(लघुआमालाप)
स्वर्णिम अवधि
सरण राई
स्वर्णिम अवधि
सरण राई
याे कालखण्ड म बाँचेकाे स्वर्णिम अवधि हाे । आज म याे अवधिमा छु, याे
भन्दा अघिकाे अवधिमा थिइनँ ।आउने भावी कालखण्डमा पनि म हुने छैन । तसर्थ
याे म बाँचिरहेकाे सुन्दर युगकाे मेराे अमूल्य अवधि हाे । मेराे हाे, मसँगै
याे अवधिमा बाँचिरहेका मेरा समकालिन मान्छेहरूकाे पनि हाे।
मान्छेले बाचुन्जेल जे गर्छ, भाेग्छ र पाउछ उसले गर्ने भाेग्ने र पाउने भनेकाे त्यति मात्र हाे । उ मरेपछि उसकाे केही हुँदैन । सब समाप्त । असल काम गरेर सन्ताेषसँग काेही मर्छन् भने काेही अनेकाैं दुष्कर्मकाे कारणले अन्तिममा छट्पटिदै मर्छन् । मर्नु त आखिर सबैले पर्छ । फटाहाहरू आफूलाइ अजम्बरिझै सम्झेर अनेकाैं तिकडम दुष्कर्म जालझेल धाेकाधढि गरेर सम्पत्ति कमाउछन्, माेजमज्जा भाेगविलासमा जीवन नष्ट गर्छन् र मर्दा घृणाकाे कुपात्र बन्छन् । तिनीहरू मर्दा कसैले शाेक मनाउदैनन्। जिउदा हुँदापनि कुकुरकाे जस्ताे जीवन तिनीहरूकाे, कसैले मनले श्रध्दा र सम्मान गर्दैनन् ।
कस्ताे कुरा गर्नु हुन्छ ? फटाहाहरूले नै मुलुक खाएका छन् र सबै तिनीहरूलाई नेता र आदर्श मानेर तिनकै पछि लागेका छन् । हाे नि । झलक्क हेर्दा त त्यस्तै देखिन्छ । कलियुग रे । सत्य र न्याय मरेकाे जस्ताे देखिन्छ ।
लाै फेरि आवरणकै पछि लागेर , टलकझलकमा झुक्किएर सत्य र न्याय छाेड्नेेकै आँखाले हेर्दा त्यस्ताे देखिन्छ । तर न्याय र सत्य नभएकाे खण्डमा सबैकाे जीवन कष्टकर दुरूह हुन्छ । समाज भ्रष्ट हुन्छ, त्यसले गर्दा साैहार्दता र सदभाव कहि कतै काेहीसँग हुँदैन । जस्ले आफ्नाे समकालिन साथी, दाजु भाइ दिदीबहिनीलाइ सम्मान सहयाेग र सद्भाव राख्दैन । बैगुणी उसले पनि ती सद्रगुणहरू अरुबाट पाउदैन ।
अरूकाे दुःखमा परपीडाकाे अानन्द मनाउने ले आफूलाई पर्दा पनि अरूले उसकाे पीडाकाे आनन्द लिन्छन् भन्ने बुझ्नु पर्दछ । यी यस्ता सामाजिक विकृतिकाे संवाहक सत्ता, सरकार र बिद्यमान दलहरू हुन् । सिध्दान्त, नैतिकता र सुविचार छाडेपछि यी कलङ्कित भए र सबैलाइ कलङ्कित बनाए । याे स्थितिबाट उम्किन नसकिने पाे हाे कि ? जस्ताे देखिन्छ ।
तर याे क्षणिक हाे , पराकाष्ठामा पुगेपछि जुन सुकै कुराकाे पनि अन्त हुन्छ नै । अहिलेका लाेभिपापीकाे अन्त नभइ मुलुक बन्न नसक्ने हुँदा यीनिहरूकाे पतन हुनै पर्छ । तानाशाहि ढालेर प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र ल्याउन सक्ने याे पिँढीले भ्रष्टतन्त्र र भ्रष्टाचारीहरूकाे अन्त गर्न नसक्ने कुरै छैन । आउने पिढीका लागि याे पिढीकाहरूले आफ्नाे स्वर्णिम अवधिकाे सदुपयाेग गर्ने नै छन् र गर्नै पर्दछ । यसाे भएमा मात्र म र मेरा समकालिनहरूकाे स्वर्णिम जीवन अवधि सार्थक हुन्छ ।
🔴
https://facebooklit.blogspot.com/2019/08/blog-post.html
२०७६।४।२७, धरान
https://facebooklit.blogspot.com/

No comments:
Post a Comment