(लघुआत्मालाप)
अन्तिम अनुभूति
सरण राई
अन्तिम अनुभूति
सरण राई
अन्तिम अनुभूति व्यक्त गर्ने अवसर नपाइ नै जीवनअवसान हुने भएकाेले
मानिसकाे अन्तिम अनुभूतिबारे अनुमान मात्र गर्न सकिने हुन्छ । साे बारे
अनुमान गर्नका लागि जन्मेदेखिका सबै प्रमुख कालका अभिव्यक्तिहरूकाे वर्णन
अावश्यक हुन्छ ।
जन्मिए पछि केहि कालसम्म थपिने क्रम तिव्र हुन्छ जस्ताे चेतना, जागरण, खानपिन, शारीरिक बृध्दि, साथीभाइ, अनुभव , अनुभूति अादि । मानिसकाे जीवनमा पनि वर्षकाे गणित महत्वपूर्ण हुँदाे रहेछ ।
१०, १० वर्षकाे उमेर अवधि एउटा निश्चित विकासकाे अवधि हुँदाे रहेछ । १०वर्षसम्मका केटाकेटी अरूका नजरमा खास हुँदैनन् तर त्याे अवधि नै उनीहरूका जीवनअाधार निर्माण अवधि हुन्छ ।
१०देखि २०वर्षकाे, २०देखि ३०वर्षकाे,३०देखि ४०वर्षकाे र वाचुन्जेलीका १०, १० वर्षका अवधिकाअनुभव अनुभूति फरक फरक हुँदा रहेछन् ।
३०देखि ४०वर्षकाे उमेरदेखि घट्ने क्रम सुरु हुँदाेरहेछ जस्ताे बल, पाैरख, साथीभाइ, रूप साैन्दर्य अादि ।
यी विभिन्न अवधिहरूमा सुखदुःखका अनुभुतिले जीवन भरिएकाे हुँदाेरहेछ । सुखै सुखकाे अनुभूति हुँदा मानिस सप्तरङ्गी संसारमा भुलिदाेँ रहेछ । तर जब असह्य दुःख जीवनमा घट्छ, वेदना पीडा कष्टले छट्पटिएर रुन्छ र राेइरहेकाे अाँखाले एउटा सून्य देख्छ ।त्याे राेएकाे मनले अनुभूत गर्ने अाठाैं रङ हुन्छ ।अनेकाै कष्ट दुःख पीडामा पनि मानिस बाँच्न चाहन्छ र बाँच्छ त्याे नवाैं रङकाे अनुभूति हुन्छ ।
जीवनकाे अन्तिम कालखण्डमा मानिस एक्लाे हुँदाेरहेछ । मृत्यु झेल्न साथीभाइ अाफन्त प्रियजन र बलियाे मन चाहिदाे रहेछ । साथीभाइ, प्रियजन, मायालु बलवैश तागत उत्साह उमङ्गले छाडेकाे अन्तिम अवस्थाकाे मर्ने बेलाकाे अनुभूति .... मरिसकेपछि व्यक्त हुँदैन । मर्नेबेलाकाे सबैभन्दा तिक्ष्ण अन्तिम अनुभूति .... मर्नेसँगै समाप्त हुन्छ ।
🔴
२०७६।४।५, धरान