Followers

Saturday, September 28, 2019

(लघुसंस्मरण) एक समय

(लघुसंस्मरण)
एक समय

सरण राई

एक समय थियाे, रेडियाेकाे लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन दिनभर लाग्ने । दिनभर लाग्नु पर्ने चाहिँ कर्मचारीहरूले रेडियाे घन्काएर दिनभर सुनेर साझमा मात्र लाइसेन्स दिने हुनाले हाे ।
त्यति बेला टाेटावाल बन्दुक पनि किनबेच हुन्थ्याे ।
त्यतिबेला बन्दुककाे पनि लाइसेन्स लिनु पर्ने भए पनि सजिलै पाइने । पल्टनबाट अाउने लाहुरेहरूले सिङ्गल वा जाेर टाेटावाल बन्दुक ल्याउथे र सुन, रेडियाेजस्तै बिक्री गर्थे । बन्दुक ल्याउदा फायदा हुन्थ्याे ।छुट्टिभरि सिकार खेल्याे र छुट्टि सकिएर फर्कने बेला बेच्याे ।
त्यस्काे केही समय पछि टेलिभिजन अायाे, टेलिभिजनकाे पनि लाइसेन्स लिनु पर्थ्याे । स्यामश्वेत र रङ्गिनकाे राजस्व फरक फरक थियाे । त्याे बेला एन्टेना ठडिएकाे घरकाे बेग्लै इज्जत हुन्थ्याे । टेलिभिजन हेर्न टाेलभरिका मान्छे जम्मा हुन्थे , एकजनाले एन्टेना घुमाउनु पर्ने र ठीक देखिने भए पछि कराएर भन्नू पर्ने ।बिजुली नभएकाे गाउँघरमा त बेटरी चार्ज गर्नु पर्ने भएकाेले टेलिभिजन हेर्नेसँग पैसा पनि लिइन्थ्याे । हेर्नेले पनि राजीखुसीले नै तिर्थ्याे ।
बन्दुककाे बारेमा चाहिँ तात्कालिन सरकारले बन्दुक बुझाउन उर्दि जारी गरेर जम्मा गरेर राख्याे । केही बन्दुक माअाेवादिले लग्याे ।शान्ति भएपछि फिर्ता गर्ने भनिएकाे थियाे, अझैसम्म फिर्ता भएकाे छैन । जनता नागरिक नभई सकेकाे अवस्थामा निरस्त्रीकरण भएका छन्। अहिले बन्दुक सर्वसाधारणकाे पहुचमा छैन ।
यी कुराहरू काे चर्चा गर्नुकाे अाशय छाेटाे समयमा नै प्रविधिकाे विकास र इतिहासकाे द्रुत गतिप्रति युवाहरूकाे ध्यान अाकर्षित गर्नु हाे । युवाहरू प्रविधि र इतिहासकाे द्रुत गतिसँगै अगाडि बढ्न सकुन् र नयाँ समाज निर्माणमा अभियन्ता बन्न सकुन् ! याे युगकाे पुकार हाे ।

२०७६/६/७,धरान