Followers

Monday, November 5, 2018

(लघुलेख) फेसबुक





(लघुलेख)
फेसबुक

सरण राई

सेवानिवृत्त भएपछि समय काट्ने मेलाे फेसबुक भएकाे छ । म मात्र नभएर धेरै जना फेसबुकमा भुलिएका छन् ।
पहिला याे थिएन । भएकाे भए तन्नेरीकालमा निकै मजा लिइन्थ्याे हाेला । जे हाेस् बुढेसकालमै भए पनि यसकाे सदुपयाेग गरिदै छ।
बुढेसकालमा साहित्यकार बन्ने रहर पलायाे । साहित्य पाेस्ट गरेर लाइक र कमेन्ट तत्कालै पाउँदा पाइने अानन्दानुभूति बयान गरि साध्य छैन । जे हाेस् फेसबुकमा साहित्यकार भइएकाे छ ।
फेसबुकमा नै ३०००भन्दा बढि साहित्यकार साथी बनाएर मक्ख परिएकाे छ । एका दुइ बाहेक उनीहरू कसैसित भेट भएकाे छैन र भेटे पनि चिन्छन् हाेला जस्ताे लाग्दैन । भेट्ने प्रयाेजन पनि छैन । जे हाेस् नभेटे पनि साथी भएकै छन् ।
फेसबुक चलाउन थालेकाे सन २०१४ देखि मात्रै भए पनि अविवाहित केटि साथीहरूकाे विवाह भएकाे, नानी जन्मेकाे र हेर्दा हेर्दै परिपक्व भएकाे तस्विर देख्दा एक युग बितेजस्ताे लाग्छ । जे हाेस् कहिल्यै नभेटिएका वा कहिल्यै नभेटिने हजाराैं साथीहरूकाे जानकारी फेसबुकमा पाउँदा अनाैठाे, अाश्चर्य रअानन्द लागिरहेकै हुन्छ ।
साथीहरूकाे वा अरूकाे मृत्युकाे जानकारी फेसबुकले दिने गरेकाे छ । त्यस्ताे जानकारी पाए पछि फेसबुकमा नै श्रध्दाञ्जली पाेस्ट गरेर कर्तव्य निर्वाह गरिएकै छ । जे हाेस् बधाइ र श्रध्दाञ्जली दिन पनि फेसबुक हेर्नै पर्ने भएकाे छ ।
फेसबुकमा देखा परिरहदाँ अाफू जिउँदाे रहेकाे जानकारी र प्रमाण सम्प्रेषण भइरहृकाे हुन्छ । नत्र कता कहाँ कसकसलाइ अाफू पनि जिउँदाे छु भनिरहनु !
जे हाेस् अाफ्नाे अवसानमा मित्रहरू मलामि नअाए पनि अाफूले फेसबुकमा व्यक्त गरेकाे श्रध्दाञ्जली ब्याज सहितै प्राप्त हुने निश्चित छ । तर कठै ! त्याे अाफुले देख्न पाइने हाेइन ।
🔴
२०७५ कार्तिक १७ , विशाल चौक