( उच्छ्वास कविता)
बिर्सन पैसा लाग्दैन
सरण राई
अनवरत यात्रामा
पाइतालाका अनेकन् डाेबहरू
मन मुटु मगजमा छापिए ।
ती डाेब झझल्काहरू
बिर्सन पैसा नलाग्ने भए पनि
बिर्सन सकिनँ
भन्दा नि चाहिनँ । चाहिनँ
ती बिर्सिए भने
मसँग
सम्झने नै के बाँकि रहन्छ र
बाँच्ने प्रयाेजन नै के रहन्छ र ?!
झुल्किरहने यादहरू नभए बाँच्न नै किन पर्छ र !
यादहरू नआए बाँच्न नै कहाँ सकिन्छ र ...
क्रमश...र क्रमश...र...र। अनि अनि ।।



No comments:
Post a Comment