(लघुसंस्मरण)
जन संघर्ष जारी छ
बिहानै प्रभातकालिन हिडाइ हिँडिरहदा २०४७ सालकाे जनजाति उत्थान मञ्चले धरानमा आयाेजना गरेकाे जुलुस र आमसभा सम्झन पुग्छु ।
त्याे कार्यक्रमका सक्रिय सहभागिहरू सभाकाे सभापतित्व गर्ने मे.थाम बहादुर राई स्व. भई सके । सभामा उद्घाेषण गर्ने स्व. ध्यान बहादुर राई, जुलुस र कार्यक्रमका सक्रिय सहभागी स्व. इन्द्रहाङ लिम्बू, स्व. प्रेमसिंह लिम्बू, स्व मे. इन्द्रजित लिम्बू,प्रमुख वक्ता स्व.पध्मरत्न तुलाधर ,काेषाध्यक्ष स्व. सालिक किरात,स्व. प्रसाद थेवे आदिलाई त्याे कार्यक्रमकाे नेतृत्व जनजाति उत्थान मञ्चकाे सचिवकाे हैसियतले मैले नै नेतृत्व गरेकाे हुँदा ती सबैलाई भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु ।
साे जुलुस र आमसभा संविधानमा धर्म निरपेक्षता, मातृभाषाहरूलाई राष्ट्रिय भाषाकाे मान्यता, जनजाति , महिला,दलित,मधेसी र पिछडिएकाहरूका लागि आरक्षणकाे संवैधानिक व्ववस्था आदि कायम हाेस् भन्ने मागका साथ संविधान सुझाव आयाेगकाे स्व. भरतमाेहन अधिकारीकाे धरानमा सुझाव संकलन गर्दै २०४७असार १७ गते आएकाे टाेलीमा १०,०००जनाकाे हस्ताक्षर सहितकाे लिखित सुझाव पेश गर्न आयाेजना गरीएकाे थियाे ।
जुलुस भूतपुर्व सैनिक भवनबाट सुरु भएर महेन्द्र क्याम्पसमा रहेकाे टाेलीलाई जुलुस सहित सुझाव हस्तान्तरण गरेर अनुशासित दुई पक्तिबध्द प्लेकार्ड बाेकेका २५,०००भन्दा बढि मानिसहरूकाे माैन जुलुसले भानुचाैक, देसिलाइन, पुरानाे बजार, सिंहदेवी चाैक , छाता चाैक भएर बजार परिक्रमा गरिसके पछि पब्लिक हाई स्कूलकाे मैदानमा आमसभामा परिणत भएकाे थियाे । आमसभामा पचासाै हजार मानिसकाे उपस्थितिले त्याे आमसभा धरानकाे सबैभन्दा ठूलाे आमसभा भएकाे थियाे ।बजार परिक्रमामा माइकबाट एनाउन्स गर्ने कार्य हङकङ रानाले गर्नु भएकाे थियाे ।
जुलुस र आमसभा गर्ने निर्णय गरे पश्च्यात सबै सदस्यहरू र सामाजिक संघसंस्था र धार्मिक संस्थाहरूलाई पनि सहभागिताकाे लागि पत्राचार गरियाे । डर थियाे कम मानिस भए लाजमर्दाे भइएला । २०० भन्दा बढि भए इज्जत जाेगिएला । तर जनजातिहरूकाे व्यापक सहभागिता , इसाइहरू नै ६/७ हजार , बाैध्दहरू त्यही हाराहारीमा,मुस्लिमहरू पनि उल्लेख्यरूपमा उपश्थित भएकाेले जुलुसकाे पहिलाे भाग भानुचाैक पुग्दा पनि सैनिक भवनबाट अझ मानिसहरू निस्किरहेका थिए । जुलुसमा सहभागी प्रा.सूर्यकुमार राई,प्रा. बिजया लिम्बू, प्रा.दुर्घाधन राई, माेतीराज ताम्राकार, ज्याेती ताम्राकार ,वर्तमान सुब्बा, राजेश फाेम्बाे , लक्ष्मी राई, सुदेश राई , गंगा राई लगायत थुप्रै प्राध्यापक, शिक्षक , बिध्दार्थी, गृहिणी महिलाहरूकाे सहभागिता अनमाेल थियाे । अँध्याराेबाट उज्यालाेमा आउने प्रयत्न थियाे त्याे ।गिरीराज आचार्य , ताङहाङ लिम्बू लगायत सक्रिय राजनैतिक कार्यकर्ता हरू पनि जुलुसमा पूरै सहभागी हुनु भएकाे थियाे ।
आमसभामा वक्ताहरू प्रमुख अतिथि तिलविक्रम नेम्वाङ, प्रमुख वक्ता पध्मरत्न तुलाधर, अशाेककुमार राई, सीताराम तामाङ, सुवाश नेम्वाङ, आनन्द सन्ताेषी राई, टङ्क राई हुनुहुन्थ्यो भने मैले जुलुस र आमसभाकाे उद्देश्य साथै संविधानमा समावेश गरिनुपर्ने मागहरू प्रश्तुत गरेकाे थिएँ । त्याे सभामा डा. हर्क गुरुङ पनि आउने कुरा प्रचार गरिएकाे थियाे । मैले नै उहाँसँग फाेनमा कुरा गरेर निश्चित गरेकाे थिएँ तर उहाँ आउन सक्नु भएन ।
जेहाेस् त्याे जनसङ्घर्षकै एउटा अभिन्न अङ्ग जनजाति आन्दाेलन र अभियानकाे एउटा अमिट ऐतिहासिक जुलुस र आमसभा हुन सक्याे । त्याे जुलुस र आमसभाले तत्कालिन संविधान निर्माण र राजनीतिमा महत्त्वपूर्ण प्रभाव पारेकाे थियाे ।
संविधान धर्म निरपेक्ष, मातृभाषा राष्ट्रिय भाषा भयाे, आरक्षणकाे कुरा नीति निर्देशक सिध्दान्तमा पारीयाे आदि सकारात्मक प्रभावहरू पर्याे भने नकारात्मक प्रभाव पनि जन्मियाे । सत्तासिनहरूले सदैव जनजातिहरूलाई दुश्मन देख्न थाले , दमन गर्ने कुरामा एकमत भएर अगाडि बढ्न थाले । फलस्वरूप जनआन्दाेलनबाट सबैले पाउने उपलब्धी र फायदा संकुचित हुन पुग्याे र अझै उत्पीडित, जनजाति, दलित, मधेसी, महिलाहरूले जनसङ्घर्ष गरिरहनु पर्ने अवस्था जन्मिन पुग्याे ।
अझै जनता पूर्णरूपमा सार्वभाैम बन्न न्यायप्रेमी जनताकाे जन सङ्घर्ष जारी रहि रहेकै छ ।