Followers

Friday, October 31, 2014

(फेस्बुके लघुकथन ) कथावाचकको न्याय

(फेस्बुके लघुकथन )
कथावाचकको न्याय
सरण राई
सबैभन्दा पहिला कथाबाटै साहित्यको सुरुवात भयो | थुप्रै कथाहरुमध्ये एउटा कथा "बाघ आयो " भन्ने कथाको सम्झना मलाई भइरहेको छ |
गोठालाले "बाघ आयो ""बाघ आयो " भन्दै गाउँलेहरुलाई झुक्याउथ्यो | एकदिन साँच्चै बाघ आउदा कसैले पत्याएनन् | कोहि आएनन् र बस्तुभाउ बाघले खाइदियो |
यहाँ कथावाचकले बाघले गोठालोलाई पनि खाएको वा चिथोरेर घाइते बनाएको कथा भन्न मिल्थ्यो | उनले त्यसो नभन्नु वा गोठालोलाई सहिसलामत राख्नु कथावाचक वा कथाकारको न्याय हो | उनले कथामा आफुले चाहेको उद्देश्य प्राप्त गरिसकेपछि गोठालो वा मुख्य पात्र नायकलाई अनावश्यक दु:ख दिन चाहेनन् |
यहि नै साहित्यले समाजमा स्थापना गर्ने न्याय हो |
२०७१ कार्तिक १४, धरान

Saturday, October 11, 2014

(फेस्बुके अभिव्यक्ति )आजको अवस्था र सोच

(फेस्बुके अभिव्यक्ति )आजको अवस्था र सोच
सरण राई
विकासोन्मुख गरिब राष्ट्रहरु मध्येको हामो देश नेपाल झन्डै झन्डै विचार , सिध्दान्त , संस्कृति र धर्मको क्षेत्रमा "डस्टबिन " जस्तै भएको रहेछ | विकसित देशहरुका मानिसहरुले त्यागेका छोडेका 'आउट देटेद र डेट एक्स्पायार्ड ' कुराहरु नेपालमा खुब चल्तीमा रहेका छन् | विश्वमा असफल भएको साम्यवादी विचार नेपालमा घनीभुत रुपमा प्रभाव पार्न सफल थियो | धेरै धेरै मानिसहरु साम्यवादी विचारद्वारा प्रभावित भएर जनयुध्दमा समेत सग्लग्न भए | गणतन्त्र आयो | गणतन्त्र आइ सकेपछी साम्यवादी विचार मात्र नभएर सैध्दान्तिक कुराहरु स्वात्तै घटेर सिध्दान्त सुन्यताको अवस्था बन्दै जान थालेको छ | नीति, नैतिकता, मूल्य र मान्यता केहि महत्वको रहेन | 'जसरि भए पनि आफ्नो दुनो सोझ्याऊ' राजनैतिक सोच बनेको छ | सरकार त्यहि सोचको प्रतिविम्ब भएको छ |
न्याय माग्दामाग्दै आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएको १८ दिन बितिसक्दा पनि सतगत भएको छैन , सरकारलाई चासो छैन , राजनीतिका खेलाडीहरुलाई लाज लागेको देखिदैन | विश्व नै एउटा गाउ भैसकेको र विश्व समुदाय नै एउटा भाइचारा जाती भैसकेको बेलामा जाति पाटीको कुरो उठिरहेको छ | सरकार चलाउने हरुको अविवेकले गर्दा पछाडी पारिएका जातिहरु विद्रोहको स्वर बोल्ने स्थितमा पुगेका छन् | रास्ट्रिय एकता कसैको चासोको विषय भएन |
अन्धविश्वास, रुडिवाद र संकुचितता चरम उत्कर्षतर्फ बढ्दो छ | "आधुनिक मानवीयता" ओझेलमा पर्दै छ | हामी हाम्रो देशलाई कस्तो गन्तव्य तर्फ बढाउदै छौ ? अत्तो पत्तो छैन | हाम्रो भावी गन्तव्य के हो भन्ने बारे छलफल भैरहेको छैन | राष्ट्रिय सहमति बारे चासो देखिदैन |
सबै दलहरु आफ्नो आफ्नो डम्फु बजाईरहेका छन् | एउटाले अर्कोको अस्तित्व स्वीकार्ने कि नकार्ने ठोस नीति देखिदैन | रनभुल्लमा जनता पारेर र दलहरु आफै पनि रनभुल्लमा परेर कति दिनसम्म देश र राजनीति चल्ने हो ? जनताको हालत दिनप्रति दिन खस्कदो छ. | भविष्य अन्धकारमय देखिदा निराश हुनु स्वाभाविक हुन्छ | देश र जनताको भविष्य उज्ज्वल र सुरक्षित कसरी पार्न सकिन्छ ? समस्याहरु जताततै देखिन्छ | समस्याको समाधान लिएर देखा पर्ने दल , राजनीति र नेता जनताले खोजिरहेका छन् |

Thursday, September 25, 2014

(खबर ) मानवतामाथि लाग्दै छ घाउ

...गंगामाया अधिकारी पति नन्दलालसँगै ३ सय ३५ दिन देखि वीर अस्पतालमा अनसन बसिरहेकी छिन् ।
वीर अस्पतालको पुरानो आइसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन् । ११ महिनादेखि अन्नपानी नखाइ अनसन बसेकी ५३ वर्षीया गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी छ ।
अस्पतालको बेड नम्बर १७ र १८ मा झण्डै वर्षदिनदेखि अनसन बसिरहेका यी दम्पत्तीको हेरचाह गर्ने कोही छैन ।यसै बिचमा सोमबार नन्दप्रसादको मृत्यु भएको हो ।
...श्रीमान अन्तिम अवस्थामा पुगेका बेला उनी आफ्नो बेडबाट तल झरी श्रीमानको बेडसम्म पुगेर सुम्सुम्याएकी थिइन् रे ।
नन्दप्रसादको शवलाई शिक्षण अस्पतालमा राखिएको छ । तीन दिनसम्म परिवार र आफन्तबाट शव बुझ्न नआएपछि सरकारले शव बुझिदिन आग्रह गरेको हो ।अधिकारी दम्पत्तीका जेठा छोरा नुरप्रसाद बाबुको शव नबुझ्ने भन्दै पन्छिएका छन् ।
अर्कोतिर वीर अस्पतालमा सोमबार मृत्यु भएका पति नन्दप्रसादको शोकमा डुबेकी गंगामाया एक्लै लडिरहेकी छिन् । पतिको मृत्युको शोकमा डुवेकी एक्ली महिलालाई भेट्न समेत कोही नआएको अस्पतालमा खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।
...श्रीमान अन्तिम अवस्थामा पुगेका बेला उनी आफ्नो बेडबाट तल झरी श्रीमानको बेडसम्म पुगेर सुम्सुम्याएकी थिइन् रे ।

२०७१ असोज १०
(साभार :स्वस्थ्य संसार )

Monday, September 8, 2014

फेसबुके साहित्य

फेसबुके साहित्य

फेसबुके साहित्य

फेसबुके साहित्य पनि साइबर साहित्यभित्र नै पर्छ | जति नै नकार्न खोजे पनि फेसबुके साहित्यले एउटा स्थान बनाई सकेको छ | यसमा रमाउनेहरुको ठुलो समुह तयार भैसकेको छ |
फेसबुके साहित्यको बढ़ि लोकप्रिय बिधा फेसबुके कविता हो | फेसबुके साहित्यको महत्व फेसबुकभन्दा बाहिर होला वा नहोला , त्यो अर्कै कुरा हो | तर फेसबुकभित्र रमाउने हजारौ पाठकहरुलाई नजरअन्दाज गर्न मिल्दैन |
कस्तो मज्जा छ , फेसबुके कविता वा फेसबुके साहित्य पोस्ट गर्नुहोस . पोस्ट गर्नासाथ 'लाइक' र 'कमेन्ट'को वर्षा हुन्छ | धेरै 'लाइक' र 'कमेन्ट'को कामनाले फेसबुके साहित्यले उर्जा प्राप्त गरिरहेको हुन्छ |
मलाइ पनि फेसबुके साहित्य मन पर्न थालेको छ | न सम्पादकको न प्रकाशकको चाकडी गर्नु पर्ने , न पर्खिनु नै पर्ने ! पोस्ट गर्ना साथ प्रतिक्रिया देख्न पाइने, कस्तो मज्जा !
मैले पोस्ट गरेको ' हामी आफै मालिक ' ७०० जना भन्दा बढ़िले 'लाइक' गरिसकेका छन् |त्यो हेर्दा त बढ़ि लोकप्रिय कविता हो भन्ने लाग्छ तर त्यो कविता पत्रिकामा छापे भने आलोच्य हुन्छ , कविताको मानकमा पर्दैन भनेर आलोचना गरिनेछ |
तापनि त्यो फेसबुके कविताले मानिसहरुलाई केहि न केहि प्रभाव पारेकै होला | त्यो प्रभावलाई न्युनिकरण गर्न मिल्दैन |यस्ता फेसबुके साहित्य थुप्रै छन् |
त्यसो भएकोले अब फेसबुके साहित्यको पनि मुल्याङ्कन गर्ने बेला भएको छ |

Saturday, September 6, 2014

(फेस्बुके लघु कथा ) मुकुट

(फेस्बुके लघु कथा ) मुकुट

सरण राई

अत्यन्त सक्रिय मानिस ऊ असफल भएर आर्थिक रुपले समस्याग्रस्त भयो | नोकरी , व्यापार , खेती  केहि थिएन र कहिल्यै त्यस्तो काम गरेको पनि थिएन | भोकै हुने अवस्था आएपछि उसले युक्ति निकाल्यो _ एउटा मुकुट बनाएर समाजको सबैभन्दा ठुला मान्छेलाई सम्मान गर्दै पहिराउने |

'गणतन्त्रको युगमा पनि के को मुकुट ?' मानिसहरुले भने |

'राजा बनाउन मुकुट पहिराउने नभएर सबैभन्दा ठुला मान्छेको सम्मान गर्ने असल तरिका हो जसले सबै युवाहरुलाई असल र ठुलो मान्छे बन्ने उत्प्रेरणा दिन्छ |'  उसले भन्यो |

मुकुट भनेपछि महँगो हुने नै भयो | आफ्नो ठाँउको इज्जत जाला भन्दै उसले सबैसंग थुप्रै चन्दा उठायो | नेता, उधोगी , व्यापारी, साहित्यकार , समाजसेवी र अन्य सबै ठुला मानिसहरु आफुलाई त्यस ठाउको सबैभन्दा ठुला मानिस सम्झन्थे | त्यो मुकुट आफुले नै पहिरिन पाउछु भन्ने सोच्थे | त्यसैले उसको काममा सबैले साथ दिए | मुकुटका लागि उसको चाकडी पनि कसै कसैले त गर्न थालेका थिए |

'मुकुट पाइयो भने त चुनाव जित्न सजिलो हुन्छ ' नेता सोच्थे | ' ठुलो मान्छे भइन्छ' अरुहरु पनि सोच्थे |

ठुलो धन राशि उठ्यो , हेर्दा गर्दै ऊ नव धनाढ्य भयो | उठेको कुल रकमको सय भागको एक भाग खर्च गरेर उसले सुन, चादी र रत्न मिश्रित मुकुट बनायो | मुकुट पहिराउने भव्य समारोहको आयोजना गर्यो |

सबै ठुला भानाउदाहरुले आफुले नै पाउछु भन्ने सोचेका थिए | त्यसै हुनाले कसैले विरोध गरेनन् | सबै ठुलाहरुले त्यस कार्यक्रममा ठुला ठुला भाषण र शुभ कामना मन्तव्य दिए | अन्तमा मुकुट पहिराउने समय भयो |

ऊ उठ्यो र मुकुट सबैलाई देखाएर आफैले पहिर्यो | उस्का पत्नी ,नातागोता र पाल्तुहरुले ताली बजाए | विरोध गर्न भनेर नेताहरु उठेर आफ्ना पाल्तुहरुलाई हेरे | पाल्तुहरु त कहिले कहिले उसले किनी सकेको रहेछ | उसको भिजिलान्तेहरुको ठुलो समुह देखेर आफुलाई ठुला सम्झनेहरु सब चुप भए |

मुकुट पहिरेर ऊ त्यस समाजको सबै भन्दा सम्मानित ठुलो मानिस भयो |

* * *

२०७१ भदौ २१ ,

Monday, August 4, 2014

(फेस्बुके लेख ) दयाका पात्रहरु

(फेस्बुके लेख )
दयाका पात्रहरु

सरण राई

आफुलाई समय समयमा मानिसहरुले प्राप्त गरेको ज्ञान, सत्य र तथ्य मुताविक समयसापेक्ष बनाउन नसक्ने र नचाहने कट्टर पुरातनवादीहरु विश्वभरी नै छन् | नेपालमा पनि यस्ता थुप्रै देखिएका छन् |
तिनीहरु नै दयाका पात्र हुन् |
नेपालको सन्दर्भमा विदेशमा गएर अध्ययन गरि डा. ,इन्जिनिएर र अन्य विद्वान भएर मुलुक फर्किन्छन् | विदेशमा बस्दा गाईको मासु मज्जाली खाए, त्यहाको रहनसहनमा आफुलाई पुरै आधुनिक बनाए | आधुनिक सभ्यता , ज्ञान र सिपको प्रचार गरेर अन्धविश्वास हटाउनु सट्टा देशमा फर्किए पछी फेरी उही कट्टर पुरातनवादी समाजको अङ्ग आफुलाई बनाए | पुरानो सड़ेे गलेको संस्कारको जातपात , अन्धविश्वास , धर्मान्धता , कुसंस्कार , कुरीति जस्ता अनेकौ कुराहरुको सानो सङ्कुचित घेरामा बसेर समग्र मानवीय विकासको बाधक बनेका तिनीहरु (आफु समेत अरुलाई अग्रगमनतर्फ बढाउनु पर्नेमा आफै पनि आधुनिक बन्न नसक्ने तिनीहरु ) दयाका पात्र हुन् |
आँखा पाएर पनि आफै अन्धो बनेका तिनीहरु साच्चै दयाका पात्र हुन् !
द्वन्धात्मक भौतिकवादका अनुयायी भै टोपलेर क्रान्ति जनयुध्द सुधारका काम गरेजस्तो गर्ने तथाकथित पाखण्डी बुध्दिजिविहरु तथा नेताहरु दयाका पात्र हुनका साथै घृणाका पात्र बनेका छन् .... नराम्ररी उदािङ्गएका छन् तिनीहरु !

यी यथास्तिथिवादिहरुलाई पराजित गरेर नेपाली राजनीति अग्रगमनतर्फ बढ्न थालेको अवस्था वर्तमान अवस्था हो जुन अत्यन्त आशालाग्दो छ |

२०७१ साउन १९ , धरान

Wednesday, July 23, 2014

(फेस्बुके अभिव्यक्ति ) हो कि होइन ?

(फेस्बुके अभिव्यक्ति )
हो कि होइन ?

सरण राई

हामीहरु
मिलेका देखिन्छौँँ
सँगसँगै हुन्छौ ठुलो काम फत्ते गरिरहेझैँ
आकाशको फल जब उनीहरु देखाउँछन्
खुट्टा तानातान विश्वासघात धोका
नराम्ररी फुट्छौँ माटोको हाँडीझैँ
पसिनाको मोती फलाउने श्रमजीवी हौँ रे हामी ...

उनीहरु
बाझिरहेका छन् सैध्दान्तिक तर्क वितर्क माथि टेकेर
कहिल्यै मिल्न नसक्ने झैँ गरी जुधिरहेका देखिन्छन्
फल टिप्ने बेला
हातेमालो एकजुट एकमत जुट्छन् , र
सत्ता चलाईरहन्छन् .. भत्ता पचाईरहन्छन्

राल चुहाएर थुक निलेर हुन्छ ?

Friday, July 11, 2014

फेस्बुके कविता -घरघरबाट जाग

घरघरबाट जाग

सरण राई

घरघरबाट जाग सहरसहरबाट जाग
झुटो बोल्ने भ्रष्ट फरेवी फटाहा विरुद्ध जाग ।

अर्को नैतिक धरातल बनाउन सब ब्युझने बेला भयो
सुन्दर देश सहिदको सपना साकार गर्ने बेला आयो
फोहोरी होइन जनता र  देश बनाउने  राजनीतिको पालो  ।

सर्वसाधारण सब  मिली आफ्नै  राजनीति बनाऊँ
पवित्र कञ्चन ठीक असल राजनीति  अपनाऊँ
नौटङ्की फोहोरी राजनीतिलाई सात डाँडा कटाऊँ  ।

२०६९।५।१४, धरान

Sunday, June 29, 2014

(फेस्बुके गुनासो ) आस्तिनके साँप

फेस्बुके गुनासो

आस्तिनके साँप

हिन्दीमा "आस्तिनके साँप " भन्छन्, नेपालीमा के भन्ने ? "'जुन थालमा खायो त्यहि थालमा हग्यो "'' अलि मिलेन |"कोखामा दाँत " भएको , यो पनि मिलेन | "मुखमा राम राम , बगलीमा छुरा ", अलिकति सामिप्य राख्न सफल तर पनि पूर्ण अर्थ दिन सकेन |

"आस्तिनके साँप "भन्नाले तपाईँसँगै तपाईँको मित्र, शुभेच्छुक , हितैषी र सहयोगी भएर हिँँडिरहेको हुन्छ | तपाईँँ भ्रममा पर्नुहुन्छ ऊ तपाईँको सर्वाधिक रक्षक पनि हो | तर मौका पाउनासाथ तपाईँको कोखामा छुरी धसेर खुत्रुक्कै पार्छ | तपाईँ पानी पनि माग्न सक्नु हुन्न |

त्यस्ता मित्र , शुभेच्छुक , हितैषी र सहयोगीलाई हिन्दीमा "आस्तिनके साँप " भन्छन् | नेपालीमा के भन्ने ? दुरुस्तै शब्द नभए पनि तपाईँ पनि जीवनमा कुनै बेला त्यस्ता "आस्तिनके साँप " को फेला पर्नु भएकै होला | म त धेरै पल्ट परिसकेको छु | धेरै पल्ट परिसके पनि अझै म "आस्तिनके साँप " चिन्न र छुट्याउन सक्दिनँ र , आस्तिनके साँप " को फेला परिरहन्छु | आस्तिनके साँपबाट छुटकारा कसरी पाउन सकिएला ?

नेपोलियनले जस्तै भन्नुपर्ला " भगवान, मलाई आस्तिनके साँपबाट बचाउनुहोस , अरुहरुसित त म आफैँँ बच्न सक्छु |"

आस्तिनके साँप " को नेपाली शब्द धेरै पल्ट आस्तिनके साँपको फेला परेको व्याक्तिले नै खोज्न सक्ला र, त्यो शब्द पनि निकट भविष्यमा पाईएला | आशा गरौँ |

नेता किन बिग्रेका नेपालमा ?

गहिरिएर विचार गर्दा निम्न कारणहरु रहेछन्
१. सानैदेखि हितोपदेश जस्ता स्वार्थपरस्त मनस्थितिको विकासले मौका पाउनासाथ स्वार्थ साधना गरिहाल्ने धोको बोकेका नेताहरु
२.शक्तिका पुजारी संस्कृतिबाट अतिव प्रभावित पिछलग्गु कार्यकर्ताहरु जो सधै नेताको गुनगान गाईरहने, नेतालाई असल सल्लाह नदिने र नेताको गल्ति लुकाउने... विवेकहीन कार्यकर्ता जो आफुलाई नेता र तथाकथित दलको खेताला/ दास (नोकर) समकक्षमा राखेर स्वार्थ साधनारत कार्यकर्ताहरु
३. विदेशी प्रभुहरुद्वारा इमानदार नेतालाई पाखा लगाएर बेइमान र बिकाउ नेतालाई शक्तिमा पुर्याएर आफ्नो स्वार्थ साधना गर्ने नीति रहनु र सो अनुसार नाङ्गो हस्तक्षेप हुनु | त्यस्तो हस्तक्षेपको बिरोध नहुनु |
४. रास्ट्रीय हितका लागि सर्वस्वीकार्य रास्ट्रीय नीति नहुनु
५. जनता /मतदाता जागरुक र सचेत नहुनु

(छलफलका लागि )

Friday, May 23, 2014

लघु कथा सहज मृत्युवरण

यो कथा आजभन्दा दुईसय वर्षपछिको सत्य घटनामा आधारित छ ।
अत्यन्त उच्च प्रविधियुक्त अस्पतालमा भर्ना भएर अरु बढि थप आयु बढ्ला भन्दै प्रतीक्षारत प्रेम२७–०१७–००१९७४ तात्कालीन अवस्थामा १५० वर्षभन्दा बढि आयु बढाउन नसकिने बैज्ञानिकहरूको घोषणाले निराश हुन्छ । उसले यसभन्दा अगााडि पनि २५, २५ वर्षका दरले दुई पटक आयु थप गरिसकेको थियोे ।
आफ्नो मृत्युको अन्तिम घडिमा छोराछोरी, बुहारी,नातिनातिनीहरूको बीचमा उनीहरूले घेरिएर मर्न पाए हुन्थ्यो भन्ने उसको अन्तिम इच्छा हुन्छ  । नभन्दै उसका वरिपरी छोराछोरी, बुहारी, नातिनातिनीहरू उसलाई उभिएर हेरिरहेका र स्याहारिरहेका जस्ता देखिन्छन् । उसको अनुहारमा प्रसन्नताको चमक आउँँछ । त्यही  खुशीको लहरमा उसको प्राण पखेरु उडेर जान्छ ।
रोबोट आर–१७७ त्यो देखेर पेन प्रोजेक्टर बन्द गर्छ । मृतकको वरिपरी उभिएका ँछोराछोरी, बुहारी, नातिनातिनीहरूका तस्बिररूपी आकृतिहरू बिलाउछन् ।
हजाराँै किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा रहेका ँछोराछोरी, बुहारी, नातिनातिनीहरू आफ्नो कार्यकक्षमा बसेर उसको मृत्युवरणको दृश्य हेरिरहेका हुन्छन् । उनीहरू निमेषभर खिन्न हुन्छन् । पेन प्रोजेक्टरकै माध्यमबाट एकै ठाउँमा बसेझैँ गरी उनीहरू सल्लाह गर्छन् र रोबोट आर–१७७ लाई दाह संस्कार गर्ने आदेश दिन्छन् ।

२०६८।५।२२ ,चपलि

Sunday, April 13, 2014

लघु लेख

August 19, 2013 at 6:29pm
(लघु लेख )
हाम्रो अवस्था

सरण राई

हामीले अहिले भोगिरहेको अवस्था र व्यवस्थाको विश्लेषण हुनुपर्ने हो र भईरहेको पनि छ तर अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जस्तै भैरहेको छ |

राज्यको ढुकुटीबाट मोज र भोज गर्न र गराउन सफल नव नेताहरुले मुलुकको अवस्था र व्यवस्था अत्यन्त उज्ज्वल रहेको विश्लेषण गरेर चुनावमा फेरी जितेर मोज र भोजको निरन्तरता दिईरहने सपना देखिरहेका छन् |

जनआन्दोलनको शक्तिद्वारा घोक्रेठ्याक लगाईएका प्रतिगामी , पुनरुत्थानवादी र प्रतिक्रियावादी शक्तिहरु पनि अन्यौलको वातावारण भईरहेमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दाउ हेरिरहेका छन् |

जनताले आशा गरेका एवं जनआन्दोलनको नेतृत्व गरेका राजनैतिक शक्तिहरु संविधान बनाउन र मुलुक चलाउन असफल भएको मात्र नभएर घृणित स्वार्थको दलदलमा कहिल्यै उत्रण नसक्ने गरि फसेको देखेर जनमत उनीहरुका बिरुध्द बनेको अवस्था देखिन्छ |

सर्वशक्तिशाली अवस्थामा रहेका तिनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु बाहेक अरु गतिलो काम केहि गरेनन् |संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको हुनाले मुलुक अब त्यो भन्दा पछाडी फर्कन सक्दैन |

संविधान बनाउन र मुलुक चलाउन असफल राजनैतिक शक्तिहरु ज्याला लिएर काम पुरा नगर्ने श्रमिक सरह भएका छन् | तापनि फेरी त्यहि कामका लागि चुनाव हुने कुरा लिएर आएका छन् | मतदाताहरुसमक्ष फेरी तिनीहरु भोट माग्न आउने भएका छन् | उनीहरु आफ्नो गल्तीप्रति कहिल्यै जनतासामु माफी माग्नेवाला छैनन् |जनता भनेको उनीहरुको नजरमा दास हुन् , उनीहरुको हैकम हालीमुहालीमुनि पिसिनु पर्दछ - उनीहरुको धारणा छ |

"एकपल्ट कसैले धोका दिन्छभने धिक्कार छ धोका दिनेलाई , तर दोस्रो पल्ट वा बारम्बार पनि उसले धोका दिन्छ भने धिक्कार छ धोका पाउनेलाई |" मतदाताको स्थिति यस्तो रहेको छ |

अब मुलुक बचाउने जिम्मा मुलुकवासीको काँधमा आएको छ | सार्वभौमसत्ता सम्पन्न जनताले सत्य र मुलुकको पक्षमा उभिनु पर्ने भएको छ | पाखण्डी , बहुरुपी र भ्रष्ट नेता र बिचारको पछी नलाग्नु पनि असल शक्तिलाई साथ दिनु हो |

विद्यमान दल र नेताहरु आतङ्क , डर, त्रास फैलाएर , पैसा र सत्ताको दुरुपयोग गरेर गुण्डाराजको चुनाव चाहिरहेका छन् | यस्तै अवस्था र व्यवस्था रहिरहेमा स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव नारामा मात्र सिमित हुने निश्चित छ |यसो भएमा पाखण्डी , बहुरुपी र भ्रष्ट नेताहरुले चुनाव जित्ने छन् , चुनाव अर्थहीन हुने छ | मुलुक फेरी यथास्थितिको सिकार हुने छ |

स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव भएमा जनता र राष्ट्र बलियो हुने छ | मुलुकलाई अग्रगमनतिर लैजाने अभिभारा मतदाताको हो | मतदाताले निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गरेमा अहिलेको अन्योलपूर्ण अवस्था र व्यवस्थाको अन्त्य भै नयाँ नेपालको मुहार देख्न पाइने थियो कि !

लोकतन्त्रको आधार चुनाव भएकोले ढिलो छिटो चुनाव हुन्छ नै | र, त्यो आगामी चुनावमा निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गर्नु मतदाताको दायित्व भएको छ | आफ्नो दायित्व पुरा गरौँ , देश स्वत: बन्नेछ !

२०७० भदो १, ध रा न

फेस्बुके लेख

राजनैतिक विकासमा कार्यकर्ता

राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |

राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |

विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर नेताहरुले फाइदा उठाउछन् |

राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व हुँदै होइन |

राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |

बिरोधीहरुको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका यात्रीझै होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |

लहै लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |

यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |

२०७० पौष २२ , धरान

फेस्बुके अभिव्यक्ति

मान्छे स्वतन्त्र जन्मिन्छ तर ऊ आफैँले पनि अनेकौँ बन्धन निर्माण गर्छ _ विचारको , सङ्किर्णताको , ठुलासानाको , भूगोलको , सबैभन्दा डरलाग्दो बन्धन 'अहम्' र आकाङ्क्षाको | सामाजिक वनोट त परतन्त्रमा पार्ने किसिमको छदैँ छ , कसैलाई स्वतन्त्र र विवेकशील भएर क्रियाशील हुन दिँदैन | हामी पनि त 'आफ्नो विचारलाई आफ्नै झ्यालखाना' बनाउछौँ | स्वतन्त्र र विवेकशील भएर सोच्दैनौँ ,स्वतन्त्र र विवेकशील भएर क्रियाशील हुदैनौँ | यस्तो गल्ति मैले पनि आजीवन गरिरहेँ |
म अरुकै मतमा, विचारमा र लहैलहैमा हिँडे हुँला र अरुलाई नै मालिक सम्झे हुँला | तर अब म जीवनको अन्तिम कालखण्डमा स्वतन्त्र जन्मिएझैँ स्वतन्त्र भएर सोच्न लेख्न चाहन्छु | स्वतन्त्र मर्न चाहन्छु |
स्वतन्त्रतामा जुन आनन्द छ त्यो भोग्न चाहन्छु | विवेकशील भएर सोच्न सक्नु अहोभाग्य हो र त्यो अहोभाग्य उपभोग र उपयोग गर्न चाहन्छु |

फेस्बुके गफगाफ

हो वा होइन ?

मानिस 'तृप्ति' खोज्दो रहेछ | 'तृप्ति' कसैलाई ' के ' मा , कसैलाई ' के ' मा प्राप्त हुँदो रहेछ | कसैलाई दिनमा , कसैलाई लिनमा |कसैलाई त्यागमा , कसैलाई प्राप्तिमा | कसैलाई मिलनमा , कसैलाई विछोडमा |कसैलाई मर्नमा , कसैलाई मार्नमा |कसैलाई रचनामा , कसैलाई विनासमा |
वास्तविक 'तृप्ति' के हो ? त्यो पनि मानिस अनुसार हुँदोरहेछ | 'वास्तविक 'तृप्ति' के हो ? त्यो पनि संस्कार , शिक्षा, तालिम, उमेर, परिस्थिति आदि अनेकौँ कुराहरुले निर्धारण गर्दो रहेछ |
अन्तमा मेरो निचोड मान्छेको पापी मन कहाँ रमाउछ ? थाहा नभएर मानिस मनकै पछी कुद् ने निरीह प्राणि रहेछ | बिचरा मनकै पछी कुद् दा कुद् दा सारा जीवन गुमाउँछ | र, नै , यो 'जी.. उ.. नु' रहेछ ,वास्तविक 'तृप्ति' 'जी.. उ.. नु'मा रहेछ !?

हो वा होइन ?

फेस्बुके लघु लेख

आफूमाथिको विश्वास

September 27, 2013 at 11:41am

सरण राई

मन पानी भएर सजिलोतर्फ़ बग्न खोज्छ , बतासजस्तै हलुङ्गो भएर उड्न चाहन्छ तर म चाहन्छु यो मन हिमाल जस्तो स्थिर भएर उभियोस् ! मृत्युको अन्तिम क्षणसम्म मेरो आफूमाथिको विश्वास कायम रहोस् |

भौतिकवाद र आदर्शवादको चर्को द्वन्दमा फसेका आजका मानिसहरु आफ्नो अनुकूल अवस्था हेरी कहिले भौतिकवादी कहिले आदर्शवादी हुने गर्छन्|

ममाथि पनि दुवैको प्रभाव उत्तिकै छ | द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएको छु | प्रमाण र अवलोकनको आधारमा सत्य तथ्य स्वीकार्न चाहन्छु , बैज्ञानिक दृष्टिकोण राख्न चाहन्छु तर जब शारीरिक अस्वस्थता , मानसिक अशान्ति र प्रतिकुल परिस्थिति हुन्छ , मन अत्तालिन्छ | सहाराको खोजि गर्छ |
असहाय भएको बेला , मनोबल गिरेको बेला र एक्लो भएको बेला आफूमाथिको विश्वास धर्मराउन थालेको बेला अध्यात्मवादिहरुझैँ सब चिज भगवानमाथि सुम्पि दिऊ जस्तो लाग्नु अस्वाभाविक होइन |

सब चिज भगवानमाथि सुम्पिनु भनेको त आफ्नो अस्तित्व समाप्त पारेर अकर्मण्य बन्नु हो |आफूमाथिको विश्वास समाप्त हुनु हो |

र , म चाहन्छु जीवनको अन्तिम क्षणसम्म आफूमाथिको विश्वास कायम रहोस् |
आफूमाथिको विश्वास कायम रहोस् भनेर संघर्षरत छु ...र त जीवन भोगिरहेछु |

२०७० असोज ११, धरान

फेस्बुके गफगाफ

आज म जे छु , जस्तो छु ; यो हुनुमा सबै मेरा साथीभाई , आफन्त र चिनारुहरुको अतुलनीय मुल्यवान भूमिका र सहयोग रहेको छ|

तसर्थ मैले उनीहरु सबैलाई

जसले मलाई मेरो सुख दुखमा साथ दिए आभार प्रकट गर्दै हृदयदेखि नै धन्यवाद दिन्छु , र

जसले मलाई धोका दिए , मेरो काँधमाथी टेकेर माथि गए ; मलाई तुच्छ सम्झे उनीहरुलाई पनि हृदयदेखि नै माफ दिन्छु , र

म मेरो मनको शान्तिलाई सदा सर्वदा कायम राख्न चाहन्छु !

फेस्बुके गफगाफ

निरीह सत्य 

 मलाई एउटा दिब्य ज्ञान प्राप्त भएको छ अहिले . पृथ्वी गोलो रहेछ |

म सुत्न लागेको छु , तर संसारको अर्को कुनाको मेरो साथी भर्खर उठ्न लागेको छ | मेरो निम्ति अहिले रात परिसकेको छ भने उसको लागि बिहान भएको छ |

वर्तमान त हामी दुवैको लागि सत्य हो . यथार्थ हो | र , साझ बिहान पनि यथार्थ हो | उसले अहिले बिहान हो भनेमा म कदापी मान्न सक्दिनँ ,त्यस्तै मैले साँझ हो भनेमा ऊ मान्न सक्दैन |

सत्य पनि जीवनको वास्तविक धरातलले निर्धारण गर्दो रहेछ , मेरो प्यारो साथी !

युध्दमा म मारिने सैनिक भए भने युध्द सम्पूर्ण मानव जातिको कलङ्क हो
युध्दमा म मार्ने सैनिक भए सम्पूर्ण मानव जातिको नयाँ युगको सुरुवाट हो

तसर्थ
म , तिमी , हामी कति निरीह रहेछौँ यो तुच्छ संसारमा .. . आफुले भोगेको , देखेको र बेहोरेको यथार्थ पनि सत्य हो भनेर सावित गर्न सक्दैनौँ |

( लौ मैले भन्ने कुरा भनि सकेँ , तपाईको भन्ने केहि छ ? हा हा हा ... एकछिन रमाइलो गरौँ हा ...हा ..हा.. .मरिलानु के छ र ..!.)

फेस्बुके लघु लेख

राजनैतिक विकासमा कार्यकर्ता

राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरुको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरुको अवस्था यसका नेता र कार्यकर्ताहरुको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |

राजनैतिक दलहरुका नेताहरुका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरुमाथि निर्भर हुन्छ | कार्यकर्ताहरु चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरुमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |

विकासोन्मुख देशका कार्यकर्ताहरु राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरुले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरुलाई चटकी कुरामा लोभ्याएर नेताहरुले फाइदा उठाउछन् |

राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरुको दायित्व हुँदै होइन |

राजनैतिक कार्यकर्ताहरुको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरु भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रही रहन्छ | सहि सैध्दान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन |राजनैतिक कार्यकर्ताहरुको बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरु हुन् |

बिरोधीहरुको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरुकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरु एउटै जहाजका यात्रीझै होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरुमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरुको हो |

लहै लहैमा स्यालको हुइयामा हिडाउने र हिडने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | | दलको सदस्यहरु पनि वैयक्तिक रुपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरुले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |

यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरु आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरु देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरु आफै मालिक हुन्, दलहरुका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरुले आफ्नो महत्व आफै बुझेर देश र जनताकाे पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरुले असल राजनैतिक विकासमा अमुल्य योगदान गर्नेछन् |

२०७० पौष २२ , धरान

सरण राई

सरण  राई

सरण राईका प्रकाशित कृतिहरु

सरण  राईका प्रकाशित कृतिहरु
१.केहि कथा केहि कविताहरु (सहलेखन)
२. साथी (निबन्ध सङ्ग्रह )
३.मानव संसार (उपन्यास)
४.अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह )
५.ओइलिने फुल (कविता सङ्ग्रह )
६. इन्टरनेटमा  मात्र  प्रकाशित उपन्यास  'उडान युवा मनको'
 http://saran-rai.blogspot.com/

फेस्बुके कविता

चाहिदैन सिध्दान्त, आस्था र बिचार

झोले, खोले, भोले कार्यकर्ता
अब मलाई चाहिदैन
चाहिदैन सिध्दान्त, आस्था र बिचार

म स्थापित नेता
चाहिदैन मलाई
सुन्दर, शान्त, समृध्द  र सफल मुलुक
भ्रष्ट, नष्ट, गतिहीन  र बिग्रेको मुलुक
चाहिन्छ मलाई
जति बिग्र्यो  त्यति धेरै कुम्ल्याउन  सकिने मुलुक
चाहिन्छ मलाई
बिग्रेको मुलुक र चुनाव
चाहिदो किन्न सक्छु म
कार्यकर्ता खाते, पाटे, डण्ठे, कुण्डले र मण्डले
र, अब चाहिदैन  मलाई 
सिध्दान्त, आस्था र बिचारको नशामा झुम्ने
झोले, खोले, भोले कार्यकर्ता अब मलाई !

January 6, 2012 at 11:01am

फेस्बुके कविता

भरिया

फेरी पनि  तिमीले बोलायौ
झोला देखाएर भन्यौ
कमरेड यो गणतन्त्रको झोला हो
गन्तव्यमा पुर्याउनु छ
झोला बोक्न तयार भए  म
पहिला जस्तै झोला माथि तिमी बस्यौ
पहिला जस्तै भरिया म
झोलासंगै  तिमीलाई बोक्न तम्सिएको म
तर मोटाएर धेरै गह्रौ  तिमी ठसठसी गन्हायौ
पसिनाको गन्ध होइन
मजस्ताहरुको रगत , पसिना , आसुँ चुसेर
मोटाएको तिम्रो कुरूपताको घिनलाग्दो गन्ध गन्हायौ
अब म त्यो दुर्घन्ध सहन सक्तिन
अब म तिमीलाई बोक्न चाहन्न
तिमीलाई रछ्यानमा फालेर
गणतन्त्रको झोला मात्र बोकेर हिड्दै  छु
लोकतान्त्रिक जीवनको उकालीमा चढ्दै  छु |

२०६८|९ |१३ , ध रा न  December 27, 2011 at 7:59am

फेस्बुके कविता

हामी आफै मालिक

आज देश
बादरको हातमा नरीवल
न आफू बनाउछ
न अरुलाई बनाउन दिन्छ

मदारीका यी बादरहरू
वर्तमान राजनैतिक भुइचालोमा
भत्किएर ढलेको संबिधान सभाले किचिएका छन्
अन्तिम स्वास फेरिरहेका छन्
मृत्यु शैय्यामा पनि बादर नाच देखाउने तयारीमा छन्

अब हामी
बादर तमासा/ नाटक हेर्दैनौँ
चटक चमत्कार क्रमभङ्गमा भुलिदैनौँ
बहुरूपीको भुलभुलैयामा दास कार्यकर्ता बन्दैनौँ
मालिक आफै हामी
हामी मालिक आफै
आफ्नो देश आफै हामी अब बनाउछौँ !

२०६९।२।२८, धरान  June 11, 2012 at 6:06am

लघु निबन्ध

भुटिएको बुध्दी

सरण राई

मकै भुटेको देखिन्छ , त्यो स्वाभाविक हो तर यो आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिले कार्यकर्ताको बुध्दी त भुटिसकेको थियो | अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने प्रयासमा लागिरहेको छ !
भुटेको मकै,चना, दाल , भटमास , धान , गहुँ केही पनि बिउ हुदैन | केवल खान मात्र काम लाग्छ | तर हाम्रो देशको कार्यकर्ताहरुको भुटिएको बुध्दी न खान काम लाग्छ न नयाँ बुध्दी उमार्न बिउकै काममा लगाउन सकिन्छ |भुटिएको बुध्दी न देश निर्माणमा नै काम लाग्छ |
राजनैतिक कार्यकर्ताहरुको भुटिएको बुध्दी त अब नसुध्रिने भैहाल्यो | सुध्रिने आश पनि रहेन | दुखको कुरा पुच्छर काटिएको स्यालले काम नलाग्ने सबैको पुच्छर काट्नु पर्छ भने झैँ राजनैतिक कार्यकर्ताहरु सबै अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने काममा जिउ छाडेर लागि परेका छन् |
सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि उनीहरुकै जस्तो गरि भुटियो भने वा राजनैतिक कार्यकर्ताहरुले सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि भुट्न सफल भए भने बुध्दिको बिउ कहाँ खोज्ने ?
तसर्थ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिबाट सर्वसाधारण मतदाता , नागरिक ,जनतालाई जोगाउदै कसरि उनीहरुको बुध्दी भुटिन नदिने हो ? प्रमुख चुनौती भएको छ |
र ,आजको प्रमुख नारा भएको छ __आफ्नो र अरुको बुध्दी भुटिन नदिऊँ  ! देश , समाज , राजनीति , व्यवस्था र जनताको बुध्दी जोगाऊँ !! अरु बढ़ि आफ्नो आफ्नो बुध्दी , आफ्नो आफ्नो खुसि ... ... !
 
July 17, 2013 at 6:52pm

  • Gopal Dewan समसामयिक विषयमा प्रयोगात्मक लघु निबन्ध राम्रो अनि सटिक लाग्यो सर ! यो आजको सन्दर्भमा राजनीतिक वस्तुगत यथार्थ हो !!

  • Lila Rijal wah !! satik lekh

फेस्बुके लघु लेख

हाम्रो अवस्था

सरण राई

हामीले अहिले भोगिरहेको अवस्था र व्यवस्थाको विश्लेषण हुनुपर्ने हो र भईरहेको पनि छ तर अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जस्तै भैरहेको छ |

राज्यको ढुकुटीबाट मोज र भोज गर्न र गराउन सफल नव नेताहरुले मुलुकको अवस्था र व्यवस्था अत्यन्त उज्ज्वल रहेको विश्लेषण गरेर चुनावमा फेरी जितेर मोज र भोजको निरन्तरता दिईरहने सपना देखिरहेका छन् |

जनआन्दोलनको शक्तिद्वारा घोक्रेठ्याक लगाईएका प्रतिगामी , पुनरुत्थानवादी र प्रतिक्रियावादी शक्तिहरु पनि अन्यौलको वातावारण भईरहेमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दाउ हेरिरहेका छन् |

जनताले आशा गरेका एवं जनआन्दोलनको नेतृत्व गरेका राजनैतिक शक्तिहरु संविधान बनाउन र मुलुक चलाउन असफल भएको मात्र नभएर घृणित स्वार्थको दलदलमा कहिल्यै उत्रण नसक्ने गरि फसेको देखेर जनमत उनीहरुका बिरुध्द बनेको अवस्था देखिन्छ |

सर्वशक्तिशाली अवस्थामा रहेका तिनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु बाहेक अरु गतिलो काम केहि गरेनन् |संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको हुनाले मुलुक अब त्यो भन्दा पछाडी फर्कन सक्दैन |

संविधान बनाउन र मुलुक चलाउन असफल राजनैतिक शक्तिहरु ज्याला लिएर काम पुरा नगर्ने श्रमिक सरह भएका छन् | तापनि फेरी त्यहि कामका लागि चुनाव हुने कुरा लिएर आएका छन् | मतदाताहरुसमक्ष फेरी तिनीहरु भोट माग्न आउने भएका छन् | उनीहरु आफ्नो गल्तीप्रति कहिल्यै जनतासामु माफी माग्नेवाला छैनन् |जनता भनेको उनीहरुको नजरमा दास हुन् , उनीहरुको हैकम हालीमुहालीमुनि पिसिनु पर्दछ - उनीहरुको धारणा छ |

"एकपल्ट कसैले धोका दिन्छभने धिक्कार छ धोका दिनेलाई , तर दोस्रो पल्ट वा बारम्बार पनि उसले धोका दिन्छ भने धिक्कार छ धोका पाउनेलाई |" मतदाताको स्थिति यस्तो रहेको छ |

अब मुलुक बचाउने जिम्मा मुलुकवासीको काँधमा आएको छ | सार्वभौमसत्ता सम्पन्न जनताले सत्य र मुलुकको पक्षमा उभिनु पर्ने भएको छ | पाखण्डी , बहुरुपी र भ्रष्ट नेता र बिचारको पछी नलाग्नु पनि असल शक्तिलाई साथ दिनु हो |

विद्यमान दल र नेताहरु आतङ्क , डर, त्रास फैलाएर , पैसा र सत्ताको दुरुपयोग गरेर गुण्डाराजको चुनाव चाहिरहेका छन् | यस्तै अवस्था र व्यवस्था रहिरहेमा स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव नारामा मात्र सिमित हुने निश्चित छ |यसो भएमा पाखण्डी , बहुरुपी र भ्रष्ट नेताहरुले चुनाव जित्ने छन् , चुनाव अर्थहीन हुने छ | मुलुक फेरी यथास्थितिको सिकार हुने छ |

स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव भएमा जनता र राष्ट्र बलियो हुने छ | मुलुकलाई अग्रगमनतिर लैजाने अभिभारा मतदाताको हो | मतदाताले निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गरेमा अहिलेको अन्योलपूर्ण अवस्था र व्यवस्थाको अन्त्य भै नयाँ नेपालको मुहार देख्न पाइने थियो कि !

लोकतन्त्रको आधार चुनाव भएकोले ढिलो छिटो चुनाव हुन्छ नै | र, त्यो आगामी चुनावमा निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गर्नु मतदाताको दायित्व भएको छ | आफ्नो दायित्व पुरा गरौँ , देश स्वत: बन्नेछ !

२०७० भदो १, ध रा न     August 19, 2013 at 6:29pm

फेस्बुके आलाप

आफूमाथिको विश्वास

September 27, 2013 at 11:41am

सरण राई

मन पानी भएर सजिलोतर्फ़ बग्न खोज्छ , बतासजस्तै हलुङ्गो भएर उड्न चाहन्छ तर म चाहन्छु यो मन हिमाल जस्तो स्थिर भएर उभियोस् ! मृत्युको अन्तिम क्षणसम्म मेरो आफूमाथिको विश्वास कायम रहोस् |

भौतिकवाद र आदर्शवादको चर्को द्वन्दमा फसेका आजका मानिसहरु आफ्नो अनुकूल अवस्था हेरी कहिले भौतिकवादी कहिले आदर्शवादी हुने गर्छन्|

ममाथि पनि दुवैको प्रभाव उत्तिकै छ | द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएको छु | प्रमाण र अवलोकनको आधारमा सत्य तथ्य स्वीकार्न चाहन्छु , बैज्ञानिक दृष्टिकोण राख्न चाहन्छु तर जब शारीरिक अस्वस्थता , मानसिक अशान्ति र प्रतिकुल परिस्थिति हुन्छ , मन अत्तालिन्छ | सहाराको खोजि गर्छ |
असहाय भएको बेला , मनोबल गिरेको बेला र एक्लो भएको बेला आफूमाथिको विश्वास धर्मराउन थालेको बेला अध्यात्मवादिहरुझैँ सब चिज भगवानमाथि सुम्पि दिऊ जस्तो लाग्नु अस्वाभाविक होइन |

सब चिज भगवानमाथि सुम्पिनु भनेको त आफ्नो अस्तित्व समाप्त पारेर अकर्मण्य बन्नु हो |आफूमाथिको विश्वास समाप्त हुनु हो |

र , म चाहन्छु जीवनको अन्तिम क्षणसम्म आफूमाथिको विश्वास कायम रहोस् |
आफूमाथिको विश्वास कायम रहोस् भनेर संघर्षरत छु ...र त जीवन भोगिरहेछु |

२०७० असोज ११, धरान

फेस्बुके लघु लेख

भोटको कुरा

September 16, 2013 at 7:29am
सरण  राई

"तपाई फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती , सबैभन्दा दुःखदायी कुरा बेईमान हुनुहुन्छ !"
"कसरी ? म आफ्नो सुशेधन्दा गरेर खाने सर्वसाधारण मान्छे !"
"गएको चुनावमा फटाहा, चोर, लुटेरा, भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती नेता वा उम्मेदवारलाई तपाईले भोट दिनु भयो कि भएन ?"
" अरु साथि भाईले जसलाई भोट दिनु भने , त्यसैलाई दिएँ |"
"त्यही त गल्ति भयो | भोट भनेको लोकतन्त्रमा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघातीहरुका विरुध्द लड्ने हाम्रो सशक्त शक्ति र हतियार हो | तपाईले भोट दिएका व्याक्ति फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , दुई जिब्रे , राष्ट्रघाती भएमा स्वतः तपाई पनि ति कुराहरुमा सहभागी हुनुभएन , त्यसको हिस्सेदार हुनुभएन ?"
"त्यो त हो |"
" त्यसैले राम्ररी सोचेर आफ्नो मतको सदुपयोग गरौँ ! मासु, रक्सि र पैसामा नबिकौँ , झुटो आश्वासनमा नभुलियाैँ ! गुण्डाहरु अघि नझुकौँ ! फटाहा भ्रष्टाचारी, पाखण्डी, राष्ट्रिय ढिकुटिको दुरुपयोगकर्ता , विकासविरोधी, विदेसी दलाल, देस बेचुवा , दुई जिब्रे , राष्ट्रघाती का विरुध्द प्रयोग गरौ !"
"कुरा त ठिकै गर्नुभयो , तर ..हामी लाचार सर्वासाधारणहरू ..जसले पनि फकाउने धम्क्याउने ..,हामी त दास नोकर जस्तै भएका छौ !"
" तपाई मतदाताहरु दास नोकर होइन , मालिक बन्नकालागि आफ्नो अमुल्य भोटको सदुपयोग गर्नुहोस है !"
"तर .." सर्वसाधारण मतदाता भन्छ |
कति अफ्ठ्यारो स्थितिमा हामी रहेछौ , वातावरण धमिलो छ |फटाहा भ्रष्टाचारी, पाखण्डी, विदेसी दलाल, दुई जिब्रेहरुको पकडमा राजनीति छ |राजनीति फोहोर भएको छ | कसरी राजनीतिलाई सङ्लो , असल , पवित्र ,कन्चन र सुन्दर बनाउन सकिएला ?

२०७० भदौ ३० , धरान

***
राजनीति सोचेजस्तो , देखेजस्तो ,सम्झे बुझेजस्तो हुँदैन | यसपालिको चुनावले कस्तो परिणाम ल्याउला ? एकथरी स्थायी बिद्रोही हुन बाध्य भएका छन् |

सेना नै परिचालन भए पछी चुनाव त होला जस्तो छ | तर चुनाव निस्पक्ष , धाधलिरहित र शान्तिपूर्ण भने होला जस्तो छैन | सर्वस्वीकार्य हुने त कुरै भएन |फोहोरी राजनीतिकै आयु लम्ब्याउने खालको चुनाव भयो भने मुलुकले चाहीँ निकास पाउन गारो छ |फोहोरी राजनीतिकै खेलाडीहरु चुनावको माध्यमबाट सत्तामा पुगेभने फेरी अगाडिजस्तै मन परि गर्नेछन् र संविधान पनि बनाउदैनन् | यसले स्थायी बिद्रोहीहरुलाई बलियो बनाउने देखिन्छ |

मुलुकलाई शान्तिपूर्ण अवतरनमा लैजाने जिम्मा मतदाताहरुको काँधमा आएको छ | तर लोभ, लालच र डर धम्कीमा फसेका मतदाताहरु नै कति सचेत हुन सक्लान् र ! फेरी पनि हामी फोहोरी राजनीतिकै चङ्गुलमा पर्छौँ कि क्या हो ?

मतदाताहरु ! निर्भय भई लोभ लालचमा नफसी आफ्नो मनले खाएको उम्मेदवार छान्नुहोस् है | मुलुकको भविष्य फेरी एकपटक तपाईको हातमा आएको छ | यो एेतिहासिक दायित्व पुरा गरेर भावी पिढ़ीँको भविष्य सुनौलो पारौँ  !

२०७० असोज २७

फेस्बुके लघु लेख

आफूमाथिको विश्वास

September 27, 2013 at 11:41am

सरण राई

मन पानी भएर सजिलोतर्फ़ बग्न खोज्छ , बतासजस्तै हलुङ्गो भएर उड्न चाहन्छ तर म चाहन्छु यो मन हिमाल जस्तो स्थिर भएर उभियोस् ! मृत्युको अन्तिम क्षणसम्म मेरो आफूमाथिको विश्वास कायम रहोस् |

भौतिकवाद र आदर्शवादको चर्को द्वन्दमा फसेका आजका मानिसहरु आफ्नो अनुकूल अवस्था हेरी कहिले भौतिकवादी कहिले आदर्शवादी हुने गर्छन्|

ममाथि पनि दुवैको प्रभाव उत्तिकै छ | द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएको छु | प्रमाण र अवलोकनको आधारमा सत्य तथ्य स्वीकार्न चाहन्छु , बैज्ञानिक दृष्टिकोण राख्न चाहन्छु तर जब शारीरिक अस्वस्थता , मानसिक अशान्ति र प्रतिकुल परिस्थिति हुन्छ , मन अत्तालिन्छ | सहाराको खोजि गर्छ |
असहाय भएको बेला , मनोबल गिरेको बेला र एक्लो भएको बेला आफूमाथिको विश्वास धर्मराउन थालेको बेला अध्यात्मवादिहरुझैँ सब चिज भगवानमाथि सुम्पि दिऊ जस्तो लाग्नु अस्वाभाविक होइन |

सब चिज भगवानमाथि सुम्पिनु भनेको त आफ्नो अस्तित्व समाप्त पारेर अकर्मण्य बन्नु हो |आफूमाथिको विश्वास समाप्त हुनु हो |

र , म चाहन्छु जीवनको अन्तिम क्षणसम्म आफूमाथिको विश्वास कायम रहोस् |
आफूमाथिको विश्वास कायम रहोस् भनेर संघर्षरत छु ...र त जीवन भोगिरहेछु |

२०७० असोज ११, धरान

फेसबुके साहित्य

'

June 23, 2013 at 6:36am