Followers

Sunday, May 10, 2020

(लघुलेख) प्रशिक्षण

(लघुलेख)
प्रशिक्षण


सरण राई


पत्नी र आमा ? कुन ठूलाे ?
देश र नेता ? कुन ठूलाे ?
पति र पिता ? कुन ठूलाे ?
आध्दात्मवाद कि भाैतिकवाद ? आदि
अनावश्यक प्रश्नमा केन्द्रीत प्रशिक्षण । गलत प्रशिक्षण , गलत राजनैतिक विकास । सबैभन्दा ठूलाे भूँडिवाद हाे रे !
दलहरू बिकेका । दलभित्र कार्यकर्ता बिकेका । नबिकेकाहरू माेलताेल गरेर बसिरहेका । दलीय व्यवस्था दलीय सर्वाेच्चता । दासप्रथाकाे पुनारावृति दलभित्र र बाहिर । विदेशीले किनेका नेताहरू । विदेशीले बनाएका मन्त्रीहरू । के बाेल्थे लिपुलेेक कालापानी र लिम्पियाधुराबारे । देश जाेगाउने चिन्ता हैन कुर्सी जाेगाउने चिन्ता बढि । राजनैतिक कार्यकर्ता भन्नेहरू नेताका नाेकरहरू । भ्रष्ट नेताले मुतेकाे पनि नाघ्न नसक्ने !
खै राष्ट्रिय व्यक्तित्त्व ? राष्ट्रिय नेता जसकाे आव्हानमा लाखाैं मान्छेहरू आफ्नाे ज्यानकाे आहुति दिन तयार हुन्छन् । देशका लागि ज्यान हत्केलामा राखेर लड्न तयार हुन्छन् । विश्वासकाे संकट ! कालाे बादल देशकाे अस्तित्त्वमा ! बिकेका कपुतहरूले दिएकाे प्रशिक्षणले देश वर्वाद पार्न अगावै नाैलाे नयाँ प्रशिक्षणकाे थालनी गराैँ ।
नयाँ प्रशिक्षणले नयाँ नेपाल निर्माण गर्ने छ ।

🔴
२०७७वैशाख २८, लकडाउन
🔥🔴🔥



🔥🔴🔥 प्रा.ड़ा. गोबिन्दप्रसाद तुम्वाहाङ (पूर्व १ नं.प्रदेश प्रमुख), सरण राई  र डा. कमल तिगेला

Sunday, April 12, 2020

(माेबाइल लघुलेख) काेराेना युग

(माेबाइल लघुलेख)
काेराेना युग

सरण राई

लकडाउन ! अस्पताल र स्वास्थ स्थिति सबै जानकार छन् । सरकारले सकारात्मक काेराेना नियन्त्रण गर्ला , महामारीकाे रूप लिए जनता जनार्दनलाई बचाउला... आशै रहेन । याे त अविकसित गरिब देशकाे कुरा । सबै लकडाउनकाे अनुशासनमा घरमै बसेर आफै बाँच्ने र परिवार बचाउने आशमा !
महामारी फैलियाे भने मन्त्री ,नाता गाेता र उच्च ओहाेदाका कर्मचारीले अस्पताल कब्जा गरि हाल्छन् । सबैले भाेगेकै कुरा ।
धनी जनतालाई काेराेनाले छुन सक्तैन भन्ने धनी देशकाे घमण्ड । संसार ध्वस्त गर्ने बम बारुद हातहतियार रछ तर पिपीइ, मास्क, पन्जा रहेनछ । लकडाउन गर्न ढिलाई गरेर परिणाम भाेग्दै छन् ।
संसार हाहाकार गरिरहेछ । सन्किले नेतृत्व गरेकाे सरकार कत‌ै कहि सर्वसाधारण आम मान्छेलाई काम नदिने रहेछ ।लाखभन्दा बढि मानिस मरिसके । अझै काेराेना कहर राेकिएकाे छैन ।
धर्म राजनीति तानाशाही सन्कि लाेभिपापि काेहि पनि संकटमा काम नलाग्ने सन्देश काेराेनाले दिईरहेछ ।
सब मान्छे मिले मात्र बाँच्न सकिन्छ ... विकल्पहीन विश्वभाइचारा !
काेराेनाले नयाँ युगकाे आगमन निम्त्याएको छ ।
मानिसले आफूलाई बचाउनु छ भने शंकुचित धर्मान्धता, फाेहाेरी राजनीति, सन्कि नेता र नाफामा आधारित अर्थ व्यवस्थालाई सदाका लागि तिलाञ्जली दिनु पर्ने छ ।
सायद अब भने सर्वसाधारण आममान्छेकाे चेत खुल्छ कि !
पवित्र र असल राजनीतिकाे आरम्भ काेराेना युगकाे विशेषता बनाेस् !

🔴
२०७६ चैत २९, धरान


🔥☯️🔥


Wednesday, March 18, 2020

(लघुआत्मालाप) सेल्फ आइसाेलेसन

(लघुआत्मालाप)
सेल्फ आइसाेलेसन

सरण राई

विश्वका ठूला सहरहरू काेराेनाका कारण सुनसान ! इटालीमा त बिना जरुरी काम सहरमा घुमिरहेकाे भेटे जरिवना हुन्छ रे । काेराेना भएकाे मानिस घुमिरहेकाे भेटे जेल रे ।त्यहाकाे भुक्तभाेगीले कसरी एक महिनामै सम्पूर्ण इटाली क्वारेन्टाइनभित्र कैद हुन पुग्याे कहालिलाग्दाे बयान गरेका छन् ।
यहाँ पनि सेल्फआइसाेलेसनमा बस्नु बजारमा हिडढुल नगर्नु भन्ने उर्दि भइसक्याे , शैक्षिक संस्थाहरू, कार्यालयहरू बन्द गरेर काेराेना राेक्ने उपाय अपनाउन लागिएकाे छ । स्वास्थ मन्त्रीले त बाेलि सके 'आफ्नाे ज्यान आफै जाेगाउ' रे , सरकार काेराेना राेगीहरूकाे लागि खर्च गर्न सक्तैन रे! काेराेनाकाे महामारी देखा परेमा सरकारी अस्पताल नेता र धुपाैरेहरूले कब्जा गर्ने छन् । सरकारी सहायता तिनीहरूले कुम्लाउने निश्चित छ । बिचरा जनता सेल्फ आइसाेलेसन बसेर क्रुर काल पर्खन विवश पारिने छन् ।
२०७२काे महाभूकम्पमा पनि विश्वबाट सहयाेग आयाे । त्याे महाविपदमा कुनै नेता , पार्टिका कार्यकर्ता स्वयंसेवी भएर सेवामा उत्रेकाे देख्न पाइएन । तर विदेशीले दिएकाे त्रिपाल लुचाचुडि गर्नेमा भने सांसदहरू उछिनपाछिन गर्दै देखा परे । त्यस समयमा सेना र प्रहरीले गरेकाे कार्यले सेना र प्रहरीले प्रशंसा पाए साथै सेना र प्रहरी संकटमा कति महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रश्तुत गरे ।
काेराेनाकाे केसमा पनि नेता , पार्टिका कार्यकर्ता र सरकारबाट के आशा गर्न सकिएला ? लिम्पियाधुरा, कालापानी, लिपुलेक राेइरहेकै छ, MCC पास गराउने चिन्ताले राष्ट्रघातीहरूलाई सताइरहेकाे बेला काेराेनाकाे के चिन्ता तिनीहरूलाई ? काेराेना महामारीकाे रूपमा आइहाले स्वास्थ क्षेत्र , सरकारी र निजी अस्पताल कसरी कब्जा गर्ने ? तल्लीन छन् देशद्राेहीहरू !
🔥
२०७६ चैत ५

Comments
Sita Thapa सत्य हो सर, रोग लागिहाले सामान्य मानिसको कुनै खैराँत छैन, आफूले सक्दो जोगिन कोसिस गरौं ।

Friday, January 31, 2020

(लघुलेख) देश निकाला

(लघुलेख)
देश निकाला

सरण राई

अाफ्नै देशमा जन्मेर पनि देशभित्र बस्न नपाएर गरिबगुर्वा, मजदुर , किसान देश निकालामा परिरहेका छन् ।
कानुनले उनीहरूलाई देशनिकाला गरेकाे हाेइन । राजनैतिक व्यवस्थाले देशमा गरिखाने वातावरण परिवेश बिगारेर बाँच्नै नसक्ने गरि अनेकाैं व्यवधानभित्र उकुसमुकुस पारेपछि सास जाेगाउन बाध्यताले विदेश पलायन हुनु अाम जनताकाे नियती बनाइएकाे छ । याे बनाउने अरू काेही हाेइन हामीले नै जिताएकाे दलाल भडुवा राष्ट्रघाती नेता भनाउदाहरूले हाे ।
विदेशीकाे दलाल तिनीहरू ! तिनीहरूलाई यस्ताे परिवेशले मनपरि शासन गर्ने माैका दिई रहेकाे छ । मनपरि गरेर , राष्ट्रघात गरेर, भ्रष्टाचार गरेर अर्थतन्त्र तहसनहस गरेर विदेशीका लागि सस्ताे मजदुर बनाउने तिनीहरू गरिबगुर्वाकै नाममा राजनिति गर्ने भ्रम छर्न सफल भइरहेसम्म सर्वसाधारण अाममान्छे देश निकालाकाे सिकार भइरहने छन् ।
ती दलालहरू ! कति निर्लज्ज रहेछन् । कालापानी, लिपुलेक , लिम्पियाधुराबारे माैन छन् । mcc सन्धी संसदमा अनुमाेदन गराउन अनेक प्रपञ्च रचिरहेका छन् । युध्द नै नलडि, युध्दमा नजितीकनै नेपाल उपनिवेश बनाउने र नेपालीलाई गुलाम बनाउने विदेशीकाे मतियार तिनीहरू नाङ्गेझार भएका छन् । तिनीहरूलाई देशभक्तहरूले देशनिकाला नगरून्जेल गरिबगुर्वाहरूले देशनिकालाबाट उन्मुक्ति पाउन सम्भव छैन ।

***
२०७६ माघ १७, धरान



Saturday, January 25, 2020

(लघुआत्मालाप) प्राप्ति

(लघुआत्मालाप)
प्राप्ति

सरण राई

उमेरले साेचलाई प्रभावित पार्छ नै । म अपवाद हुन सक्तिनँ ।
अब ७३ लाग्न वर्षकाे अन्तिम महिना चैत २४ पर्खदै छु । याे ७२वर्षे जाेवनमा मैले प्राय जसाे मानिसले भाेग्ने सुख दुःख भाेगिसकेकाे रहेछु । सबैभन्दा ठूलाे पीडा पत्नीकाे देहावशानले दिएकाे छ । जीवन सप्तरङ्गी मात्र नभएर नाैरङ्गी हुँदाे रहेछ । थाहा भयाे । त्यहि पीडामा डुबिरहेकाे बेला 'नाैरङ्गी' (एक सय एक लघुकथा ) जन्मियाे । त्यहि पीडामा डुबिरहेकाे बेला आजसम्म मैले लेखेकाे मध्ये सबैभन्दा उत्कृष्ट कथा 'फुली' लेखेकाे छु । त्याे कथा लेख्न (कलमले) एक महिना लाग्याे । लेख्दै गर्दा आँसुले लेख्नै दिदैनथ्याे । लेख्न छाड्छु भनेर छाडेकाे पनि थिएँ । एक जना शुभेच्छुककाे प्रेरणाले पूरा लेखेँ । म आफ्ना रचनाहरू आफै टाइप गर्छु । फेरि टाइप गर्न पनि (आँसुका कारण ) एक महिना नै लाग्याे । टाइप गरिसकेपछि एउटा युध्द जितेकाे अनुभव भयाे ।
अब प्रकाशन गर्ने कसरी ? गुटबन्दीले गर्दा पत्रिकाहरूमा मेराे पहुच छैन । '१२खरी उत्कृष्ट कथा' पढिरहेकाे बेला फेरि दाेस्राे कथा प्रतियाेगिताकाे घाेषणा भएकाे छ । त्यसैमा पठाएर २५ भित्र पर्याे भने प्रकाशनकाे समस्या समाधान हुन्छ भन्ने साेचेँ र राजेन्द्र पराजुलिलाई इमेल माग्दा अनलाइनकाे सुचना हेर्न भने । सूचना हेरेँ १५०० देखि ४००० सम्मकाे शब्दमा कथा हुनुपर्ने रहेछ । शब्द गनेकाे थिएन, वर्ड काउन्ट टुल्समा कथाकाे शब्द गन्दा ६३४५ , वाक्य ५६७ र प्याराग्राफ २६ रहेछ । अब प्रतियाेगितामा सामेल गराउने साेच हरायाे ।
आजसम्म साहित्यमा लागेर एउटा पुरस्कार पाएर देउती भने जगाएकै रहेछु । चित्त बुझाउछु पुरस्कारकाे लागि लेख्ने हाे र ? याे उमेरमा प्रतियाेगितामा सामेल हुने ?
सम्पत्तिका खातिर आफ्नाे अन्तरमनकाे पुकार मारेर भ्रष्टाचारमा डुबेकाहरूले अकुत सम्पत्ति थुपारेका छन् , लान्छन् त तिनीहरूले त्याे सम्पत्ति मर्दा ? पाउने त उनीहरूले मृत्युपश्च्यात पनि बाँचेकाहरूकाे घृणा र घृणाले थुक्ने थुक !
प्राप्तिकै खातिर म आजसम्म बाँचेकाे थिइनँ । अब पनि अन्तरमनकाे पुकारअनुसार नै बाँच्नु पर्छ । अन्तरमन मेराे अझै जिउँदाे छ । म प्रसन्नतासाथ अन्तिम समयमा आँखा चिम्लन सक्छु । गौरवसाथ नश्वर शरीर विसर्जन गर्न पाउनु सार्थक जीवन हाे !
सबैभन्दा ठूलाे प्राप्ति हाे !
🔴
२०७६माघ १२, धरान
🌹☯️🌹

Saturday, January 18, 2020

(लघुनिबन्ध) फाेकटिया

(लघुनिबन्ध)
फाेकटिया

सरण राई

फाेकटिया मानिस, फाेकटिया जीवन !
फाेकटिया साहित्य फाेकटिया जीवनका लागि फाेकटिया समय व्यतित गर्ने फाेकटिया काममा याे फाेकटिया (लघुनिबन्ध) प्रस्तुत गरिन्छ ।
फाेकटिया उत्पादन हरेक चुनावहरूमा हुने गर्छ । ५०भन्दा बढि उम्मेदवारहरू हुन्छन् । फाेकटिया नारा जुलुसका लागि फाेकटिया कार्यकर्ता चाहिन्छ , फाेकटिया मानिसहरूबाट सजिलै अापुर्ति हुन्छ । चुनाव धुमधाम सम्पन्न हुन्छ । एकजनाले जित्छ अरू हार्ने ५०भन्दा बढि उम्मेदवार फाेकटिया सावित हुन्छन् बन्छन् । चुनाव पछि सबै कार्यकर्ता मतदाता फाेकटिया बन्छन् हुन्छन् । फाेकटिया व्यवस्थाले प्रचुर मात्रामा फाेकटिया कुरा उत्पादन गर्ने अाफ्ना फाेकटिया उद्देश्य फाेकटमै पूरा गर्छ ।
फाेकटिया जीवन बाँचिसके पछि अन्तमा थाहा हुन्छ-- याे संसारमा सब फाेकटियाबाट फाेकटिया काम , फाेकटिया साहित्य ,फाेकटिया राजनीति, फाेकटिया उन्नति प्रगति फाेकटियाकै लागि फाेकटिया सांसारिक फाेकटिया निरन्तरता हुँदाेरहेछ ।
एउटाकाे लागि सार्थक अर्काका लागि निरर्थक ! एउटाकाे अाँखामा मूल्यवान अर्काका अाँखामा फाेकटिया !
फाेकटमा फाेकटिया जीवनले दिने शिक्षा यहि नै रहेछ-- बाँचुन्जेलकाे मात्र जीवन हाे ! तिम्राे जीवन पनि अरूका लागि फाेकटिया नै हुने भएकाले अाफ्ना लागि फाेकटमै खुसी प्रसन्न हुन सिक र सक ! फाेकटिया चिन्ता लिँदै नलेऊ !
🔴
२०७६ माघ ५, धरान
🌹☯️🌹

Friday, January 17, 2020

(लघुअभिव्यक्ति ) पुरातन साेच

(लघुअभिव्यक्ति )
पुरातन साेच

सरण राई

आधुनिक भन्न रुचाउने आजका मान्छेहरू पाैराणिक कथाका पात्रहरूबाट प्रभावित भइ पुरातन साेचकाे गिदीले बैज्ञानिक विचार र आविष्कारसँग एकाकार हुन खाेज्दा 'आधा तित्रा आधा बटाइ' भइरहेछन् । अन्धविश्वासले जर्जर पारेकाे मानसिकताले आफै साेचकाे पतनको दलदलभित्र फसेकाे थाहा नपाउँदा आधुनिक मानवियतासँग साक्षात्कार हुन सकिरहेका छैनन् ।

शंकुचित साेच बाेकेका उनीहरूले समाज सरकार र सत्ता कब्जा गरुन्जेल आधुनिक समाज र राज्यकाे आगमन सम्भव हुँदैन । 'न हाँसकाे हिँडाइ न कागकाे हिँडाइ' ले कतै पुग्न सकिदैन ।

तसर्थ युगले छाेडेकाे विचार, अन्धिवश्वास र साेच त्यागेर समयसापेक्ष साेचकासाथ वर्तमान युगकाे गति प्रगतिमा समावेस भइ उन्नतितर्फ अग्रसर हुन सके मात्र सबैकाे भलाे हुन्छ !

🔴
२०७६/ १०/ ४, धरान
🌹☯️🌹

Thursday, January 16, 2020

(लघुआत्मालाप) प्याराे स्वतन्त्रता

(लघुआत्मालाप)
प्याराे स्वतन्त्रता

सरण राई

मान्छे स्वतन्त्र जन्मिन्छ तर ऊ आफैँले पनि अनेकौँ बन्धन निर्माण गर्छ _ विचारको , सङ्किर्णताको , ठुलासानाको , भूगोलको । सबैभन्दा डरलाग्दो बन्धन 'अहम्' र आकाङ्क्षाको | सामाजिक वनोट त परतन्त्रमा पार्ने किसिमको छदैँ छ , कसैलाई स्वतन्त्र र विवेकशील भएर क्रियाशील हुन दिँदैन | हामी पनि त 'आफ्नो विचारलाई आफ्नै झ्यालखाना' बनाउछौँ | स्वतन्त्र र विवेकशील भएर सोच्दैनौँ ,स्वतन्त्र र क्रियाशील हुदैनौँ | यस्तो गल्ति मैले पनि आजीवन गरिरहेँ |
म अरुकै मतमा,मातहतमा, विचारमा र लहैकहैमा हिडेँ हुँला र अरुलाई नै मालिक सम्झे हुँला | तर अब म जीवनको अन्तिम कालखण्डमा स्वतन्त्र जन्मिएझैँ स्वतन्त्र भएर सोच्न लेख्न चाहन्छु | स्वतन्त्र मर्न चाहन्छु |
स्वतन्त्रतामा जुन आनन्द छ त्यो भोग्न चाहन्छु | विवेकशील भएर सोच्न सक्नु अहोभाग्य हो र त्यो अहोभाग्य उपभोग र उपयोग गर्न चाहन्छु |
झिना मसिना कुराहरूमा नै अल्झेर बस्नु बाँच्नु अनि मर्नु आम मान्छे र सर्वसाधारणकाे नियती रहेछ । फटाहाहरूले समाजलाई भडखालाे धराप जालाेभित्र राखेर अाम मान्छेकाे शाेषण गर्दा रहेछन् । त्याे जालाे धराप र भडकालाे नष्ट गरे मात्र स्वतन्त्रता प्राप्त हुने रहेछ । उनीहरूले थापेकाे बल्सीमा नपर्न अाम मान्छे सचेत र सजग हुन जरूरी छ । बल्सीमा उनेकाे चाराेमा लाेभिनु फस्नु हुँदैन ।
केही घटाउन सकिने अावश्यकता घटाउनु पर्छ । विलासितामा लाेभिनु हुँदैन । साधा रहनसहनले लाेभपापबाट बचाउछ । धनिमानीहरूकाे देखासिकी गर्न हुँदैन । थाेरैमा चित्त बुझाउन सके फटाहाहरूकाे धराप बल्सी जालाे र भडखालाेबाट बच्न सकिन्छ साथै अाफ्नाे प्याराे स्वतन्त्रता कायम राख्न सकिन्छ । यी शिक्षा मुर्खतापूर्ण ढङ्गले गुजारेकाे ७२ वर्षे जीवनकाे महत्त्वपूर्ण अार्जन हाे ।
ढिलै भएपनि ...
प्याराे स्वतन्त्रता- जिन्दावाद ! स्वतन्त्र जीवन- जिन्दावाद !!
🔴
https://facebooklit.blogspot.com/2020/01/blog-post_16.html
परिमार्जन - २०७६/१०/३ ,धरान
🌹🌹🌹🌹





 

Monday, January 6, 2020

( लघुसंस्मरण) बराह मन्दिरकाे ढुङ्गा

( लघुसंस्मरण)
बराह मन्दिरकाे ढुङ्गा

सरण राई

जतिसुकै ठूलाे कुरा गरे पनि मान्छेकाे जीवन बाचुन्जेल भरिकाे मात्र हाे । मर्ने बेला कसैलाई थिचाेमिचाे अन्याय गरिएन, सुन्दर सृष्टिहरू नष्ट गरीएन भने सन्ताेषसाथ मर्न सकिन्छ ।
मर्नेबेला पश्चातापकाे अाँसु अाँखामा रहेनभने त्याे महान् जीवन हाे ।
१३ वर्षको उमेरमा पहिलाे पल्ट म काका मर्मबहादुर राईसँग त्रिबेणी बराहक्षेत्र र चतराकाे बाटाे भएर दुर्गम पुर्व ४ नं. माझकिरात भाेजपुर थुम सिक्तेल छिनामखु गाउँ छाेडेर धरान झरेकाे हुँ ।
म भन्दा एक महिना मात्र जेठी फुफु नरदेवी राईले मलाई हिड्ने बेला मायाले दिनुभएकाे एक रूपियाका तीनवटा सिक्काहरू अझै मेराे अाँखामा झलझली अाई रहन्छ । दाैतेरी भएकाेले हामी एउटै स्कुल र कक्षामा पढ्थ्याे । मिल्थ्याे पनि तर झगडा पनि भईरहन्थ्याे ।एक पल्टकाे झगडामा मैले बक्सिङले हिर्काउदा उहाँकाे अाँखाकाे डिल डमडम्ति सुनिएकाे थियाे ।"पख्लास्, म बाबुलाई भन्दिन्छु , अनि चाख्लास् !" फुफुले रूँदै भन्नुभएकाे थियाे । बाजेभने पछि म थुरथुर, एक महिनासम्म बाजेसँग लुकेर हिडेँ । म धरान हिड्ने भए पछि फुफुले टलपल अाँखा बनाएर मेराे हातमा राखिदिनु भएकाे सिक्का मेराे जीवनकाे अमूल्य पहिलाे उपहार थियाे ।
चिउरा पटक्कै मन नपर्ने मलाई रुमालमा पाेकाे पारेर पिखुवाकाे सङ्लाे पानीमा भिजाएर किनारै किनारकाे बाटाेमा हिड्दा काकाले खान दिनु हुन्थ्याे ।खाजा खाने पसलहरू त्यतिबेला थिएनन् । हिड्दा हिड्दा भाेक लागेकाे बेला खाँदै काकालाई पच्छाउदै हिड्दा चिउरा मीठाे लाग्नै नै भयाे । जझ्क फुड त्यति बेला छँदै थिएन ।
काेकाहा खाेला तरेपछि बराहक्षेत्र मन्दिरकाे छेउ भएर बाटाेमा एउटा ठूलाे रुखमुनि खुला ठाउँमै (छेलाे हान्ने अाकारकाे) बराहक्षेत्रकाे ढुङ्गा थियाे । बाटाे हिड्ने यात्रीहरू त्याे ढुङ्गालाई उचाल्ने काेसिस गर्थे । कसैकसैले मात्र सक्थे । भनिन्थ्याे "सातजनाकाे कान्छी अाैलाले भने त्याे ढुङ्गा जुरुक्क उचालिन्छ ।" काका र मैले पनि काेसिस गर्याे । १३ वर्षकाे उमेरमा छाेएकाे, उचाल्न प्रयास गरेकाे ढुंगा ७२ वर्षको उमेरमा साथी जितपाल किरातसँग हिजाे फेरि छाेइयाे, उचाल्ने प्रयास गरियाे ।
खुला चउरमा २०१८ सालमा रहेकाे ढुंगा अहिले फलामकाे पाताकाे बाकसभित्र कैदिजस्ताे सुरक्षित राखिएकाे रहेछ । यत्राे लामाे समयकाे अन्तरालमा धरानमा बसेर पनि पत्नी र छाेराहरूसँग , साथीभाईहरूसँग र भाेजपुर जाने अाउने क्रममा बराहक्षेत्र पुगियाे । तर त्याे ढुंगासँग साक्षात्कार भएन । त्याे ढुंगा निकै वर्ष हरायाे । त्यसकाे ठाउँमा त्यस्तै अर्कै ढुंगा राखिएकाे थियाे । चाेरले चाेरेर लगेकाे असली ढुंगा भेटिएर फलामकाे घेराबारभित्र अहिले राखिएकाे छ ।
याे ढुंगा १३ वर्षको उमेरमा छाेएकाे थिएँ, ७२ वर्षकाे उमेरमा फेरि छुन पाउँदा एकप्रकारकाे भावनात्मक संवेग अनुभूति अानन्ददायी हुन गएकाे छ ।
याे लामाे समयकाे अन्तरालमा कैयाै कुरा , शिक्षा, जीवनसाथी, सन्तान , साथीभाइ अादि अनेक पाएँ , अनेक गुमाएँ ! त्याे ढुंगा छुँदा लाग्याे- जीवन यस्तै रहेछ ।
🔴
२०७६ पाैष २१, धरान
🌹🌹🌹

Wednesday, December 25, 2019

(लघु संस्मरण) उहिलेकाे कुरा खुइले

(लघु संस्मरण)
उहिलेकाे कुरा खुइले

सरण राई

उहिले छिनामखुमा १/५०( डेढ रूपिया ) मा १०० दाना सुन्तला (सयकडा डेढ रूपिया) बेचेकाे सम्झना सम्झना मात्र भयाे । खरिदेहरू अाएर सुन्तलाकाे बाेटहरू पुरै किन्थे । छानी छानी ठूलाे दाना मात्र लगेर मसिनाे कृकाैला छाड्थे । त्याे सुन्तला चार दिनमा बाेकेर लगि धरानमा बेच्थे । एकदमै बलियाेले ५०० दाना ढाकरमा बाेक्न सक्थ्याे । आईमाई केटाकेटीले २००/ ३०० बाेक्थे । बेचेकाे पैसाले धेरैले नुन लिएर फर्कन्थे ।
त्यतिबेला सुन्तला त छानि छानि ५० दानाभन्दा बढि नै दिनभरमा खाइन्थ्याे । त्याे कुरा अाज कसले पत्याउछ । डेढ रूपियामा सय दाना सुन्तला बेच्ने? उहिलेकाे कुरा खुइले । डेढ रूपियामा एक दाना सुन्तला माग्याे भने दिमाग सड्केकाे छ भनेर साेध्लान् अाजभाेलि । अब याे दन्त्यकथा !
सुन ४२/- रूपिया ताेला थियाे । राँगाकाे मासु १/- धार्नी र सुगुरकाे १/५० धार्नी खाने मान्छे मै हुँ । सेडामा २६०/- काे तलब खाएर अनुन्धान सहायकबाट जागिर थाल्ने पनि मै हुँ । २०३१ सालमा ४८०/- महिनावारी तलब सहायक प्राध्यापककाे थियाे । सुन २00/- ताेला थियाे । एक महिनाकाे तलबले दुई ताेला सुन अाउथ्याे । अहिले त प्राध्यापक त के अफिसरकाे एक महिनाकाे तलबले अाँधि ताेला सुन पनि किन्न अाउदैन ।
सुनकाे मूल्य बढेर २२०००/- हुँदा "सुनकाे मूल्य ५००००/- पुग्छ ,सुन किनेर राखे फायदा हुन्छ" एक जनाले भनेका थिए । हावादारी कुरा मनमन‌ै साेचेकाे थिएँ । अहिले ५००००/- मा एक ताेला सुन कहाँ अाउछ ?
घडेरी जग्गाकाे कुरै नगराैँ! २०२२ सालमा अहिले हामी बसिरहेकाे धरानकाे घडेरी १८००/- प्रति कठ्ठा किनेकाे हाे । २०२१ सालकाे भूमि सुधारमा जग्गा सित्तै पाइन्छ, सरकारले बाँड्छ भन्थे । मधेशकाे राम्राे खेत १०००/- रूपिया प्रति बिघाहा पाइन्थ्याे । जमिनदारहरू अाफ्नाे सयाै बिगाहा जमिन सित्तै जाने भाे २५ बिघाहाकाे हदबन्दिले भनेर डराइरहेकाे बेला जग्गा काे किन्ने?
उहिलेकाे कुरा ! उहिलेकाे कुरा गर्न थालियाे भने किम्बदन्तिकाे पात्र भइन्छ । ल, तसर्थ अाज यति नै हाहाहा ...! उहिलेकाे सम्झनालाई सम्मान स्वरूप फेरि हाहाहा...!

२०७६ पुस ८, धरान

Sunday, December 22, 2019

(व्यङ्ग) मुर्ख वाणी

(व्यङ्ग)
मुर्ख वाणी

सरण राई

मु्र्खहरूकाे सङ्गत र उठबसबाट निम्न मुर्ख वाणीहरूकाे अाविष्कार भएकाे छ, जुन अाफूलाई बुध्दिमान सम्झने मुर्ख, मूर्ख हुन नचाहने परिश्रमीहरू, बुध्दिमान र मुर्खहरू सबैलाई उपयाेगी हुनेछ ।
१. मुर्खहरूले महामुर्खलाई मात्र सम्मान र सहयाेग गर्छन् । ( कारण याेग्य र बुध्दिमान छुटाउने ल्यागत मुर्खहरूसित हुँदैन ।)
२. अयाेग्य, अशिक्षित र मुर्खहरूकाे समुदायमा याेग्य र बुध्दिमानहरूले सम्मान र सहयाेग पाउदैनन् । ( कारण अयाेग्य र मुर्खहरूलाई याेग्यता र ज्ञानबारे केही पनि थाहा हुँदैन ।)
३. मुर्खहरू बहुमतमा भएकाे देशमा फाेहाेरी राजनीति झ्याङ्गिन्छ ।( कारण असल राजनीतिबारे मुर्खहरूलाई ज्ञान नहुँदा फाेहाेरी राजनीतिकै दलदलमा मुर्खहरू भासिने हुन्छन् ।)
४. मुर्खहरूले छानेकाे महामुर्खले चारैतिर भडखालाे मात्र निर्माण गर्छ ।( कारण मुर्खहरूलाई भडखालाेमा जाकेर तह लगाउन सकिन्छ भन्ने महामुर्खकाे साेच हुन्छ ।)
५. मुर्खहरूलाई ज्ञान तीताे लाग्छ। ( कारण स्वादबारे तीताे मात्र मुर्खहरूलाई थाहा हुन्छ । अरू स्वादबारे उनीहरूलाई ज्ञान हुँदैन ।)
६. मुर्खहरूबाट सम्मान र सहयाेगकाे अाशा गर्ने मानिस महामुर्ख हाे । (कारण मुर्खहरूले सम्मान र सहयाेग गर्न जानेका हुँदैनन् ।)
७. मुर्खहरूले सञ्चालन गर्ने देश र संस्थाले पतनतिर लैजान्छ ।( कारण मुर्खता नै पतनकाे जननी हाे ।)

(२०७६ पाैष ५, धरान)

८. मुर्खकाे हातमा राजनीति ।
९. बार वर्ष विध्दानकाे सङ्गतमा पनि मूर्ख उस्ताकाे उस्तै ।
१०. नकच्चरा बिध्द्वानकाे बुध्दि महामुर्खकाे अगाडि स्तुति बुध्दि मात्र रहन्छ तसर्थ मुर्खहरूले शासन गर्छन् ।
११. मुर्खकाे स्तुति गर्ने विध्द्वान सबैभन्दा ठूलाे मुर्ख हाे ।
१२. मुर्खहरूकाे देशमा बुध्दि बिक्तैन ।
१३. मुर्खतामा बुध्दि मिसाउन सकिँदैन ।
१४. ज्ञान र मुर्खता एकै ठाउँ बस्दैन जसरी अागाे र पानी, अँध्याराे र उज्यालाे र दिन र रात ।
१५. मुर्खहरूले ढुकुटिकाे जिम्मा चाेरलाई दिन्छन् ।

( थपथाप-- २०७६ पुस ६, धरान)

१६. मुर्खहरूका लागि धुर्तहरूले गज्जब, भ्रमपूर्ण , काल्पनिक नक्कली र छली संसार रचना गरेका छन् र त्यसैमा अज्ञानताकाे आनन्दमा मुर्खहरू रमाउछन् साथै यथार्थ थाहै नपाई, सत्य नजानि अन्याय भाेग्दै मर्छन् ।
१७. मूर्खलाई भ्रमित पार्न सजिलाे भएकैले संसार धुर्तहरूकाे कब्जामा रहेकाे छ ।
१८. मुर्खहरूकै लागि आवरणले झकिझकाउ धेरै बस्तुहरू बनाइएका छन् र ती बिकिरहन्छन् । आवरणमै मुर्खहरू भुलिन्छन् ।
१९. मुर्खता वा अज्ञानताकाे आनन्द यथार्थ नभए पनि भाेग्न सक्नु पाउनुले सांसारिक जीवन सहज महसुस हुने भ्रान्ति जीवनसँग उप्काउनै नमिल्ने गरि टाँसिएकाे हुन्छ ।
२०. धेरै आनन्द भ्रम र मुर्खताबाट प्राप्त हुन्छ ।
२१. मुर्ख बीनाकाे विश्व कल्पना गर्न सकिँदैन ।

( थपथाप-- २०७६ पुष ७, धरान)
२२. मूर्खले खुशामद र प्रशंसाकाे फरक छुट्टाउन सक्दैन । तसर्थ खुसामद गरेर धु्र्तहरूले मुर्खलाई फसाउछन् ।
२३. मुर्खहरूले विश्व भरिएकाेले मुर्खहरूकै लागि नक्कली बस्तु उत्पादन गरेर नाफा कमाउने दाैड चलिरहन्छ ।
२४. प्रकृतिकाे रहस्य थाहा नहुँदा मानिस मूर्ख बन्छ ।
२५. मूर्ख अन्धविश्वासी, मुर्ख र जिद्दी हुने भएकाेले ज्ञानकाे बाटाे उसैले अाफ्ना लागि पनि अवरूध्द पारेकाे हुन्छ ।
२६. महामुर्ख हुन सके संसार रमाइलाे हुन्छ ।
२७. प्रत्येक मानिसमा मुर्खता माैजुद रहन्छ । सांसारिक अानन्द माया माेहले त्याे मुर्खतामा अागाेमा घिउकाे काम गर्छ र अवाञ्चित गतिले पतन तिर लैजान्छ । मुर्खताले क्षणिक अानन्द खातिर सब त्याग्न तत्पर बनाउँछ ।

( थपथाप- २०७६ पुस ८, धरान)
🔴
https://facebooklit.blogspot.com/2019/12/blog-post_22.html
🌹🌹🌹
क्रमश:

प्रा. बालकृष्ण पाेखरेल

Tuesday, December 3, 2019

(लघुलेख) दास लास

(लघुलेख)
दास लास

सरण राई

दास मानसिकताकाे कारण मालिक नेता दलबाट जीवनभर त दास भयाे भयाे, मृत्युु पछि लास पनि पार्टीको झन्डा अाेडाएर दास लास हुने पध्दति नेपालका सिध्दान्तच्युत दलहरूले थालेका पालेका छन् ।
मरेपछि मुर्दा पनि पार्टिकाे मातहत कब्जामा ।बिचरा जीवनभर पार्टीको दास रह्यो , मरेपछि पनि पार्टीको दासताबाट मुक्ति नपाउने । यस्तो दासहरू कति धेरै रहेछन् । सधै मानसिक दास , मरेपछि पनि लाश दास ।
ठुलै याेगदान गरे राष्ट्रिय झन्डा अाेडाउनु सम्मान हाेला तर पार्टीको थाेत्राे झन्डाकाे के तुक ?
देश भडखालाेमा हाल्नमा नेताभन्दा धेरै यी दास कार्यकर्ता दाेषी छन् ।यिनीहरू मरिसकेपछि पनि स्वत्रन्त्र हुँदैनन् । दास लास बन्छन् ।
दासहरू भेडाजस्तै हुने भएकाले तिनीहरू न्याय , सत्य र सुन्दर भविष्यका पक्षमा साेच्न, बाेल्न र काम गर्ने नसक्ने भएकैले फाेहाेरी राजनीतिले तिनीहरूकाे जीवन अत्यन्त कष्टकर बनाएकाे छ । तर उनीहरू याे बुझ्दैनन् । अझ दु:खकाे कुरा उनीहरू बुझ्न चाहदैनन् ।

२०७४ मङ्सिर १७, धरान










Thursday, November 28, 2019

(लघुउच्छ्वास ) होइन र ?!



(लघुउच्छ्वास )
होइन र ?!

सरण राई

आफुलाई  न्युनमूल्याङ्कन (underestimate) गर्न गाह्रो हुँदो रहेछ | मानि लिऊ कोहि एकजना मर्योभने कसलाई के फरक पर्छ र !? यो संसार चलि रहेकै हुन्छ | त्यो एक जना अरु नभएर 'म' अथवा हामीमध्ये 'तपाईँ' आफु नै भए भने पनि केहि फरक पर्दैन | ' कारण म अथवा हामीमध्ये तपाईँ आफू नै नभए पछी फेरबदलको के महत्व हुन्छ र ? हामी आयौँ , आफ्नो अभिनय पूरा गर्यौँ र गयौँ... के फरक पर्छ र ! अभिनय गर्ने हामी नहुँदा अभिनय मन्चन गर्ने थलो यो धरालाई ! हामी त पात्र हौँ रे नाटकको ...नाटकको ! तर पनि आफु नभएको संसार कस्तो होला ? त्यो संसार कति रमाइलो हुँदो होला ?अहिले बाँचिरहेको हामीलाई कल्पना गर्ने छुट हुने कि नहुने ? कल्पना गर्नुहोस्, बाँचेको छौँ र त कल्पना गर्छौ | मरे पछी 'मरेको भोलिपल्ट दुई दिन [' मलाई वा हामीलाई सम्मान, माया , श्रध्दा, घृणा जे छ जिँउदो भएकै बेला अर्पण गर्नुहोस ....मरिसके पछी त डुमै राजा | ...मलाई अहिले यस्तो लाग्यो ,लाग्यो के लाग्छ र ! तपाईलाई कस्तो लाग्छ ,लाग्न पाउनु पर्छ .. लाग्न पाउनु जिउँदाे हुँदाकाे जिउँदाेकाे अधिकार हाे ,होइन र ?! 

परिमार्जन २०७६।८।१२, धरान

Monday, November 25, 2019

(फेसबुके कविता )
समयको आवाज
सरण राई
सिध्दान्त र विचार त्यागेका
दृष्टिकोणविहिन र लाज घिन पचेका
दायित्व निर्वाह नगर्ने पाजिहरुका हातमा फसेको देश !!!
यताबाट पनि, उताबाट पनि चुसेकै छन्
केन्द्रिय देखि स्थानिय सबैले लुटेकै छन्
कहिले सम्म लुटतन्त्र चल्ने हो ???
लुटाहाहरुको दिन कहिले सिध्दिने हो ?!!?
तपाईँ त लुटतन्त्रमा सहभागी हुनुहुन्न होला
नहुनुहोला ! देशमारा जनतामारा फोहोरी लुटतन्त्रमा
मुल्याङ्कन हुँदै छ नलाग्नु होला लुटाहा झुण्डमा
सफा कन्चन छवी सधै सूग्घर र सुन्दर राख्नुहोला !!
सिध्दान्त र विचार त्यागेका
दृष्टिकोणविहिन र लाज घिन पचेका
लुट सधैं चलाउन चाजोपाँजो मिलाईरहेका
दायित्व निर्वाह नगर्ने लुटाहा पाजिहरुका मुल्याङ्कन हुँदै छ
देशले सहने छैन अब लुटाहा पाजीहरूलाई
अति गरिसके , दिउसै रात पारीसके
अब सहने छैन देशप्रेमी र इमानदारहरुले  !!!
😍😎
२०७४ साउन ८ , धरान

Tuesday, November 19, 2019

(लघुआत्मालाप) आफ्नै देशबारे

(लघुआत्मालाप)
आफ्नै देशबारे

सरण राई

यान्त्रिक उपभाेक्तावादि समाजमा कसैलाइ कसैकाे वास्ता नहुनु सामान्य हाे । हरेक मानिस जीवन धान्ने कार्यमा यति व्यस्त छ कि उनीहरूका हरेक गतिविधी व्यावसायिकताले पूरा निलेकाे छ । काेसित भेट्दा, बाेल्दा के कति फायदा हुन्छ ? यहाँसम्मकि हाँस्दा पनि के उपलब्धी हुन्छ ? विचरा अबोध निरीह मानिसलाई आज झाेले बनाइएकाे छ ।
जनतालाई दुख दिने दुखदायी झोले व्यवस्था बनाइएको छ . सामाजिक राजनैतिक हर क्षेत्रमा मानिसहरुलाई झाेले बनाइएकाे छ । राजनीतिक गतिविधी काे विश्लेषण नगर्ने , नेताकाे चरित्र नहेर्ने र विवेक बुझाएर नेताकाे झाेला बाेक्ने 'साढेँ पछ्याइरहने स्याल'झैँ हुने, राष्ट्रघाती र भारतको दलालहरुको झाेले झाेले हाे ।
झाेलेहरूमा विवेक हुँदैन । झाेलेहरूसँग साेच हुँदैन । दुःखकाे कुरा झाेलेहरूमा सम्वेदनशीलता हुँदैन ,देशप्रेम हुँदैन । लिम्पियाधुरा, कलापानी, लिपुलेक भारतले निल्ने सबै तारतम्य मिलाइसकेकाे अवस्थामा पनि उनीहरूभित्र देश दुख्दैन । राष्ट्रघाती भारतकाे दलालहरू देख्दैनन् । त्यसैले झाेले हुन् ।
झाेलेहरूबाट कसैले साथ सहयाेगकाे आशा गर्नु मृग मरिचिका मात्र हाे । तसर्थ म झाेलेहरूबाट केही आश गर्दिनँ । देशले पनि झाेलेहरूबाट केही आश नगरे हुन्छ ।
झाेले वातावरण र व्यवस्थाले देश जाेगाउदैन । झाेले नभइ अन्तरमनकाे पुकार सुनेर सब नेपाली एक भएर देश जाेगाउने बेला आएकाे छ । दलालहरूकाे झाेला फाल्नु भएन र देशका निम्ति केही गर्नु हुन्न साथै राष्ट्रघातीहरूकाे मतियार बन्नु हुन्छ भने तपाईलाई नेपाल आमा र भावी पुस्ताकाे श्राप लाग्ने छ । राष्ट्रघातीहरूकाे मतियार हाे भन्ने कलङ्क आफूलाई लाग्न नदिनु हाेस् ! अझै बेला छ ।
देश जाेगाउने अभियानमा सरिक हुनुहाेस् ! राष्ट्रघातीहरूकाे मतियार हाेइन भन्ने देखाउन पनि नेपालकाे झण्डालाई लाइक Like गर्ने साहस देखाउनुहाेस् ! ती लाइकहरू देशकाे समर्थनमा दिइएकाे संकेत हुने छ ।
२०७६ मङ्सिर ४, धरान

Friday, November 15, 2019

'(माेबाइल लघुलेख ) मृत्यु पछाडि

'(माेबाइल लघुलेख )
मृत्यु पछाडि
सरण राई
भावपुर्ण हार्दिक श्रद्धाञ्जली !
हरेक बिहान फेसबुक हेरेर दिनकाे सुरुवात हुन्छ । फेसबुकबाट थाहा हुन्छ मृतकहरूबारे ... देख्नासाथ मन धमिलिन्छ । जीवनकाे क्षणभङ्गुरता महसुस हुन्छ । लेख्छु भावपुर्ण श्रद्धाञ्जली !
प्रत्येक दिन करिब १२/१५ मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर मात्र फेसबुकमा अरु हेर्न थाल्छु । किन श्रद्धाञ्जली व्यक्त गर्न पुग्छु ? प्रश्न तेर्सिन्छ । जवाफ अाफै दिन्छु ।
मेराे पत्नीकाे असामयिक निधनमा मैले थाहा पाएँ मृत्युकाे असहनीय भयावह चाेट-पीडा ! मेरा फेसबुकमा ५००० साथी थिए , श्रद्धाञ्जली व्यक्त गर्नेहरू १०० जना पनि पुगेनन् । मेराे नगिजकाे साथीले त ६ महिनापछि मैले फाेन 'गर्दा मेडमलाइ कस्ताे छ' भनेर साेधे । छक्क परेँ, भनेँ-- 'मेडम बितेकाे त ६ महिना भइसक्याे ।' अर्काे स्थानिय साहित्यकारसँग नाै महिना पछि एउटा कार्यक्रममा भेट हुँदा भने -- 'मेडम बितेकाे थाहा छैन , अाज तपाईले भन्दा थाहा पाएँ । फेसबुकमा हाल्नु भएन ।' दाेष उनीहरूकाे हाेइन, सामाजिक बनाेटकाे हाे ।
अाज म चिनेकाे नचिनेकाे जाे सुकै मृतक हाेस् (irrespective of cast , creed,religion, ideology and location) प्रत्येक बिहान फेसबुकमा मृतक १०/ १५जनाप्रति श्रध्दाञ्जली व्यक्त गर्छु ।
मानिसहरू कति अन्धा भएका रहेछन् । उनीहरू जात धर्म पार्टी र नीजि स्वार्थ मात्र देख्छन् । विवेक बुझाएका विचरा दयनियअन्धाहरू ! मानवता देख्दैनन् । मरिसकेकाे मानिसलाई अाफ्नाे अन्धा स्वार्थी अाँखाले हेर्दारहेछन् । अाफ्नाे जात धर्म पार्टीकाे भए मात्र र अाफ्नाे नीजि स्वार्थमा सघाउ पुग्ने भए मात्र समवेदना वा श्रध्दाञ्जली व्यक्त गर्दा रहेछन् । अचम्म !
मानिस जन्मनासाथ अनेकाै जन्जीर भित्र पर्दछ । बाँचुन्जेल अनेकाै भ्रमहरूले जेलिन्छ । ती भ्रमहरूमा जेलिएर कैदि बन्छ । मरे पछि त स्वतन्त्र-मुक्त हुनुपर्ने हाेइन र ! मरेपछि पनि मरेकाहरूका चितामा वा चिहानमा पार्टीका झन्डा गाडेर राखेर तीनीहरूका मृत्युलाई पनि बिज्ञापन बनाइन्छ ।
मरि सकेपछि मर्ने मान्छे स्वतन्त्र र मुक्त हुन्छ । मृत्यु पछि उसले पाउने श्रध्दाञ्जली मात्र हाे । त्याे पनि उसलाई चाहिदैन । तर बाँचेकाहरूले मरेकालाई सम्झनु र श्रध्दाञ्जली दिनु भनेकाे बाँच्नेहरूका लागि गरिने एउटा लाेकाचार हाे ।
तसर्थ म करिब १०/ १५ जना मृतकप्रति श्रध्दाञ्जली व्यक्त गर्दा जात, धर्म , िबचार क्षेत्र आदि केही हेर्दिनँ ।
'पैचाेँ लगाउदै हुनुहुन्छ' -भन्नुहाेला । अाफूले देख्न भोग्न नपाइने मरेपछि पाइने श्रध्दाञ्जली भक्तिभाव गुणगान सहयोग अादिकाे मरिसकेपछी के काम ?!
२०७६ /कातिक ३०, धरान

Saturday, October 12, 2019

(लघुनिबन्ध) लिएर जाने केही छैन

(लघुनिबन्ध)
लिएर जाने केही छैन

सरण राई

जीवनका सुरुका समयहरूमा जुट्दै अाउछन्- बलबैश, तागत , जाेशजाँगर, साथीसँगी, पदप्रतिस्था, धनसम्पत्ति साथै साथदिने जीवन साथी, छाेराछा्ेरी,ज्वाँइबुहारी ,नातिनातिना अादि अादि । सबैतिरबाट साथ पाईन्छ । साथ समयले पनि दिन्छ उमेर छउन्जेल ।
जब उमेर ढल्कदै जान्छ उपराेक्त कुराहरूले
क्रमश: छाड्न थाल्छ । सबैभन्दा पहिला स्वार्थी साथीहरूले, बलबैंश तागतले अनि अाफना भनिनेहरूले पनि साथ छाेड्छन् । सबै अाफूलाई मन परेकाे वस्तुहरू, मनाेरञ्जन,साैन्दर्य र सुन्दर चिजहरू अन्तमा स्वास्थ्यले पनि छाेड्न थाल्छ ।एक एक कुराहरू छुट्दै जान्छ । रमाइलो संसार पनि एक दिन छुट्छ । बाँकि अाफूसित के रहन्छ र ?
अाफ्नाे अन्तिम क्षणमा मनमा सन्तोष रहनु ठूलाे कुराे हाे । बाचुन्जेल अन्याय , अत्याचार र असत्य काम गरीएन भने अाेठमा अप्रतिम मुस्कान बाेकेर गाैतम बुध्दझैँ सन्ताेषसाथ मर्न सकिन्छ ।
अर्कालाई थिचोमिचो , अन्याय असति काम गरेर जतिसुकै धन थुपारेकाे भए पनि लान पाइने हाेइन । अाखिर लिएर जाने केही हाेइन ।
लिअाे टाल्सटायले भनेझै "जबसम्म मसँग दुई जाेर लुगा र दुई छाक खाना हुन्छ , म संसारमा निरन्तर चलिरहेकाे पाप कार्यमा सरीक भईरहेकाे हुन्छु ।"
अाखिर लिएर जाने केही हाेइन भने किन संसारमा निरन्तर चलिरहेकाे पापमा सरीक हुने ?

२०७५असाेज २६,सुमेरु अस्पताल

नाैरङ्गी ..एक सय एक लघुकथाकाे विमाेचन
https://www.facebook.com/sarankumar.rai/videos/2635616676498960/

Saturday, September 28, 2019

(लघुसंस्मरण) एक समय

(लघुसंस्मरण)
एक समय

सरण राई

एक समय थियाे, रेडियाेकाे लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन दिनभर लाग्ने । दिनभर लाग्नु पर्ने चाहिँ कर्मचारीहरूले रेडियाे घन्काएर दिनभर सुनेर साझमा मात्र लाइसेन्स दिने हुनाले हाे ।
त्यति बेला टाेटावाल बन्दुक पनि किनबेच हुन्थ्याे ।
त्यतिबेला बन्दुककाे पनि लाइसेन्स लिनु पर्ने भए पनि सजिलै पाइने । पल्टनबाट अाउने लाहुरेहरूले सिङ्गल वा जाेर टाेटावाल बन्दुक ल्याउथे र सुन, रेडियाेजस्तै बिक्री गर्थे । बन्दुक ल्याउदा फायदा हुन्थ्याे ।छुट्टिभरि सिकार खेल्याे र छुट्टि सकिएर फर्कने बेला बेच्याे ।
त्यस्काे केही समय पछि टेलिभिजन अायाे, टेलिभिजनकाे पनि लाइसेन्स लिनु पर्थ्याे । स्यामश्वेत र रङ्गिनकाे राजस्व फरक फरक थियाे । त्याे बेला एन्टेना ठडिएकाे घरकाे बेग्लै इज्जत हुन्थ्याे । टेलिभिजन हेर्न टाेलभरिका मान्छे जम्मा हुन्थे , एकजनाले एन्टेना घुमाउनु पर्ने र ठीक देखिने भए पछि कराएर भन्नू पर्ने ।बिजुली नभएकाे गाउँघरमा त बेटरी चार्ज गर्नु पर्ने भएकाेले टेलिभिजन हेर्नेसँग पैसा पनि लिइन्थ्याे । हेर्नेले पनि राजीखुसीले नै तिर्थ्याे ।
बन्दुककाे बारेमा चाहिँ तात्कालिन सरकारले बन्दुक बुझाउन उर्दि जारी गरेर जम्मा गरेर राख्याे । केही बन्दुक माअाेवादिले लग्याे ।शान्ति भएपछि फिर्ता गर्ने भनिएकाे थियाे, अझैसम्म फिर्ता भएकाे छैन । जनता नागरिक नभई सकेकाे अवस्थामा निरस्त्रीकरण भएका छन्। अहिले बन्दुक सर्वसाधारणकाे पहुचमा छैन ।
यी कुराहरू काे चर्चा गर्नुकाे अाशय छाेटाे समयमा नै प्रविधिकाे विकास र इतिहासकाे द्रुत गतिप्रति युवाहरूकाे ध्यान अाकर्षित गर्नु हाे । युवाहरू प्रविधि र इतिहासकाे द्रुत गतिसँगै अगाडि बढ्न सकुन् र नयाँ समाज निर्माणमा अभियन्ता बन्न सकुन् ! याे युगकाे पुकार हाे ।

२०७६/६/७,धरान

Monday, August 12, 2019

(लघुअात्मालाप) स्वर्णिम अवधि

(लघुआमालाप)
स्वर्णिम अवधि

सरण राई

याे कालखण्ड म बाँचेकाे स्वर्णिम अवधि हाे । आज म याे अवधिमा छु, याे भन्दा अघिकाे अवधिमा थिइनँ ।आउने भावी कालखण्डमा पनि म हुने छैन । तसर्थ याे म बाँचिरहेकाे सुन्दर युगकाे मेराे अमूल्य अवधि हाे । मेराे हाे, मसँगै याे अवधिमा बाँचिरहेका मेरा समकालिन मान्छेहरूकाे पनि हाे।
मान्छेले बाचुन्जेल जे गर्छ, भाेग्छ र पाउछ उसले गर्ने भाेग्ने र पाउने भनेकाे त्यति मात्र हाे । उ मरेपछि उसकाे केही हुँदैन । सब समाप्त । असल काम गरेर सन्ताेषसँग काेही मर्छन् भने काेही अनेकाैं दुष्कर्मकाे कारणले अन्तिममा छट्पटिदै मर्छन् । मर्नु त आखिर सबैले पर्छ । फटाहाहरू आफूलाइ अजम्बरिझै सम्झेर अनेकाैं तिकडम दुष्कर्म जालझेल धाेकाधढि गरेर सम्पत्ति कमाउछन्, माेजमज्जा भाेगविलासमा जीवन नष्ट गर्छन् र मर्दा घृणाकाे कुपात्र बन्छन् । तिनीहरू मर्दा कसैले शाेक मनाउदैनन्। जिउदा हुँदापनि कुकुरकाे जस्ताे जीवन तिनीहरूकाे, कसैले मनले श्रध्दा र सम्मान गर्दैनन् ।
कस्ताे कुरा गर्नु हुन्छ ? फटाहाहरूले नै मुलुक खाएका छन् र सबै तिनीहरूलाई  नेता र आदर्श मानेर तिनकै पछि लागेका छन् । हाे नि । झलक्क हेर्दा त त्यस्तै देखिन्छ । कलियुग रे । सत्य र न्याय मरेकाे जस्ताे देखिन्छ ।
लाै फेरि आवरणकै पछि लागेर , टलकझलकमा झुक्किएर सत्य र न्याय छाेड्नेेकै आँखाले हेर्दा त्यस्ताे देखिन्छ । तर न्याय र सत्य नभएकाे खण्डमा सबैकाे जीवन कष्टकर दुरूह हुन्छ । समाज भ्रष्ट हुन्छ, त्यसले गर्दा साैहार्दता र सदभाव कहि कतै काेहीसँग हुँदैन । जस्ले आफ्नाे समकालिन साथी, दाजु भाइ दिदीबहिनीलाइ सम्मान सहयाेग र सद्भाव राख्दैन । बैगुणी उसले पनि ती सद्रगुणहरू अरुबाट पाउदैन ।
अरूकाे दुःखमा परपीडाकाे अानन्द मनाउने ले आफूलाई  पर्दा पनि अरूले उसकाे पीडाकाे आनन्द लिन्छन् भन्ने बुझ्नु पर्दछ । यी यस्ता सामाजिक विकृतिकाे संवाहक सत्ता, सरकार र बिद्यमान दलहरू हुन् । सिध्दान्त, नैतिकता र सुविचार छाडेपछि यी कलङ्कित भए र सबैलाइ कलङ्कित बनाए । याे स्थितिबाट उम्किन नसकिने पाे हाे कि ? जस्ताे देखिन्छ ।
तर याे क्षणिक हाे , पराकाष्ठामा पुगेपछि जुन सुकै कुराकाे पनि अन्त हुन्छ नै । अहिलेका लाेभिपापीकाे अन्त नभइ मुलुक बन्न नसक्ने हुँदा यीनिहरूकाे पतन हुनै पर्छ । तानाशाहि ढालेर प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र ल्याउन सक्ने याे पिँढीले भ्रष्टतन्त्र र भ्रष्टाचारीहरूकाे अन्त गर्न नसक्ने कुरै छैन । आउने पिढीका लागि याे पिढीकाहरूले आफ्नाे स्वर्णिम अवधिकाे सदुपयाेग गर्ने नै छन् र गर्नै पर्दछ । यसाे भएमा मात्र म र मेरा समकालिनहरूकाे स्वर्णिम जीवन अवधि सार्थक हुन्छ ।
🔴

https://facebooklit.blogspot.com/2019/08/blog-post.html
२०७६।४।२७, धरान





https://facebooklit.blogspot.com/
२०७६।४।२७, धरान

Sunday, July 21, 2019

(लघुआत्मालाप) अन्तिम अनुभूति

(लघुआत्मालाप)
अन्तिम अनुभूति

सरण राई

अन्तिम अनुभूति व्यक्त गर्ने अवसर नपाइ नै जीवनअवसान हुने भएकाेले मानिसकाे अन्तिम अनुभूतिबारे अनुमान मात्र गर्न सकिने हुन्छ । साे बारे अनुमान गर्नका लागि जन्मेदेखिका सबै प्रमुख कालका अभिव्यक्तिहरूकाे वर्णन अावश्यक हुन्छ ।
जन्मिए पछि केहि कालसम्म थपिने क्रम तिव्र हुन्छ जस्ताे चेतना, जागरण, खानपिन, शारीरिक बृध्दि, साथीभाइ, अनुभव , अनुभूति अादि । मानिसकाे जीवनमा पनि वर्षकाे गणित महत्वपूर्ण हुँदाे रहेछ ।
१०, १० वर्षकाे उमेर अवधि एउटा निश्चित विकासकाे अवधि हुँदाे रहेछ । १०वर्षसम्मका केटाकेटी अरूका नजरमा खास हुँदैनन् तर त्याे अवधि नै उनीहरूका जीवनअाधार निर्माण अवधि हुन्छ ।
१०देखि २०वर्षकाे, २०देखि ३०वर्षकाे,३०देखि ४०वर्षकाे र वाचुन्जेलीका १०, १० वर्षका अवधिकाअनुभव अनुभूति फरक फरक हुँदा रहेछन् ।
३०देखि ४०वर्षकाे उमेरदेखि घट्ने क्रम सुरु हुँदाेरहेछ जस्ताे बल, पाैरख, साथीभाइ, रूप साैन्दर्य अादि ।
यी विभिन्न अवधिहरूमा सुखदुःखका अनुभुतिले जीवन भरिएकाे हुँदाेरहेछ । सुखै सुखकाे अनुभूति हुँदा मानिस सप्तरङ्गी संसारमा भुलिदाेँ रहेछ । तर जब असह्य दुःख जीवनमा घट्छ, वेदना पीडा कष्टले छट्पटिएर रुन्छ र राेइरहेकाे अाँखाले एउटा सून्य देख्छ ।त्याे राेएकाे मनले अनुभूत गर्ने अाठाैं रङ हुन्छ ।अनेकाै कष्ट दुःख पीडामा पनि मानिस बाँच्न चाहन्छ र बाँच्छ त्याे नवाैं रङकाे अनुभूति हुन्छ ।
जीवनकाे अन्तिम कालखण्डमा मानिस एक्लाे हुँदाेरहेछ । मृत्यु झेल्न साथीभाइ अाफन्त प्रियजन र बलियाे मन चाहिदाे रहेछ । साथीभाइ, प्रियजन, मायालु बलवैश तागत उत्साह उमङ्गले छाडेकाे अन्तिम अवस्थाकाे मर्ने बेलाकाे अनुभूति .... मरिसकेपछि व्यक्त हुँदैन । मर्नेबेलाकाे सबैभन्दा तिक्ष्ण अन्तिम अनुभूति .... मर्नेसँगै समाप्त हुन्छ ।

🔴
२०७६।४।५, धरान

Thursday, July 18, 2019

(लघु निबन्ध ) भुटिएको बुध्दी

Your Memories on Facebook
Saran, we care about you and the memories you share here. We thought you'd like to look back on this post from 6 years ago.
(लघु निबन्ध )
भुटिएको बुध्दी

सरण राई

मकै भुटेको देखिन्छ , त्यो स्वाभाविक हो तर यो आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिले कार्यकर्ताको बुध्दी त भुटिसकेको थियो | अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने प्रयासमा लागिरहेको छ !
भुटेको मकै,चना, दाल , भटमास , धान , गहुँ केही पनि बिउ हुदैन | केवल खान मात्र काम लाग्छ | तर हाम्रो देशको कार्यकर्ताहरुको भुटिएको बुध्दी न खान काम लाग्छ न नयाँ बुध्दी उमार्न बिउकै काममा लगाउन सकिन्छ |भुटिएको बुध्दी न देश निर्माणमा नै काम लाग्छ |
राजनैतिक कार्यकर्ताहरुको भुटिएको बुध्दी त अब नसुध्रिने भैहाल्यो | सुध्रिने आश पनि रहेन | दुखको कुरा पुच्छर काटिएको स्यालले काम नलाग्ने सबैको पुच्छर काट्नु पर्छ भने झैँ राजनैतिक कार्यकर्ताहरु सबै अब सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी भुट्ने काममा जिउ छाडेर लागि परेका छन् |
सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि उनीहरुकै जस्तो गरि भुटियो भने वा राजनैतिक कार्यकर्ताहरुले सर्वसाधारण मतदाता , नागरिक ,जनताको बुध्दी पनि भुट्न सफल भए भने बुध्दिको बिउ कहाँ खोज्ने ?
तसर्थ संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा तथाकथित फोहोरी राजनीतिबाट सर्वसाधारण मतदाता , नागरिक ,जनतालाई जोगाउदै कसरि उनीहरुको बुध्दी भुटिन नदिने हो ? प्रमुख चुनौती भएको छ |
र ,आजको प्रमुख नारा भएको छ __आफ्नो र अरुको बुध्दी भुटिन नदिऊ ! देश , समाज , राजनीति , व्यवस्था र जनताको बुध्दी जोगाऊ !! अरु बढ़ि आफ्नो आफ्नो बुध्दी , आफ्नो आफ्नो खुसि ... ... !

Wednesday, July 17, 2019

(माेबाइल लघुलेख ) प्रश्नहरूकाे पहाड

(माेबाइल लघुलेख = माेबाइलमा नै लेखिने र केही मिनटमा माेबाइलमा नै पढ्न सकिने र पढिने लघुलेख )
(माेबाइल लघुलेख )
प्रश्नहरूकाे पहाड

सरण राई

मेराे देशकाे सुन्दर पहाड र मधेस भ्रष्टाचारकाे पहिराे र बाढिले कुरूप भइरहेकाे देखेर कसकाे मन हाँस्न सकेकाे हाेला र ?
हरियाली अनैतिकताकाे डडेलाेले खाएकाे छ । पतझड चारैतिर ।
उज्यालाे स्वार्थी कपटले छाेपेर अँध्याराे हुन थालेकाे छ । अँध्याराेमा सुन्दर सत्य कहाँ देखिन्छ र ! अँध्याराेमा सु्न्दर जीवन यापन कसरी सम्भव हुन्छ र !!
इमान र परिश्रम भ्रष्ट अाचार व्यवहार साेचले निभाउन थालेकाे छ । परिश्रम र इमान मरेपछि निर्माण कसरी पलाउला र !
उज्ज्वल अाशा चारतिरकाे अकर्मन्यताले छाेप्दै छ । लाेभ लालच नीजि स्वार्थले केही बन्न सक्ला र ...!
सबैभन्दा दुखद कुरा मानिसहरूकाे बैज्ञानिक सकारात्मक साेचमा अाइरहेकाे बाढिपहिराे खडेरी झैँ भयावह बन्दै छ । अब कसरी सुन्दर विचार साेच मानसिकता उमार्ने हाेला ?
सब सखाप पार्ने भयावह वातावरणकाे जन्मदाता काे हाेला ?
बिगार्नेलाइ बहिस्कार गरेर सपार्ने छान्न चुक्याे भने भावी पिढीँकाे के गति हाेला ?
देश बने सबै बन्छाैँ । हामी बने देश बन्ने हाे । बिगार्नेलाई त के छ र !? पैसाको कुम्लो बोकेपछी सारा संसारले स्वागत गर्छ रे !
पैसाको कुम्लो नहुनेहरू बेलैमा सचेत बनाैँ !
🔴
२०७६/४/२, धरान

Friday, July 5, 2019

(माेबाइल लघुलेख) साेच

(माेबाइल लघुलेख= माेबाइलमा नै लेखिने र केही मिनटमा माेबाइलमा नै पढ्न सकिने र पढिने लघुलेख)
(माेबाइल लघुलेख)
साेच

सरण राई

सङ्गत, शिक्षा र वावावरण परिवेश कस्ताे पाइन्छ, त्यसै अनुसार साेच बन्छ । अाज हाम्राे साेच कस्ताे बन्दै छ ? त्यसैमा भविष्यकाे समाज सामाजिक सद्भाव विकास अवस्थित रहन्छ ।
जसरी हिजाे साेचिन्थ्याे अाज त्यस प्रकारकाे साेच छैन ।अाज साेच प्रभावित पार्ने अवयवहरू पनि हिजाेकाे जस्ताे छैन ।
अाज सबैजनालाई नेटले के चाहिँ दिएकाे छैन , साेधेकाे कुन प्रश्नकाे उत्तर दिएकाे छैन?
हिजाे जसरी जीवन यापन अाज सम्भव नभएकैले ज्ञानकाे अर्काे ध्रुव खाेज्नु पर्ने भएकाे हाे ।
अाज बलियाकाे पछि नलागे बाँच्नै नसक्ने स्थितिकाे सृजना गर्न सत्तासिन शक्तिसालीहरूकाे प्रयत्न निकै कामयाव भएकाेले सर्वसाधारण र मुलुक कमजाेर निरीह बन्न सक्ने अवस्था छ ।
ठुलाहरूका जयजयकार गरे जे पनि पाउन सकिन्छ भन्ने निकृष्ट साेच हरेक सकारात्मक क्रियाशील साेच विकासमा बाधक भएकाे छ । भाेट बैंकमा जनतालाई परिणत गर्ने निकृष्ट साेचले राष्ट्रिय सम्पत्ति दुरुपयाेग हुन थाल्दा अावश्यक पुर्वाधार विकास अाेझेलमा पर्नु कदापि दिर्घकालिन सन्ताेषकाे विषय हाेइन ।
असललाई खराब र कमसल साेचले विस्थापन गर्ने कमसल काम कमसलहरूले गर्ने नै भए ।
असल राजनीति, असल अाचरण, असल शिक्षा ,व्यवहार र असल सिध्दान्तप्रति नव युवाहरू अाकर्षित हुनेछन् र असल साेचका प्रार्दुभावसँग अाजका तथाकथित कमसल साेच बाेक्नेहरू सदाका लागि समाप्त हुनेछन् ।
नयाँ साेच, नयाँ बिहानी सबैकाे साझा प्याराे नयाँ उ ज्या लाे नयाँ समाज र नयाँ जी व न ....
सुनाैलाे संसार…
अाजकाे नयाँ साेच…
Add caption
२०७६/३/१९.धरान

Saturday, June 1, 2019

(माेबाइल लघुलेख) झिङे सस्कृति

(माेबाइल लघुलेख)
झिङे सस्कृति

सरण राई

अरिङ्गाल बनेर जनतामा जाइ लाग,बिराेध सखाप पार ।
निर्देशनकाे पालना हुने कुरै भएन । किनभने सबै कार्यकर्ता अरिङ्गाल हाेइन, झिङा भएका छन् ।
फाेहाेरमा रमाउने, फाेहाेर मैला खाएर फाेहाेरैमा हुर्कने झिङा ।झिङा अरिङ्गालजस्ताे मिहनति र अाक्रमक हुँदैन ।तर अरिङ्गाल भन्दा डरलाग्दाे हुन्छ ।
सबैतिर राेग फैलाउछ, सध्देलाई कुहाउछ,सडाँउछ ।अालाे घाउमा किरा पार्छ । सध्दे स्वास्थ भएर जनतालाई बाँच्न दिदैन
।र, याे झिङे सस्कृति राष्ट्रिय सस्कृति बन्ला भन्ने खतरा छ।
यसबाट मुक्त हुन सबैलाई झिङा बन्ने वातावरण फेर्नु पर्छ। मानसिकतामा अामूल परिवर्तन, साेचमा अामूल परिवर्तन अावश्यक छ ।
माैरी र कमिला जस्ता मिहिनति जनता भएका मुलुकहरू नै सम्पन्न र विकसित भएका छन् ।
उनीहरूकाे उदाहरणबाट सिकाे गरेर झिङे राजनिती र झिङे सस्कृतिकाे यथाशिघ्र अन्त हुनु जरुरी छ।
***
२०७६/२/१८,धरान
जय निरीह इमानदार सार्वभाैमसत्ता सम्पन्न जनता !

Sunday, May 19, 2019

(लघुलेख ) वितृष्णा

लघुलेख
वितृष्णा
सरण राई
अवकाशप्राप्त म पत्नीको देहावसानले भावुक र शोकाकुल बनाएको अवस्थामा साहित्यतिर लागेर मन भुलाउने प्रयत्नमा लाग्दा एउटा किताब जन्मन पुग्यो । त्यसको भुमिका क्याम्पसका एकजना प्रा.डा.लाई लेखाएकोले उनलाई विमोचनको निम्तो र पुस्तक दिन क्याम्पस पुगेँ । प्राध्यापकहरूको राम्रै जमघट थियो । निमन्त्रणा र भुमिका लेखकलाई दिन पुस्तक के झोलाबाट निकालेको मात्र थिएँ, सब तितरबितर भए । सम्झे होलान् किताब भिडाउने भो । किताबले बौद्धिक मानिने प्राध्यापकहरूमा कति ठूलो विकर्षण पैदा गरेको रहेछ ? बौद्धिक बुद्धिजिवीहरूमा नै किताबप्रतिको विकर्षण वितृष्णा ! बिद्यार्थी र शिक्षकमै पुस्तकप्रति वितृष्णा ..
घरमा फर्केर आएपछि देख्छु छोराछोरी नातिनातिना मोबाइलमा ... मोबाइलमा । किताब छरप्रष्ट, पढाइ लथालिङ्ग । घरको काम भताभुङ्ग । कसैलाई काममा चाख र लगाव छैन । आउने पुस्ता कस्तो जन्मदै छ ? आफ्नै छोरानातिलाई हेर्दा थाहा हुने । ज्ञान आर्जनको प्रमुुख स्रोत किताब, पढाइ र अध्ययन । मोबाइलमा उनीहरूले ज्ञानवर्धक कुराहरू सिकिरहेका होलान् त ? रमाइलो भ्रष्ट, छाडा र उखरमाउलो सामग्रीहरूले के कस्तो ज्ञान दिलाउला ? फेसबुकमा साथी बनाएर छाडा कुरा गर्ने लतमा भुलिएका गैर जिम्मेवार पिढीँले देश कहाँ पुराउला ? मजस्तो एउटा बुढाको नजायज चिन्ता ! जे होस् हाम्रो पिढीले भावी पुस्ताका लागि गणतन्त्र भन्ने व्यवस्था ल्याएको छ । तर गणतन्त्र ? युवा पुस्ताको ज्ञान सिद्धान्त आस्था र नैतिकताप्रतिको विकर्षण वितृष्णाले गण्तन्त्र कति गतिलो होला ?!
गणतन्त्रको कुरा भनेको राजनीतिको कुरा हो । राजनीति असल भएमात्र व्यवस्था असल हुने हो । राजनीति आज झुक्काउने, कमाउने लुट्ने लुटाउने अनैतिक फोहोरी खेल भएको छ । फोहोरी राजनीतिले हर क्षेत्रमा फोहोरको डङ्गुर थुपारेको छ । राजनीतिले मानविय चरित्र आचरण व्यवहार र सोच निर्लज्ज फोहोर बनाएकोले राजनीतिप्रति विकर्षण वितृष्णा पैदा हुँदा मुलुकको भविष्य अन्यौलग्रस्त नहोला भन्न नसकिले अवस्थाको कारक तत्व पनि फोहोरी राजनीति नै हो । फोहोरी राजनीतिको अन्त गर्न सजिलो छैन । भिजिलान्टेहरूको भीड खडा छ, देशद्रोहीहरू निर्धक्क खुलेआम राजनीतिमा उत्रेका छन् । दिगभ्रमित आम मान्छे निमुखा भएका छन् । शक्तिहीन सर्वसाधारण आममान्छेहरू असाधारण कष्टप्रद जिन्दगीमा फसाइएकोले त्राहिमाम त्राहिमाम गरिरहेका छन् । जसले राजनीतिप्रति विकर्षण वितृष्णा पैदा गरेको छ । यस्तो अवस्थाले फोहोरी राजनीति फस्टाएको फस्टाएकै छ ।
असल राजनीतिको थालनी सजिलो छैन । थालनी पनि भएको छैन । तर असल राजनीति नभइ जनसरोकारका सबै विषयहरू, सार्वभौमिकताको सवाल , देशको अस्तित्वको प्रश्न र आर्थिक विकास आदि समस्याहरूको समाधान सम्भव छैन । तसर्थ असल राजनीतिको थालनी गरिहाल्नु आजको आवश्यकता भएको छ । तर भावी मुलुकको विकासको मुल समस्या भएका छन् — १.बिद्यार्थी र शिक्षकमै पुस्तकप्रति वितृष्णा, २.युवा पुस्ताको ज्ञान सिद्धान्त आस्था र नैतिकता असल आचरणप्रतिको विकर्षण वितृष्णा, र ३. सबैभन्दा ठूलो समस्या आम जनसमुदायमा राजनीतिप्रति विकर्षण वितृष्णा ।
यी समस्याबाट पार पाउने सोच कही कतै नदेख्दा हतोत्साह , निराशा र राजनीतिबाट पलायन देखा परे पनि यो अस्थायि हो । नयाँ उन्नत आशावादि सोचको प्रार्दुभावसँगै अहिले देखा परेका सबै खाले विसङ्गति विकृति क्षणभरमै बिलाएर जानेछ । हावादारीहरू हावामै विलिन हुनेछन् । सबै न्यायप्रेमी देशभक्तहरूले नयाँ नेपाललाई जुरुक्कै उचाल्ने छन् । यो सत्य कसैले छेक्न नसक्ने सत्य हो, सत्य सत्य हो ।
🔴
२०७६ जेठ ५, धरान
https://facebooklit.blogspot.com/

Tuesday, April 23, 2019

(लघुसंस्मरण) थाेत्रा गाडीहरू

(लघुसंस्मरण)
थाेत्रा गाडीहरू

सरण राई

पहिलाेपल्ट घरगाउँ छाडेर काका मर्म बहादुर राईकाे साथमा धरान आउदाका केही अनुभूतिहरू मनमष्तिस्कमा अमिट भइ बसेकाे छ । बिहानै सखारै उठेर हिँड्नु, काकालाइ भेट्न काेही बेला त कुद्नै पर्ने । तर नयाँ र पहिलाे यात्रा भएकाेले केटाैले जाेस र उमङ्गसाथ गलेकाे कुरा बिर्सेर चार दिन निरन्तर हिडेपछि चतरा पुगेकाे सम्झना ताजै छ ।
चिउरा पटक्कै मन नपर्ने मलाई पिखुवा किनारमा हिँडिरहदा चिउरा रूमालमा पाेकाे पारेर पानीमा चाेपेर भिजेकाे चिउरा खाँदै हिडेकाे सम्झना पनि ताजै छ । चिउरा कति मीठाे भएकाे थियाे.. स्वाद जिब्राेमै छ ।
पहाडकाे दुर्गम गाउँ छिनामखुबाट पहिलाेपल्ट तराई झरेकाे १४वर्ष टेक्न लागेकाे केटाेले चतरामा पहिलाेपल्ट गाडि माेटर देखेकाे थियाे । गाडि माेटर देख्दा हर्षले गदगद् भएर कतिबेला चढ्न पाइएला भन्ने आतुरी लागेकाे थियाे ।
गाडी चढियाे । सिट नाममात्रकाे ४वा ५वटा थिए । मान्छे बसिसकेका । उभिएरै धरान पुग्नु पर्ने । १घन्टा भइसक्याे, यात्री कुरेकाे कुरैकै । बल्ल बल्ल बाख्रा खाेरमाझैँ मान्छेहरू खादेकाे । ड्राइभर सिटमा बसिसकेपछि खलासी जेड आकारकाे फलामे डण्डी इन्जीन अगाडीकाे दुलाेमा हुलाएर बलले घुमाउछ । घरघर थाेरै गर्छ । स्टार्ट हुँदैन ।"सबैजना ओर्लेर गाडी ठेल्ने घचेट्ने" ड्राइभरकाे आदेश ।
झरेर केही बेर ठेलेपछि गाडी स्टार्ट हुन्छ । कुदेर गुरूरु चढ्याे । अहा, पहिलाे चाेटि गाडी चढेकाे । मान्छेकाे घुइचाेमा हल्लाएर हल्लाएर अलिकति के कुदेकाे हुन्छ । स्टार्ट बन्द । फेरि घचेट्, कुदेर चढ् । एक माेहर भाडा तिरेर गर्मी , अनेक सास्ती सहेर बल्ल बल्ल धरान आइपुगियाे । काठका लस्करै घरैघर, मान्छे नै मान्छे । धरान बजार यस्ताे रहेछ - मक्ख परियाे ।
बिराटनगर जाने गाडि माेटरकाे अवस्था पनि चतराकै जस्ताे थियाे । गाडी चढ्। भाडा तिर् र गाडी घचेट्, ठेल् । त्यति बेला पुराना थाेत्रा गाडी र कच्ची बाटाेकाे अवस्थाले गर्दा गाडी चढ्नेकाे कर्तव्य गाडी ठेल्नु मानिन्थ्याे ।
बाटाहरू बने । पुर्व पश्चिम राजमार्ग बन्न थाल्याे । धरान बिराटनगरकाे बाटाे पक्की भयाे ।आराथुम (भारतकाे एउटा बस कम्पनी) बस आयाे । नयाँ सफा ठेल्नु नपर्ने चढेपछि गन्तव्यमा निश्चित समयमा पुराउने । यात्रीहरू एक घन्टा कुरेर भए पनि आराथुम नै चढ्न थाले । थाेत्रा गाडि माेटर चल्ने कुरा भएन ।आराथुम नआएसम्म विकल्प नहुँदा थाेत्रा गाडि माेटर नै चढ्नु पर्ने बाध्यता थियो ।
थाेत्रा गाडि माेटरवालाहरूले सिण्डिकेट बनाए । आराथुमलाई अनेक अवराेध पुराउन थाले । अवराेध गरेर मात्र नहुने रहेछ भन्ने बुझे र सिण्डिकेटकाे माध्यमबाट नयाँ बसहरू ल्याए । आराथुम हरायाे ।
(अहिलेका राजनैतिक दलहरू पनि ती थाेत्रा गाडि माेटर जस्तै हुन् । अर्काे असल राजनीति बाेक्ने शक्तिकाे प्रतीक्षामा जनता रहेका छन् । त्याे शक्तिकाे आगमनसँगै यी थाेत्रा दलहरू फालिने छन् । यी दलहरूकाे सिण्डिकेट त बन्न थालेकाे छ । तर नयाँ बस ल्याउने तयारी भने छैन । यिनीहरू टिकिरहने हाे भने आफूलाई कायापलट गर्नुपर्ने छ अन्यथा अर्काे शक्तिले यीनीहरूलाइ पूर्णतया विस्थापित गर्ने निश्चित छ ।)



🔴

https://facebooklit.blogspot.com/
२०७६ वैशाख १०, धरान






Saturday, April 20, 2019

(लघुअात्मालाप) केका लागि बाँच्ने?

(लघुअात्मालाप)
केका लागि बाँच्ने?

सरण राई

युवा हुँदासम्म राजनीति जनता र देशकाे लागि हाे भन्दै राजनीतिमा पूर्णकालिन हुन नसके पनि राजनीति गरिब दुःखी र देशकाे उन्नतिका लागि हुनुपर्छ भन्ने अडानसाथ असल राजनीतिका लागि त्याे युवा काल समर्पित गरियाे ।
२००७ साल बाल्यकालमा भाेगियाे । त्यसबारे राम्ररी थाहा पाइएन । ००७साल पछिकाे बहुदलीय व्यवस्था नै मेराे राजनैतिक ज्ञान र प्रशिक्षणकाे अवधि रह्याे । २०१५ससालकाे पहिलाे अाम निर्वाचनमा पिता मछिन्द्रबहादुर राई भाेजपुरकाे उत्तरी क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टिकाे तर्फबाट संसदकाे लागि उम्मेदवार हुनुले मलाइ वामपन्थी राजनीतितर्फ अाकृष्ट बनायाे ।
६०वर्षकाे उमेरसम्म मानव अधिकार, प्राज्ञिग स्वतन्त्रता र उन्नत राजनैतिक व्यवस्थाका लागि राजनीति बाँच्ने अाधार थियाे । त्यही लक्ष्य खातिर अाफ्नाे समय व्यतित गरियाे ।
अाफ्नै जीवन कालमा गणतन्त्र प्राप्ति हाेला भन्ने साेचेकाे ,अाश गरिएकाे पनि थिएन ।
गणतन्त्र पाइयाे । अनेक नदेखेका नसाेचेका कुराहरू भाेगिदै छ । गणतन्त्र नपाइन्जेल राजनीतिप्रति जुन राजनैतिक चासाे र सग्लनता थियाे समाप्त भयाे । राजनीति अहिले सर्वाधिक फाेहाेरी भएकाे छ ।अाकर्षण सकिएकाे छ ।
६१देखि ७१वर्षकाे उमेर पत्नी प्रेममा बित्याे जुन मेराे जीवनका सर्वाधिक रमाइला महत्वपूर्ण समय थियाे ।
पत्नीकाे देहावसानले अब ७१वर्ष पछिकाे मेराे जीवनबारे जटिल प्रश्न उत्पन्न गराएकाे छ । सायद मेराे साहित्यिक मन र लगन नै मेराे बाँच्ने सहारा हुन्छ कि ?
(याे विषम अवस्थामा मलाई मेराे शुभच्छुकहरूकाे गहन सुझाव,साथ र सहयाेगकाे अावश्यकता महसुस भइरहेकाे छ।)
२०७५।११।२६,धरान

(लघुसंस्मरण) ती दिनहरू

(लघुसंस्मरण)
ती दिनहरू

सरण राई

बुढासुब्बा मन्दिरमा पुग्नासाथ पुराना सम्झनाहरू एकाआपसमा तँछाडमछाड गर्दै अटेसमटेस ओइरिए ।

पहाडकाे दुर्गम गाउँ छिनामखुबाट पहिलाेपल्ट धरान तराई झरेकाे १४वर्ष टेक्न लागेकाे केटाेले पहिलाेपल्ट आधुनिक भनाउदा चहलपहल (गाडि माेटर, साइकल, सहरी परिवेश, भीडभाड चहलपहल, त्यतिबेला धरानमा पनि बिजुली थिएन, आदि) देखेकाे थियाे । छक्क परेकाे थियाे । ;सितल चिसो पहाडमा बस्ने निर्बोध केटोले सबैभन्दा बढि गर्मीले तुरुरु पसिना चुहाउदै भए पनि नयाँ जगतमा प्रवेश गरेकाे अनुभूति गरेकाे थियाे ।

खाेई त्यतिबेला फुपु फुफाजुहरूसँग बसेकाे इन्द्रबहादुर राईकाे घर ? छेउमै रहेकाे हिरालाल, टि.अार विश्वकर्माकाे घर के भयाे ? अम्बिका श्रेष्ठकाे सुन्दर फूलबारी र घर ? खाेई रमेश नेपालीसँग साइकल सिकेकाे बुढासुब्बा मन्दिर अगाडि रहेकाे सानाे चाैरी ? ती स्थानमा नयाँ घरहरु बनेका रहेछन् ।

त्यतिबेला हामी बसेकाे घरकै छेउमा बुढासुब्बा मन्दिरका पुजारीकाे घर थियाे । बुढासुब्बामा पुजा गरेर पुजारीकाे भागमा परेकाे कुखुराकाे टाउकाे २५पैसा गाेटा पाइन्थ्याे । खुब खाइयाे । याे २०१८ सालकाे कुरा हाे ।

साइकल दिनभरिकाे दुइ रुपियामा पाइन्थ्याे । रमेश नेपाली र मैले एक एक रुपिया मिलाएर दिनभरकाे लागि साइकल बिजयपुरकाे उकालाे (सिहदेवीदेखि माथिकाे) कुनै ठाउँ बाेकेर घिसारेर बुढासुब्बा मन्दिर अगाडि रहेकाे सानाे चाैरीमा पुर्यायाै । दिनभर सिक्याैँ । बेलुकि फर्कदा रमेशले त्याे ओरालाेमा साइकल चढेर नै झार्याे । ढुङ्गा ढुङ्गाकाे खाल्डा खुल्डी परेकाे ओरालाेमा लडेर हातखुट्टा भाच्ने भाे भनेर म डराएकाे थिएँ । दिनभर साइकल सिक्दा हामी दुवैकाे हातखुट्टा भरि चाेटैचाेट लागेकाे थियाे । तर उ सहिसलामत बजार झर्न सफल भयाे ।

बुढासुब्बा मन्दिर म, पत्नी लक्ष्मी र बाजे ससुरा (३०३६सालतिर हाेला) गएका थियाैँ । बाजे ससुराले यहाँ त प्रसादकाे रूपमा रक्सी खानु पर्छ भने । बिहानै कसरी खानु ? दाेधारमा परेर पत्नीतर्फ हेरेकाे थिएँ । आँखाकै इशारामा तिनले सम्मति दिएपछि बाजे ससुरा र मैले एक बाेटल खाेयाबिर्के बिहानै बजाएका थियाैँ ।

बाजे ससुरा र म त्यतिबेला बसेकाे स्थानमा बस्न पुग्छु । अनायास तिनी बसेकाे ठाउँतिर हेर्न पुग्छु । रित्ताे ...

ती कुराहरू सम्झदा (नढाटी भनाैँ) म राेएँ त ? ती दिनहरू अत्यन्त रमणीय दिनहरू थिए । विलुप्त ती दिनहरू... कहाँ गए?
🔴
https://facebooklit.blogspot.com/2019/04/blog-post.html
२०७६वैशाख ८, धरान

Monday, November 5, 2018

(लघुलेख) फेसबुक





(लघुलेख)
फेसबुक

सरण राई

सेवानिवृत्त भएपछि समय काट्ने मेलाे फेसबुक भएकाे छ । म मात्र नभएर धेरै जना फेसबुकमा भुलिएका छन् ।
पहिला याे थिएन । भएकाे भए तन्नेरीकालमा निकै मजा लिइन्थ्याे हाेला । जे हाेस् बुढेसकालमै भए पनि यसकाे सदुपयाेग गरिदै छ।
बुढेसकालमा साहित्यकार बन्ने रहर पलायाे । साहित्य पाेस्ट गरेर लाइक र कमेन्ट तत्कालै पाउँदा पाइने अानन्दानुभूति बयान गरि साध्य छैन । जे हाेस् फेसबुकमा साहित्यकार भइएकाे छ ।
फेसबुकमा नै ३०००भन्दा बढि साहित्यकार साथी बनाएर मक्ख परिएकाे छ । एका दुइ बाहेक उनीहरू कसैसित भेट भएकाे छैन र भेटे पनि चिन्छन् हाेला जस्ताे लाग्दैन । भेट्ने प्रयाेजन पनि छैन । जे हाेस् नभेटे पनि साथी भएकै छन् ।
फेसबुक चलाउन थालेकाे सन २०१४ देखि मात्रै भए पनि अविवाहित केटि साथीहरूकाे विवाह भएकाे, नानी जन्मेकाे र हेर्दा हेर्दै परिपक्व भएकाे तस्विर देख्दा एक युग बितेजस्ताे लाग्छ । जे हाेस् कहिल्यै नभेटिएका वा कहिल्यै नभेटिने हजाराैं साथीहरूकाे जानकारी फेसबुकमा पाउँदा अनाैठाे, अाश्चर्य रअानन्द लागिरहेकै हुन्छ ।
साथीहरूकाे वा अरूकाे मृत्युकाे जानकारी फेसबुकले दिने गरेकाे छ । त्यस्ताे जानकारी पाए पछि फेसबुकमा नै श्रध्दाञ्जली पाेस्ट गरेर कर्तव्य निर्वाह गरिएकै छ । जे हाेस् बधाइ र श्रध्दाञ्जली दिन पनि फेसबुक हेर्नै पर्ने भएकाे छ ।
फेसबुकमा देखा परिरहदाँ अाफू जिउँदाे रहेकाे जानकारी र प्रमाण सम्प्रेषण भइरहृकाे हुन्छ । नत्र कता कहाँ कसकसलाइ अाफू पनि जिउँदाे छु भनिरहनु !
जे हाेस् अाफ्नाे अवसानमा मित्रहरू मलामि नअाए पनि अाफूले फेसबुकमा व्यक्त गरेकाे श्रध्दाञ्जली ब्याज सहितै प्राप्त हुने निश्चित छ । तर कठै ! त्याे अाफुले देख्न पाइने हाेइन ।
🔴
२०७५ कार्तिक १७ , विशाल चौक