(लघु संस्मरण)
उहिलेकाे कुरा खुइले
सरण राई
उहिलेकाे कुरा खुइले
सरण राई
उहिले छिनामखुमा १/५०( डेढ रूपिया ) मा १०० दाना सुन्तला (सयकडा डेढ
रूपिया) बेचेकाे सम्झना सम्झना मात्र भयाे । खरिदेहरू अाएर सुन्तलाकाे
बाेटहरू पुरै किन्थे । छानी छानी ठूलाे दाना मात्र लगेर मसिनाे कृकाैला
छाड्थे । त्याे सुन्तला चार दिनमा बाेकेर लगि धरानमा बेच्थे । एकदमै
बलियाेले ५०० दाना ढाकरमा बाेक्न सक्थ्याे । आईमाई केटाकेटीले २००/ ३००
बाेक्थे । बेचेकाे पैसाले धेरैले नुन लिएर फर्कन्थे ।
त्यतिबेला सुन्तला त छानि छानि ५० दानाभन्दा बढि नै दिनभरमा खाइन्थ्याे । त्याे कुरा अाज कसले पत्याउछ । डेढ रूपियामा सय दाना सुन्तला बेच्ने? उहिलेकाे कुरा खुइले । डेढ रूपियामा एक दाना सुन्तला माग्याे भने दिमाग सड्केकाे छ भनेर साेध्लान् अाजभाेलि । अब याे दन्त्यकथा !
सुन ४२/- रूपिया ताेला थियाे । राँगाकाे मासु १/- धार्नी र सुगुरकाे १/५० धार्नी खाने मान्छे मै हुँ । सेडामा २६०/- काे तलब खाएर अनुन्धान सहायकबाट जागिर थाल्ने पनि मै हुँ । २०३१ सालमा ४८०/- महिनावारी तलब सहायक प्राध्यापककाे थियाे । सुन २00/- ताेला थियाे । एक महिनाकाे तलबले दुई ताेला सुन अाउथ्याे । अहिले त प्राध्यापक त के अफिसरकाे एक महिनाकाे तलबले अाँधि ताेला सुन पनि किन्न अाउदैन ।
सुनकाे मूल्य बढेर २२०००/- हुँदा "सुनकाे मूल्य ५००००/- पुग्छ ,सुन किनेर राखे फायदा हुन्छ" एक जनाले भनेका थिए । हावादारी कुरा मनमनै साेचेकाे थिएँ । अहिले ५००००/- मा एक ताेला सुन कहाँ अाउछ ?
घडेरी जग्गाकाे कुरै नगराैँ! २०२२ सालमा अहिले हामी बसिरहेकाे धरानकाे घडेरी १८००/- प्रति कठ्ठा किनेकाे हाे । २०२१ सालकाे भूमि सुधारमा जग्गा सित्तै पाइन्छ, सरकारले बाँड्छ भन्थे । मधेशकाे राम्राे खेत १०००/- रूपिया प्रति बिघाहा पाइन्थ्याे । जमिनदारहरू अाफ्नाे सयाै बिगाहा जमिन सित्तै जाने भाे २५ बिघाहाकाे हदबन्दिले भनेर डराइरहेकाे बेला जग्गा काे किन्ने?
उहिलेकाे कुरा ! उहिलेकाे कुरा गर्न थालियाे भने किम्बदन्तिकाे पात्र भइन्छ । ल, तसर्थ अाज यति नै हाहाहा ...! उहिलेकाे सम्झनालाई सम्मान स्वरूप फेरि हाहाहा...!
२०७६ पुस ८, धरान