग साक्षात्कार हुन सकिरहेका छैनन् ।

शंकुचित साेच बाेकेका उनीहरूले समाज सरकार र सत्ता कब्जा गरुन्जेल आधुनिक समाज र राज्यकाे आगमन सम्भव हुँदैन । 'न हाँसकाे हिँडाइ न कागकाे हिँडाइ' ले कतै पुग्न सकिदैन ।

तसर्थ युगले छाेडेकाे विचार, अन्धिवश्वास र साेच त्यागेर समयसापेक्ष साेचकासाथ वर्तमान युगकाे गति प्रगतिमा समावेस भइ उन्नतितर्फ अग्रसर हुन सके मात्र सबैकाे भलाे हुन्छ !

🔴
२०७६/ १०/ ४, धरान
🌹☯️🌹

Thursday, January 16, 2020

(लघुआत्मालाप) प्याराे स्वतन्त्रता

(लघुआत्मालाप)
प्याराे स्वतन्त्रता

सरण राई

मान्छे स्वतन्त्र जन्मिन्छ तर ऊ आफैँले पनि अनेकौँ बन्धन निर्माण गर्छ _ विचारको , सङ्किर्णताको , ठुलासानाको , भूगोलको । सबैभन्दा डरलाग्दो बन्धन 'अहम्' र आकाङ्क्षाको | सामाजिक वनोट त परतन्त्रमा पार्ने किसिमको छदैँ छ , कसैलाई स्वतन्त्र र विवेकशील भएर क्रियाशील हुन दिँदैन | हामी पनि त 'आफ्नो विचारलाई आफ्नै झ्यालखाना' बनाउछौँ | स्वतन्त्र र विवेकशील भएर सोच्दैनौँ ,स्वतन्त्र र क्रियाशील हुदैनौँ | यस्तो गल्ति मैले पनि आजीवन गरिरहेँ |
म अरुकै मतमा,मातहतमा, विचारमा र लहैकहैमा हिडेँ हुँला र अरुलाई नै मालिक सम्झे हुँला | तर अब म जीवनको अन्तिम कालखण्डमा स्वतन्त्र जन्मिएझैँ स्वतन्त्र भएर सोच्न लेख्न चाहन्छु | स्वतन्त्र मर्न चाहन्छु |
स्वतन्त्रतामा जुन आनन्द छ त्यो भोग्न चाहन्छु | विवेकशील भएर सोच्न सक्नु अहोभाग्य हो र त्यो अहोभाग्य उपभोग र उपयोग गर्न चाहन्छु |
झिना मसिना कुराहरूमा नै अल्झेर बस्नु बाँच्नु अनि मर्नु आम मान्छे र सर्वसाधारणकाे नियती रहेछ । फटाहाहरूले समाजलाई भडखालाे धराप जालाेभित्र राखेर अाम मान्छेकाे शाेषण गर्दा रहेछन् । त्याे जालाे धराप र भडकालाे नष्ट गरे मात्र स्वतन्त्रता प्राप्त हुने रहेछ । उनीहरूले थापेकाे बल्सीमा नपर्न अाम मान्छे सचेत र सजग हुन जरूरी छ । बल्सीमा उनेकाे चाराेमा लाेभिनु फस्नु हुँदैन ।
केही घटाउन सकिने अावश्यकता घटाउनु पर्छ । विलासितामा लाेभिनु हुँदैन । साधा रहनसहनले लाेभपापबाट बचाउछ । धनिमानीहरूकाे देखासिकी गर्न हुँदैन । थाेरैमा चित्त बुझाउन सके फटाहाहरूकाे धराप बल्सी जालाे र भडखालाेबाट बच्न सकिन्छ साथै अाफ्नाे प्याराे स्वतन्त्रता कायम राख्न सकिन्छ । यी शिक्षा मुर्खतापूर्ण ढङ्गले गुजारेकाे ७२ वर्षे जीवनकाे महत्त्वपूर्ण अार्जन हाे ।
ढिलै भएपनि ...
प्याराे स्वतन्त्रता- जिन्दावाद ! स्वतन्त्र जीवन- जिन्दावाद !!
🔴
https://facebooklit.blogspot.com/2020/01/blog-post_16.html
परिमार्जन - २०७६/१०/३ ,धरान
🌹🌹🌹🌹





 

Monday, January 6, 2020

( लघुसंस्मरण) बराह मन्दिरकाे ढुङ्गा

( लघुसंस्मरण)
बराह मन्दिरकाे ढुङ्गा

सरण राई

जतिसुकै ठूलाे कुरा गरे पनि मान्छेकाे जीवन बाचुन्जेल भरिकाे मात्र हाे । मर्ने बेला कसैलाई थिचाेमिचाे अन्याय गरिएन, सुन्दर सृष्टिहरू नष्ट गरीएन भने सन्ताेषसाथ मर्न सकिन्छ ।
मर्नेबेला पश्चातापकाे अाँसु अाँखामा रहेनभने त्याे महान् जीवन हाे ।
१३ वर्षको उमेरमा पहिलाे पल्ट म काका मर्मबहादुर राईसँग त्रिबेणी बराहक्षेत्र र चतराकाे बाटाे भएर दुर्गम पुर्व ४ नं. माझकिरात भाेजपुर थुम सिक्तेल छिनामखु गाउँ छाेडेर धरान झरेकाे हुँ ।
म भन्दा एक महिना मात्र जेठी फुफु नरदेवी राईले मलाई हिड्ने बेला मायाले दिनुभएकाे एक रूपियाका तीनवटा सिक्काहरू अझै मेराे अाँखामा झलझली अाई रहन्छ । दाैतेरी भएकाेले हामी एउटै स्कुल र कक्षामा पढ्थ्याे । मिल्थ्याे पनि तर झगडा पनि भईरहन्थ्याे ।एक पल्टकाे झगडामा मैले बक्सिङले हिर्काउदा उहाँकाे अाँखाकाे डिल डमडम्ति सुनिएकाे थियाे ।"पख्लास्, म बाबुलाई भन्दिन्छु , अनि चाख्लास् !" फुफुले रूँदै भन्नुभएकाे थियाे । बाजेभने पछि म थुरथुर, एक महिनासम्म बाजेसँग लुकेर हिडेँ । म धरान हिड्ने भए पछि फुफुले टलपल अाँखा बनाएर मेराे हातमा राखिदिनु भएकाे सिक्का मेराे जीवनकाे अमूल्य पहिलाे उपहार थियाे ।
चिउरा पटक्कै मन नपर्ने मलाई रुमालमा पाेकाे पारेर पिखुवाकाे सङ्लाे पानीमा भिजाएर किनारै किनारकाे बाटाेमा हिड्दा काकाले खान दिनु हुन्थ्याे ।खाजा खाने पसलहरू त्यतिबेला थिएनन् । हिड्दा हिड्दा भाेक लागेकाे बेला खाँदै काकालाई पच्छाउदै हिड्दा चिउरा मीठाे लाग्नै नै भयाे । जझ्क फुड त्यति बेला छँदै थिएन ।
काेकाहा खाेला तरेपछि बराहक्षेत्र मन्दिरकाे छेउ भएर बाटाेमा एउटा ठूलाे रुखमुनि खुला ठाउँमै (छेलाे हान्ने अाकारकाे) बराहक्षेत्रकाे ढुङ्गा थियाे । बाटाे हिड्ने यात्रीहरू त्याे ढुङ्गालाई उचाल्ने काेसिस गर्थे । कसैकसैले मात्र सक्थे । भनिन्थ्याे "सातजनाकाे कान्छी अाैलाले भने त्याे ढुङ्गा जुरुक्क उचालिन्छ ।" काका र मैले पनि काेसिस गर्याे । १३ वर्षकाे उमेरमा छाेएकाे, उचाल्न प्रयास गरेकाे ढुंगा ७२ वर्षको उमेरमा साथी जितपाल किरातसँग हिजाे फेरि छाेइयाे, उचाल्ने प्रयास गरियाे ।
खुला चउरमा २०१८ सालमा रहेकाे ढुंगा अहिले फलामकाे पाताकाे बाकसभित्र कैदिजस्ताे सुरक्षित राखिएकाे रहेछ । यत्राे लामाे समयकाे अन्तरालमा धरानमा बसेर पनि पत्नी र छाेराहरूसँग , साथीभाईहरूसँग र भाेजपुर जाने अाउने क्रममा बराहक्षेत्र पुगियाे । तर त्याे ढुंगासँग साक्षात्कार भएन । त्याे ढुंगा निकै वर्ष हरायाे । त्यसकाे ठाउँमा त्यस्तै अर्कै ढुंगा राखिएकाे थियाे । चाेरले चाेरेर लगेकाे असली ढुंगा भेटिएर फलामकाे घेराबारभित्र अहिले राखिएकाे छ ।
याे ढुंगा १३ वर्षको उमेरमा छाेएकाे थिएँ, ७२ वर्षकाे उमेरमा फेरि छुन पाउँदा एकप्रकारकाे भावनात्मक संवेग अनुभूति अानन्ददायी हुन गएकाे छ ।
याे लामाे समयकाे अन्तरालमा कैयाै कुरा , शिक्षा, जीवनसाथी, सन्तान , साथीभाइ अादि अनेक पाएँ , अनेक गुमाएँ ! त्याे ढुंगा छुँदा लाग्याे- जीवन यस्तै रहेछ ।
🔴
२०७६ पाैष २१, धरान
🌹🌹🌹

Wednesday, December 25, 2019

(लघु संस्मरण) उहिलेकाे कुरा खुइले

(लघु संस्मरण)
उहिलेकाे कुरा खुइले

सरण राई

उहिले छिनामखुमा १/५०( डेढ रूपिया ) मा १०० दाना सुन्तला (सयकडा डेढ रूपिया) बेचेकाे सम्झना सम्झना मात्र भयाे । खरिदेहरू अाएर सुन्तलाकाे बाेटहरू पुरै किन्थे । छानी छानी ठूलाे दाना मात्र लगेर मसिनाे कृकाैला छाड्थे । त्याे सुन्तला चार दिनमा बाेकेर लगि धरानमा बेच्थे । एकदमै बलियाेले ५०० दाना ढाकरमा बाेक्न सक्थ्याे । आईमाई केटाकेटीले २००/ ३०० बाेक्थे । बेचेकाे पैसाले धेरैले नुन लिएर फर्कन्थे ।
त्यतिबेला सुन्तला त छानि छानि ५० दानाभन्दा बढि नै दिनभरमा खाइन्थ्याे । त्याे कुरा अाज कसले पत्याउछ । डेढ रूपियामा सय दाना सुन्तला बेच्ने? उहिलेकाे कुरा खुइले । डेढ रूपियामा एक दाना सुन्तला माग्याे भने दिमाग सड्केकाे छ भनेर साेध्लान् अाजभाेलि । अब याे दन्त्यकथा !
सुन ४२/- रूपिया ताेला थियाे । राँगाकाे मासु १/- धार्नी र सुगुरकाे १/५० धार्नी खाने मान्छे मै हुँ । सेडामा २६०/- काे तलब खाएर अनुन्धान सहायकबाट जागिर थाल्ने पनि मै हुँ । २०३१ सालमा ४८०/- महिनावारी तलब सहायक प्राध्यापककाे थियाे । सुन २00/- ताेला थियाे । एक महिनाकाे तलबले दुई ताेला सुन अाउथ्याे । अहिले त प्राध्यापक त के अफिसरकाे एक महिनाकाे तलबले अाँधि ताेला सुन पनि किन्न अाउदैन ।
सुनकाे मूल्य बढेर २२०००/- हुँदा "सुनकाे मूल्य ५००००/- पुग्छ ,सुन किनेर राखे फायदा हुन्छ" एक जनाले भनेका थिए । हावादारी कुरा मनमन‌ै साेचेकाे थिएँ । अहिले ५००००/- मा एक ताेला सुन कहाँ अाउछ ?
घडेरी जग्गाकाे कुरै नगराैँ! २०२२ सालमा अहिले हामी बसिरहेकाे धरानकाे घडेरी १८००/- प्रति कठ्ठा किनेकाे हाे । २०२१ सालकाे भूमि सुधारमा जग्गा सित्तै पाइन्छ, सरकारले बाँड्छ भन्थे । मधेशकाे राम्राे खेत १०००/- रूपिया प्रति बिघाहा पाइन्थ्याे । जमिनदारहरू अाफ्नाे सयाै बिगाहा जमिन सित्तै जाने भाे २५ बिघाहाकाे हदबन्दिले भनेर डराइरहेकाे बेला जग्गा काे किन्ने?
उहिलेकाे कुरा ! उहिलेकाे कुरा गर्न थालियाे भने किम्बदन्तिकाे पात्र भइन्छ । ल, तसर्थ अाज यति नै हाहाहा ...! उहिलेकाे सम्झनालाई सम्मान स्वरूप फेरि हाहाहा...!

२०७६ पुस ८, धरान