(लघुलेख )
आख्यान
सरण राई
हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेका छन् | इश्वर , राक्षस , स्वर्ग , नरक , पाप, पुण्यले आज पनि आधुनिक भनाउँदा मान्छेहरुको दिमाग भरिएको छ | हिजोका आख्यानहरु आज धार्मिक शास्र बनेजस्तै आजका आख्यानहरु भोलि 'मनुवा जीवन संचालन गर्ने नीतिशास्र' बन्न सक्छन् |
अचम्भ लाग्दो कुरा ठुलाठुला अस्पतालहरुमा भगवानका फोटाहरु टाङिएका छन् | आधुनिक बैज्ञानिक मानव शरीरको अध्ययन गरेर उपचार गर्नेहरु झन् धेरै हिजोका आख्यानबाट प्रभावित देखिन्छन् वा इश्वर देखाएर आफ्नो त्रुटिपूर्ण उपचार, उपचारमा गरिने गल्ती छोप्ने प्रयत्न गरिरहेका छन् |
झन् धेरै पढेकाहरू आख्यान र यथार्थ छुट्टाउँन नचाहने, भ्रमहरुको अझ धेरै अन्ध समर्थक-संरक्षक देखिन्छन् | संकुचित स्वार्थप्रेरित उनीहरु ...
जेहोस् हिजोका आख्यानकारहरु आजका जीवन पध्दति नियन्त्रण गर्न पूर्ण सफल भएजस्तै आजका आख्यानकारहरुले पनि भोलिको मनुवा जीवन प्रभावित पार्न पूर्ण सफल हुने किसिमले लेख्नु पर्दछ !
२०७३ माघ ११,धरान
फेस्बुके साहित्य..
http://facebooklit.blogspot.com/