(लघु लेख )
महाभूकम्प र सुअवसर
सरण राई
महाभूकम्प र सुअवसर
सरण राई
संकटले नै महान् मानिसहरुको परीक्षा लिन्छ | यस्तो परीक्षामा हाम्रा
अधिकांस नेताहरु परीक्षाभन्दा पहिला नै फेल भैसकेका छन् |अहिले उनीहरुको
नजर विदेशबाट भूकम्पपीडितका लागि आउने रकममा केन्द्रित रहेकोले
उनीहरुका कार्यकर्ताहरु पार्टीको झण्डा लिएर चन्दा संकलनमा सडकमा ,सहरमा र
गाउँ घरमा निस्किएका छैनन् | भूकम्पपीडितका लागि आउने रकम कसरी
बढीभन्दा बढी कुम्ल्याउन सकिन्छ भन्ने कुरामा भ्रस्ट नेताहरु केन्द्रित
छन् |यसको उदाहरण सिराहाको नेताले रोगले मरेका दुइ मानिसहरुको नाम पनि
भूकम्पले मरेका मानिसहरुको सुचिमा राख्न प्रहरीलाई दवाव दिनु हो
(कान्तिपुरमा प्रकाशित समाचार अनुसार)|
अब जनता सचेत हुने बेला भएको छ | सरकारको कामकारवाही चनाखो भएर अवलोकन गर्नु पर्ने भएको छ | राजनैतिक कार्यकर्ताले नेताको अन्धभक्त नभएर सहि राजनीति कस्तो हुन्छ बुझ्नु पर्ने बेला भएको छ | जनता /नागरिक नेता र दलहरुका दास होइनन भन्ने प्रमाणित गर्ने अवसर यो विनासकारी महाभूकम्पले प्रदान गरेको छ | सरकार,दल र नेताहरुको परीक्षा यो महाभूकम्पको संकटले लिइरहेको छ | उनीहरुको नैतिकताको परीक्षा भईरहेको छ | यो परिक्षामा फेल हुने नेता र दल सधैको लागि फेल हुनेछ |
यो महाभूकम्पको संकटले जनता/ सर्वसाधारण आम मान्छे सबै बुध्दिजिवी, ब्यापारी,राजनैतिक कार्यकर्ता आदि सबैको परीक्षा लिईरहेको छ | को कति नैतिकवान, धैर्यवान र इमानदार छ ,जांची रहेको छ | यो घडीमा हामी सबै नेपालीहरुले नैतिकवान, धैर्यवान र इमानदार भएर राजनीति,जातजाति,धर्म र निजि स्वार्थभन्दा माथि उठेर अभूतपूर्व एकता प्रदर्शन गर्दै यो संकटको सामना गर्न सक्यो भने मात्र हामी परिक्षामा उतिर्ण हुनेछौ |
यो पुस्ताले अनेकौ संकटको सामना गर्दै युग परिवर्तनको दायित्व पनि वहन गरी सकेको छ |अहिले त हामी एक्लै छैनौ , विश्वले साथ दिईरहेको छ |हामीले निर्वाह गर्नुपर्ने दायीत्व हामी सहजताका साथ पुरा गर्ने छौ | त्यसका लागि हामीले भ्रष्टहरुलाई चिनेर सधैका लागि पाखा लाउने यो एउटा सुनौलो अवसर हो |महाविपत्तिलाई शुसासन, सुव्यवस्था र कल्याणकारी राज्यको उदय र समग्र बिकाशको अवसरमा बदल्न सक्यौ भने हामीले भूकम्पलाई जित्ने छौ , भूकम्प हार्ने छ | सधैको लागि जित हाम्रो हुनेछ !
२०७२ बैसाख १८,सुकेधारा