(लघुउच्छ्वास )
होइन र ?!
सरण राई
आफुलाई न्युनमूल्याङ्कन (underestimate) गर्न गाह्रो हुँदो रहेछ | मानि लिऊ कोहि एकजना मर्योभने कसलाई के फरक पर्छ र !? यो संसार चलि रहेकै हुन्छ | त्यो एक जना अरु नभएर 'म' अथवा हामीमध्ये 'तपाईँ' आफु नै भए भने पनि केहि फरक पर्दैन | ' कारण म अथवा हामीमध्ये तपाईँ आफू नै नभए पछी फेरबदलको के महत्व हुन्छ र ? हामी आयौँ , आफ्नो अभिनय पूरा गर्यौँ र गयौँ... के फरक पर्छ र ! अभिनय गर्ने हामी नहुँदा अभिनय मन्चन गर्ने थलो यो धरालाई ! हामी त पात्र हौँ रे नाटकको ...नाटकको ! तर पनि आफु नभएको संसार कस्तो होला ? त्यो संसार कति रमाइलो हुँदो होला ?अहिले बाँचिरहेको हामीलाई कल्पना गर्ने छुट हुने कि नहुने ? कल्पना गर्नुहोस्, बाँचेको छौँ र त कल्पना गर्छौ | मरे पछी 'मरेको भोलिपल्ट दुई दिन [' मलाई वा हामीलाई सम्मान, माया , श्रध्दा, घृणा जे छ जिँउदो भएकै बेला अर्पण गर्नुहोस ....मरिसके पछी त डुमै राजा | ...मलाई अहिले यस्तो लाग्यो ,लाग्यो के लाग्छ र ! तपाईलाई कस्तो लाग्छ ,लाग्न पाउनु पर्छ .. लाग्न पाउनु जिउँदाे हुँदाकाे जिउँदाेकाे अधिकार हाे ,होइन र ?!
परिमार्जन २०७६।८।१२, धरान
No comments:
Post a Comment