Followers

Wednesday, December 25, 2019

(लघु संस्मरण) उहिलेकाे कुरा खुइले

(लघु संस्मरण)
उहिलेकाे कुरा खुइले

सरण राई

उहिले छिनामखुमा १/५०( डेढ रूपिया ) मा १०० दाना सुन्तला (सयकडा डेढ रूपिया) बेचेकाे सम्झना सम्झना मात्र भयाे । खरिदेहरू अाएर सुन्तलाकाे बाेटहरू पुरै किन्थे । छानी छानी ठूलाे दाना मात्र लगेर मसिनाे कृकाैला छाड्थे । त्याे सुन्तला चार दिनमा बाेकेर लगि धरानमा बेच्थे । एकदमै बलियाेले ५०० दाना ढाकरमा बाेक्न सक्थ्याे । आईमाई केटाकेटीले २००/ ३०० बाेक्थे । बेचेकाे पैसाले धेरैले नुन लिएर फर्कन्थे ।
त्यतिबेला सुन्तला त छानि छानि ५० दानाभन्दा बढि नै दिनभरमा खाइन्थ्याे । त्याे कुरा अाज कसले पत्याउछ । डेढ रूपियामा सय दाना सुन्तला बेच्ने? उहिलेकाे कुरा खुइले । डेढ रूपियामा एक दाना सुन्तला माग्याे भने दिमाग सड्केकाे छ भनेर साेध्लान् अाजभाेलि । अब याे दन्त्यकथा !
सुन ४२/- रूपिया ताेला थियाे । राँगाकाे मासु १/- धार्नी र सुगुरकाे १/५० धार्नी खाने मान्छे मै हुँ । सेडामा २६०/- काे तलब खाएर अनुन्धान सहायकबाट जागिर थाल्ने पनि मै हुँ । २०३१ सालमा ४८०/- महिनावारी तलब सहायक प्राध्यापककाे थियाे । सुन २00/- ताेला थियाे । एक महिनाकाे तलबले दुई ताेला सुन अाउथ्याे । अहिले त प्राध्यापक त के अफिसरकाे एक महिनाकाे तलबले अाँधि ताेला सुन पनि किन्न अाउदैन ।
सुनकाे मूल्य बढेर २२०००/- हुँदा "सुनकाे मूल्य ५००००/- पुग्छ ,सुन किनेर राखे फायदा हुन्छ" एक जनाले भनेका थिए । हावादारी कुरा मनमन‌ै साेचेकाे थिएँ । अहिले ५००००/- मा एक ताेला सुन कहाँ अाउछ ?
घडेरी जग्गाकाे कुरै नगराैँ! २०२२ सालमा अहिले हामी बसिरहेकाे धरानकाे घडेरी १८००/- प्रति कठ्ठा किनेकाे हाे । २०२१ सालकाे भूमि सुधारमा जग्गा सित्तै पाइन्छ, सरकारले बाँड्छ भन्थे । मधेशकाे राम्राे खेत १०००/- रूपिया प्रति बिघाहा पाइन्थ्याे । जमिनदारहरू अाफ्नाे सयाै बिगाहा जमिन सित्तै जाने भाे २५ बिघाहाकाे हदबन्दिले भनेर डराइरहेकाे बेला जग्गा काे किन्ने?
उहिलेकाे कुरा ! उहिलेकाे कुरा गर्न थालियाे भने किम्बदन्तिकाे पात्र भइन्छ । ल, तसर्थ अाज यति नै हाहाहा ...! उहिलेकाे सम्झनालाई सम्मान स्वरूप फेरि हाहाहा...!

२०७६ पुस ८, धरान

Sunday, December 22, 2019

(व्यङ्ग) मुर्ख वाणी

(व्यङ्ग)
मुर्ख वाणी

सरण राई

मु्र्खहरूकाे सङ्गत र उठबसबाट निम्न मुर्ख वाणीहरूकाे अाविष्कार भएकाे छ, जुन अाफूलाई बुध्दिमान सम्झने मुर्ख, मूर्ख हुन नचाहने परिश्रमीहरू, बुध्दिमान र मुर्खहरू सबैलाई उपयाेगी हुनेछ ।
१. मुर्खहरूले महामुर्खलाई मात्र सम्मान र सहयाेग गर्छन् । ( कारण याेग्य र बुध्दिमान छुटाउने ल्यागत मुर्खहरूसित हुँदैन ।)
२. अयाेग्य, अशिक्षित र मुर्खहरूकाे समुदायमा याेग्य र बुध्दिमानहरूले सम्मान र सहयाेग पाउदैनन् । ( कारण अयाेग्य र मुर्खहरूलाई याेग्यता र ज्ञानबारे केही पनि थाहा हुँदैन ।)
३. मुर्खहरू बहुमतमा भएकाे देशमा फाेहाेरी राजनीति झ्याङ्गिन्छ ।( कारण असल राजनीतिबारे मुर्खहरूलाई ज्ञान नहुँदा फाेहाेरी राजनीतिकै दलदलमा मुर्खहरू भासिने हुन्छन् ।)
४. मुर्खहरूले छानेकाे महामुर्खले चारैतिर भडखालाे मात्र निर्माण गर्छ ।( कारण मुर्खहरूलाई भडखालाेमा जाकेर तह लगाउन सकिन्छ भन्ने महामुर्खकाे साेच हुन्छ ।)
५. मुर्खहरूलाई ज्ञान तीताे लाग्छ। ( कारण स्वादबारे तीताे मात्र मुर्खहरूलाई थाहा हुन्छ । अरू स्वादबारे उनीहरूलाई ज्ञान हुँदैन ।)
६. मुर्खहरूबाट सम्मान र सहयाेगकाे अाशा गर्ने मानिस महामुर्ख हाे । (कारण मुर्खहरूले सम्मान र सहयाेग गर्न जानेका हुँदैनन् ।)
७. मुर्खहरूले सञ्चालन गर्ने देश र संस्थाले पतनतिर लैजान्छ ।( कारण मुर्खता नै पतनकाे जननी हाे ।)

(२०७६ पाैष ५, धरान)

८. मुर्खकाे हातमा राजनीति ।
९. बार वर्ष विध्दानकाे सङ्गतमा पनि मूर्ख उस्ताकाे उस्तै ।
१०. नकच्चरा बिध्द्वानकाे बुध्दि महामुर्खकाे अगाडि स्तुति बुध्दि मात्र रहन्छ तसर्थ मुर्खहरूले शासन गर्छन् ।
११. मुर्खकाे स्तुति गर्ने विध्द्वान सबैभन्दा ठूलाे मुर्ख हाे ।
१२. मुर्खहरूकाे देशमा बुध्दि बिक्तैन ।
१३. मुर्खतामा बुध्दि मिसाउन सकिँदैन ।
१४. ज्ञान र मुर्खता एकै ठाउँ बस्दैन जसरी अागाे र पानी, अँध्याराे र उज्यालाे र दिन र रात ।
१५. मुर्खहरूले ढुकुटिकाे जिम्मा चाेरलाई दिन्छन् ।

( थपथाप-- २०७६ पुस ६, धरान)

१६. मुर्खहरूका लागि धुर्तहरूले गज्जब, भ्रमपूर्ण , काल्पनिक नक्कली र छली संसार रचना गरेका छन् र त्यसैमा अज्ञानताकाे आनन्दमा मुर्खहरू रमाउछन् साथै यथार्थ थाहै नपाई, सत्य नजानि अन्याय भाेग्दै मर्छन् ।
१७. मूर्खलाई भ्रमित पार्न सजिलाे भएकैले संसार धुर्तहरूकाे कब्जामा रहेकाे छ ।
१८. मुर्खहरूकै लागि आवरणले झकिझकाउ धेरै बस्तुहरू बनाइएका छन् र ती बिकिरहन्छन् । आवरणमै मुर्खहरू भुलिन्छन् ।
१९. मुर्खता वा अज्ञानताकाे आनन्द यथार्थ नभए पनि भाेग्न सक्नु पाउनुले सांसारिक जीवन सहज महसुस हुने भ्रान्ति जीवनसँग उप्काउनै नमिल्ने गरि टाँसिएकाे हुन्छ ।
२०. धेरै आनन्द भ्रम र मुर्खताबाट प्राप्त हुन्छ ।
२१. मुर्ख बीनाकाे विश्व कल्पना गर्न सकिँदैन ।

( थपथाप-- २०७६ पुष ७, धरान)
२२. मूर्खले खुशामद र प्रशंसाकाे फरक छुट्टाउन सक्दैन । तसर्थ खुसामद गरेर धु्र्तहरूले मुर्खलाई फसाउछन् ।
२३. मुर्खहरूले विश्व भरिएकाेले मुर्खहरूकै लागि नक्कली बस्तु उत्पादन गरेर नाफा कमाउने दाैड चलिरहन्छ ।
२४. प्रकृतिकाे रहस्य थाहा नहुँदा मानिस मूर्ख बन्छ ।
२५. मूर्ख अन्धविश्वासी, मुर्ख र जिद्दी हुने भएकाेले ज्ञानकाे बाटाे उसैले अाफ्ना लागि पनि अवरूध्द पारेकाे हुन्छ ।
२६. महामुर्ख हुन सके संसार रमाइलाे हुन्छ ।
२७. प्रत्येक मानिसमा मुर्खता माैजुद रहन्छ । सांसारिक अानन्द माया माेहले त्याे मुर्खतामा अागाेमा घिउकाे काम गर्छ र अवाञ्चित गतिले पतन तिर लैजान्छ । मुर्खताले क्षणिक अानन्द खातिर सब त्याग्न तत्पर बनाउँछ ।

( थपथाप- २०७६ पुस ८, धरान)
🔴
https://facebooklit.blogspot.com/2019/12/blog-post_22.html
🌹🌹🌹
क्रमश:

प्रा. बालकृष्ण पाेखरेल

Tuesday, December 3, 2019

(लघुलेख) दास लास

(लघुलेख)
दास लास

सरण राई

दास मानसिकताकाे कारण मालिक नेता दलबाट जीवनभर त दास भयाे भयाे, मृत्युु पछि लास पनि पार्टीको झन्डा अाेडाएर दास लास हुने पध्दति नेपालका सिध्दान्तच्युत दलहरूले थालेका पालेका छन् ।
मरेपछि मुर्दा पनि पार्टिकाे मातहत कब्जामा ।बिचरा जीवनभर पार्टीको दास रह्यो , मरेपछि पनि पार्टीको दासताबाट मुक्ति नपाउने । यस्तो दासहरू कति धेरै रहेछन् । सधै मानसिक दास , मरेपछि पनि लाश दास ।
ठुलै याेगदान गरे राष्ट्रिय झन्डा अाेडाउनु सम्मान हाेला तर पार्टीको थाेत्राे झन्डाकाे के तुक ?
देश भडखालाेमा हाल्नमा नेताभन्दा धेरै यी दास कार्यकर्ता दाेषी छन् ।यिनीहरू मरिसकेपछि पनि स्वत्रन्त्र हुँदैनन् । दास लास बन्छन् ।
दासहरू भेडाजस्तै हुने भएकाले तिनीहरू न्याय , सत्य र सुन्दर भविष्यका पक्षमा साेच्न, बाेल्न र काम गर्ने नसक्ने भएकैले फाेहाेरी राजनीतिले तिनीहरूकाे जीवन अत्यन्त कष्टकर बनाएकाे छ । तर उनीहरू याे बुझ्दैनन् । अझ दु:खकाे कुरा उनीहरू बुझ्न चाहदैनन् ।

२०७४ मङ्सिर १७, धरान