Followers

Wednesday, October 31, 2018

(लघुसंस्मरण) मूल्यवान पैसा

(लघुसंस्मरण)
मूल्यवान पैसा

सरण राई

तराईमा गर्मिकाे समयमा त्यति बेला माेर्निङ स्कुल लाग्थ्याे ।
भर्खर पहाडबाट झरेकाे १४वर्षकाे मलाई धरान ठूलै झिलीमिली सहर लाग्थ्याे । माेटरगाडि, साइकल , गर्मि, सिनेमा, मलेरिया र मान्छेकाे भीडसँग पहिलाे पल्ट मेराे परिचय भएकाे थियाे ।
त्यति बेला माेर्निङ स्कुलमा भाेक लागि रहन्थ्याे । पाँचपैसै तामाकाे ढ्याक (जसकाे ताैल झन्डै५००ग्राम हुन्थ्याे र खाेप्पि खेल्नेहरूले त्यसलाई ठिनी बनाउथे ) तिरेपछि निकै ठूलाे अालुचप पाइन्थ्याे । त्याे खाएपछि भाेक केही मत्थर हुन्थ्याे । छाताचाैक छेउमा चियाकाे पसल थियाे । तराइमा त्यति बेला भा. रू.कै चलनचल्ति थियाे। माे.रू एक रूपैयालाई दशअाना भनिन्थ्याे । दुई अाना (१०पैसा माे.रू.काे एकअाना भा. रू. ) कप चिया पाइन्थ्याे । एक अानाकाे हाफ कप चियाकाे तृप्ति अहिलेकाे २०रूपिया कपकाे चियाले दिन सकेकाे छैन ।
पब्लिक हाई स्कुलमा नाै कक्षामा पढ्दा एकराज राईले हाफपाइडलमा चढेर साइकल कुदाएकाे देख्दा अानन्द र अाश्चर्य लाग्थ्याे । पछि रमेश नेपालीसँग दुई रूपियामा दिनभर साइकल रिजर्भ गरेर घाउचाेट हुँदै साइकल चढ्न सिकियाे। त्यसपछि कच्चि सडकमा घन्टि बजाउदै , नयाँबजार, पुतलीबजार,मङ्गलबारे हुँदै धरान बजारकाे चक्कर लगाउँदाकाे अानन्द बिर्सिनसक्नु थियाे ।
सिनेमा युवाहरूकाे लत थियाे । सिनेमा हलमा नगई फिल्म हेर्न पाइदैन वा सकिदैनथ्याे । साताैं घन्टिकाे संस्कृतकाे पुरै क्लास खालि गरेर ९ र १० कक्षाका हामी सिनेमा हेर्न जान्थ्याे । चाैथाे श्रेणिकाे टिकटकाे मूल्य साढे चार अाना याने ४५पैसाका दरले सबैले जम्मा गरेर साथी इन्द्रकुमार श्रेष्टलाई पहिला नै टिकट काट्न पठाउथ्याे । पर्दासँगै टाँसिएकाे बेन्चमा बसेर टारजन, हावामहल, जब प्यार किसिसे हाेता है अादि फिल्म हेर्दाकाे अानन्द अझै मनभित्र समेटिएकै छ ।
इष्टमेन कलरकाे रङ्गिन फिल्महरू अाउन थालेपछि त झन् सिनेमा छाड्नै नसकिने लत बस्याे । जीवनमा त्यति बेलै सबैभन्दा धेरै सिनेमा हेरियाे ।
🔴
२०७५ कातिक १३, विशालचाैक

Monday, October 29, 2018

आफूमाथिको विश्वास



सरण राई

मन पानी भएर सजिलोतर्फ़ बग्न खोज्छ , बतासजस्तै हलुङ्गो भएर उड्न चाहन्छ तर म चाहन्छु यो मन हिमाल जस्तो स्थिर भएर उभियोस् ! मृत्युको अन्तिम क्षणसम्म मेरो आफूमाथिको विश्वास कायम रहोस् |

भौतिकवाद र आदर्शवादको चर्को द्वन्दमा फसेका आजका मानिसहरु आफ्नो अनुकूल अवस्था हेरी कहिले भौतिकवादी कहिले आदर्शवादी हुने गर्छन्|

ममाथि पनि दुवैको प्रभाव उत्तिकै छ | द्वन्द्वात्मक भौतिकवादबाट प्रभावित भएको छु | प्रमाण र अवलोकनको आधारमा सत्य तथ्य स्वीकार्न चाहन्छु , बैज्ञानिक दृष्टिकोण राख्न चाहन्छु तर जब शारीरिक अस्वस्थता , मानसिक अशान्ति र प्रतिकुल परिस्थिति हुन्छ , मन अत्तालिन्छ | सहाराको खोजि गर्छ |
असहाय भएको बेला , मनोबल गिरेको बेला र एक्लो भएको बेला आफूमाथिको विश्वास धर्मराउन थालेको बेला अध्यात्मवादिहरुझैँ सब चिज भगवानमाथि सुम्पि दिऊ जस्तो लाग्नु अस्वाभाविक होइन |

सब चिज भगवानमाथि सुम्पिनु भनेको त आफ्नो अस्तित्व समाप्त पारेर अकर्मण्य बन्नु हो |आफूमाथिको विश्वास समाप्त हुनु हो |

र , म चाहन्छु जीवनको अन्तिम क्षणसम्म आफूमाथिको विश्वास कायम रहोस् |
आफूमाथिको विश्वास कायम रहोस् भनेर संघर्षरत छु ...र त जीवन भोगिरहेछु |

२०७० असोज ११, धरा

(लघु लेख ) हाम्रो अवस्था

(लघु लेख )
हाम्रो अवस्था

सरण राई

हामीले अहिले भोगिरहेको अवस्था र व्यवस्थाको विश्लेषण हुनुपर्ने हो र भईरहेको पनि छ तर अन्धाले हात्ती छामेर निकालेको निष्कर्ष जस्तै भैरहेको छ |

राज्यको ढुकुटीबाट मोज र भोज गर्न र गराउन सफल नव नेताहरुले मुलुकको अवस्था र व्यवस्था अत्यन्त उज्ज्वल रहेको विश्लेषण गरेर चुनावमा फेरी जितेर मोज र भोजको निरन्तरता दिईरहने सपना देखिरहेका छन् |

जनआन्दोलनको शक्तिद्वारा घोक्रेठ्याक लगाईएका प्रतिगामी , पुनरुत्थानवादी र प्रतिक्रियावादी शक्तिहरु पनि अन्यौलको वातावारण भईरहेमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर दाउ हेरिरहेका छन् |

जनताले आशा गरेका एवं जनआन्दोलनको नेतृत्व गरेका राजनैतिक शक्तिहरु संविधान बनाउन र मुलुक चलाउन असफल भएको मात्र नभएर घृणित स्वार्थको दलदलमा कहिल्यै उत्रण नसक्ने गरि फसेको देखेर जनमत उनीहरुका बिरुध्द बनेको अवस्था देखिन्छ |

सर्वशक्तिशाली अवस्थामा रहेका तिनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नु बाहेक अरु गतिलो काम केहि गरेनन् |संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भईसकेको हुनाले मुलुक अब त्यो भन्दा पछाडी फर्कन सक्दैन |

संविधान बनाउन र मुलुक चलाउन असफल राजनैतिक शक्तिहरु ज्याला लिएर काम पुरा नगर्ने श्रमिक सरह भएका छन् | तापनि फेरी त्यहि कामका लागि चुनाव हुने कुरा लिएर आएका छन् | मतदाताहरुसमक्ष फेरी तिनीहरु भोट माग्न आउने भएका छन् | उनीहरु आफ्नो गल्तीप्रति कहिल्यै जनतासामु माफी माग्नेवाला छैनन् |जनता भनेको उनीहरुको नजरमा दास हुन् , उनीहरुको हैकम हालीमुहालीमुनि पिसिनु पर्दछ - उनीहरुको धारणा छ |

"एकपल्ट कसैले धोका दिन्छभने धिक्कार छ धोका दिनेलाई , तर दोस्रो पल्ट वा बारम्बार पनि उसले धोका दिन्छ भने धिक्कार छ धोका पाउनेलाई |" मतदाताको स्थिति यस्तो रहेको छ |

अब मुलुक बचाउने जिम्मा मुलुकवासीको काँधमा आएको छ | सार्वभौमसत्ता सम्पन्न जनताले सत्य र मुलुकको पक्षमा उभिनु पर्ने भएको छ | पाखण्डी , बहुरुपी र भ्रष्ट नेता र बिचारको पछी नलाग्नु पनि असल शक्तिलाई साथ दिनु हो |

विद्यमान दल र नेताहरु आतङ्क , डर, त्रास फैलाएर , पैसा र सत्ताको दुरुपयोग गरेर गुण्डाराजको चुनाव चाहिरहेका छन् | यस्तै अवस्था र व्यवस्था रहिरहेमा स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव नारामा मात्र सिमित हुने निश्चित छ |यसो भएमा पाखण्डी , बहुरुपी र भ्रष्ट नेताहरुले चुनाव जित्ने छन् , चुनाव अर्थहीन हुने छ | मुलुक फेरी यथास्थितिको सिकार हुने छ |

स्वतन्त्र , निष्पक्ष र धाधलिरहित चुनाव भएमा जनता र राष्ट्र बलियो हुने छ | मुलुकलाई अग्रगमनतिर लैजाने अभिभारा मतदाताको हो | मतदाताले निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गरेमा अहिलेको अन्योलपूर्ण अवस्था र व्यवस्थाको अन्त्य भै नयाँ नेपालको मुहार देख्न पाइने थियो कि !

लोकतन्त्रको आधार चुनाव भएकोले ढिलो छिटो चुनाव हुन्छ नै | र, त्यो आगामी चुनावमा निभिक भएर, अन्ध समर्थक होइन विवेक प्रयोग गरेर साथै देशप्रति अत्यन्त उत्तरदायी भएर मत प्रयोग गर्नु मतदाताको दायित्व भएको छ | आफ्नो दायित्व पुरा गरौँ , देश स्वत: बन्नेछ !

२०७० भदो १, ध रा न

(लघुसंस्मरण) मूल्यवान पैसा

(लघुसंस्मरण)
मूल्यवान पैसा
सरण राई
तराईमा गर्मिकाे समयमा त्यति बेला माेर्निङ स्कुल लाग्थ्याे ।
भर्खर पहाडबाट झरेकाे १४वर्षकाे मलाई धरान ठूलै झिलीमिली सहर लाग्थ्याे । माेटरगाडि, साइकल , गर्मि, सिनेमा, मलेरिया र मान्छेकाे भीडसँग पहिलाे पल्ट मेराे परिचय भएकाे थियाे ।
त्यति बेला माेर्निङ स्कुलमा भाेक लागि रहन्थ्याे । पाँचपैसै तामाकाे ढ्याक (जसकाे ताैल झन्डै५००ग्राम हुन्थ्याे र खाेप्पि खेल्नेहरूले त्यसलाई ठिनी बनाउथे ) तिरेपछि निकै ठूलाे अालुचप पाइन्थ्याे । त्याे खाएपछि भाेक केही मत्थर हुन्थ्याे । छाताचाैक छेउमा चियाकाे पसल थियाे । तराइमा त्यति बेला भा. रू.कै चलनचल्ति थियाे। माे.रू एक रूपैयालाई दशअाना भनिन्थ्याे । दुई अाना (१०पैसा माे.रू.काे एकअाना भा. रू. ) कप चिया पाइन्थ्याे । एक अानाकाे हाफ कप चियाकाे तृप्ति अहिलेकाे २०रूपिया कपकाे चियाले दिन सकेकाे छैन ।
पब्लिक हाई स्कुलमा नाै कक्षामा पढ्दा एकराज राईले हाफपाइडलमा चढेर साइकल कुदाएकाे देख्दा अानन्द र अाश्चर्य लाग्थ्याे । पछि रमेश नेपालीसँग दुई रूपियामा दिनभर साइकल रिजर्भ गरेर घाउचाेट हुँदै साइकल चढ्न सिकियाे। त्यसपछि कच्चि सडकमा घन्टि बजाउदै , नयाँबजार, पुतलीबजार,मङ्गलबारे हुँदै धरान बजारकाे चक्कर लगाउँदाकाे अानन्द बिर्सिनसक्नु थियाे ।
सिनेमा युवाहरूकाे लत थियाे । सिनेमा हलमा नगई फिल्म हेर्न पाइदैन वा सकिदैनथ्याे । साताैं घन्टिकाे संस्कृतकाे पुरै क्लास खालि गरेर ९ र १० कक्षाका हामी सिनेमा हेर्न जान्थ्याे । चाैथाे श्रेणिकाे टिकटकाे मूल्य साढे चार अाना याने ४५पैसाका दरले सबैले जम्मा गरेर साथी इन्द्रकुमार श्रेष्टलाई पहिला नै टिकट काट्न पठाउथ्याे । पर्दासँगै टाँसिएकाे बेन्चमा बसेर टारजन, हावामहल, जब प्यार किसिसे हाेता है अादि फिल्म हेर्दाकाे अानन्द अझै मनभित्र समेटिएकै छ ।
इष्टमेन कलरकाे रङ्गिन फिल्महरू अाउन थालेपछि त झन् सिनेमा छाड्नै नसकिने लत बस्याे । जीवनमा त्यति बेलै सबैभन्दा धेरै सिनेमा हेरियाे ।
🔴
२०७५ कातिक १३, विशालचाैक



Friday, October 26, 2018

(लधुलेख) हारकाे मजा

(लधुलेख)
हारकाे मजा

सरण राई

जनतामार्काका हामी हारमा अानन्द पाउछाै । राम्रो काम गर्नेलाई छाडेर नराम्राेलाई राेज्छाैँ ।
अन्धभक्त अन्धपिछलग्गु हुन विवेक बुध्दि धराैटि राखेर खाटि जनतामार्का मतदाता बन्छाैँ ।
नराम्रो राेजेपछि राम्रो अाशे भजने भक्त बन्छाै र रसातललाई रमणीय स्थान सम्झने महामुर्ख हुन्छाैँ ।
यस्ता हामी किनबेचकाे पशुमा रूपान्तरण भएकैले बारम्बार थाहै नपाई (धेरैजसाे थाहा पाईपाई) बेचिन्छाैँ । बेच्नेलाई महान् मान्नु र उसैकाे दास बन्नु पाैरख बहादुरी । इमानदार हुनु रे अाफै बेचिएर ।
बेचिनेले माेल पाउने कुरै हुँदैन । बेचिनेहरू सदैव हरिकङ्गाल गरिब रहने हुनाले सदैव किनबेच हुने नै भयाे । यस्तो स्थिति रहेसम्म बेचिनेहरू हारमा अानन्द लिने यन्त्रमानव हुन्छन् । यसै भएकाेले प्रजातन्त्र , लाेकतन्त्र, गणतन्त्र नाैटङ्की बन्दैछ ।
यस्तो पीडाबाट वच्न के गर्नुपर्ला ? यन्त्रमानवहरूले नै साेच्ने बेला भएको छ।



***

२०७५ असाेज २४.

(लघुनिबन्ध) लिएर जाने केही छैन

(लघुनिबन्ध)
लिएर जाने केही छैन

सरण राई

जीवनका सुरुका समयहरूमा जुट्दै अाउछन्- बलबैश, तागत , जाेशजाँगर, साथीसँगी, पदप्रतिस्था, धनसम्पत्ति साथै साथदिने जीवन साथी, छाेराछा्ेरी,ज्वाँइबुहारी ,नातिनातिना अादि अादि । सबैतिरबाट साथ पाईन्छ । साथ समयले पनि दिन्छ उमेर छउन्जेल ।
जब उमेर ढल्कदै जान्छ उपराेक्त कुराहरूले
क्रमश: छाड्न थाल्छ । सबैभन्दा पहिला स्वार्थी साथीहरूले, बलबैंश तागतले अनि अाफना भनिनेहरूले पनि साथ छाेड्छन् । सबै अाफूलाई मन परेकाे वस्तुहरू, मनाेरञ्जन,साैन्दर्य र सुन्दर चिजहरू अन्तमा स्वास्थ्यले पनि छाेड्न थाल्छ ।एक एक कुराहरू छुट्दै जान्छ । रमाइलो संसार पनि एक दिन छुट्छ । बाँकि अाफूसित के रहन्छ र ?
अाफ्नाे अन्तिम क्षणमा मनमा सन्तोष रहनु ठूलाे कुराे हाे । बाचुन्जेल अन्याय , अत्याचार र असत्य काम गरीएन भने अाेठमा अप्रतिम मुस्कान बाेकेर गाैतम बुध्दझैँ सन्ताेषसाथ मर्न सकिन्छ ।
अर्कालाई थिचोमिचो , अन्याय असति काम गरेर जतिसुकै धन थुपारेकाे भए पनि लान पाइने हाेइन । अाखिर लिएर जाने केही हाेइन ।
लिअाे टाल्सटायले भनेझै "जबसम्म मसँग दुई जाेर लुगा र दुई छाक खाना हुन्छ , म संसारमा निरन्तर चलिरहेकाे पाप कार्यमा सरीक भईरहेकाे हुन्छु ।"
अाखिर लिएर जाने केही हाेइन भने किन संसारमा निरन्तर चलिरहेकाे पापमा सरीक हुने ?

 ***
२०७५असाेज २६,सुमेरु अस्पताल