Followers

Friday, October 31, 2014

(फेस्बुके लघुकथन ) कथावाचकको न्याय

(फेस्बुके लघुकथन )
कथावाचकको न्याय
सरण राई
सबैभन्दा पहिला कथाबाटै साहित्यको सुरुवात भयो | थुप्रै कथाहरुमध्ये एउटा कथा "बाघ आयो " भन्ने कथाको सम्झना मलाई भइरहेको छ |
गोठालाले "बाघ आयो ""बाघ आयो " भन्दै गाउँलेहरुलाई झुक्याउथ्यो | एकदिन साँच्चै बाघ आउदा कसैले पत्याएनन् | कोहि आएनन् र बस्तुभाउ बाघले खाइदियो |
यहाँ कथावाचकले बाघले गोठालोलाई पनि खाएको वा चिथोरेर घाइते बनाएको कथा भन्न मिल्थ्यो | उनले त्यसो नभन्नु वा गोठालोलाई सहिसलामत राख्नु कथावाचक वा कथाकारको न्याय हो | उनले कथामा आफुले चाहेको उद्देश्य प्राप्त गरिसकेपछि गोठालो वा मुख्य पात्र नायकलाई अनावश्यक दु:ख दिन चाहेनन् |
यहि नै साहित्यले समाजमा स्थापना गर्ने न्याय हो |
२०७१ कार्तिक १४, धरान

Saturday, October 11, 2014

(फेस्बुके अभिव्यक्ति )आजको अवस्था र सोच

(फेस्बुके अभिव्यक्ति )आजको अवस्था र सोच
सरण राई
विकासोन्मुख गरिब राष्ट्रहरु मध्येको हामो देश नेपाल झन्डै झन्डै विचार , सिध्दान्त , संस्कृति र धर्मको क्षेत्रमा "डस्टबिन " जस्तै भएको रहेछ | विकसित देशहरुका मानिसहरुले त्यागेका छोडेका 'आउट देटेद र डेट एक्स्पायार्ड ' कुराहरु नेपालमा खुब चल्तीमा रहेका छन् | विश्वमा असफल भएको साम्यवादी विचार नेपालमा घनीभुत रुपमा प्रभाव पार्न सफल थियो | धेरै धेरै मानिसहरु साम्यवादी विचारद्वारा प्रभावित भएर जनयुध्दमा समेत सग्लग्न भए | गणतन्त्र आयो | गणतन्त्र आइ सकेपछी साम्यवादी विचार मात्र नभएर सैध्दान्तिक कुराहरु स्वात्तै घटेर सिध्दान्त सुन्यताको अवस्था बन्दै जान थालेको छ | नीति, नैतिकता, मूल्य र मान्यता केहि महत्वको रहेन | 'जसरि भए पनि आफ्नो दुनो सोझ्याऊ' राजनैतिक सोच बनेको छ | सरकार त्यहि सोचको प्रतिविम्ब भएको छ |
न्याय माग्दामाग्दै आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारीको मृत्यु भएको १८ दिन बितिसक्दा पनि सतगत भएको छैन , सरकारलाई चासो छैन , राजनीतिका खेलाडीहरुलाई लाज लागेको देखिदैन | विश्व नै एउटा गाउ भैसकेको र विश्व समुदाय नै एउटा भाइचारा जाती भैसकेको बेलामा जाति पाटीको कुरो उठिरहेको छ | सरकार चलाउने हरुको अविवेकले गर्दा पछाडी पारिएका जातिहरु विद्रोहको स्वर बोल्ने स्थितमा पुगेका छन् | रास्ट्रिय एकता कसैको चासोको विषय भएन |
अन्धविश्वास, रुडिवाद र संकुचितता चरम उत्कर्षतर्फ बढ्दो छ | "आधुनिक मानवीयता" ओझेलमा पर्दै छ | हामी हाम्रो देशलाई कस्तो गन्तव्य तर्फ बढाउदै छौ ? अत्तो पत्तो छैन | हाम्रो भावी गन्तव्य के हो भन्ने बारे छलफल भैरहेको छैन | राष्ट्रिय सहमति बारे चासो देखिदैन |
सबै दलहरु आफ्नो आफ्नो डम्फु बजाईरहेका छन् | एउटाले अर्कोको अस्तित्व स्वीकार्ने कि नकार्ने ठोस नीति देखिदैन | रनभुल्लमा जनता पारेर र दलहरु आफै पनि रनभुल्लमा परेर कति दिनसम्म देश र राजनीति चल्ने हो ? जनताको हालत दिनप्रति दिन खस्कदो छ. | भविष्य अन्धकारमय देखिदा निराश हुनु स्वाभाविक हुन्छ | देश र जनताको भविष्य उज्ज्वल र सुरक्षित कसरी पार्न सकिन्छ ? समस्याहरु जताततै देखिन्छ | समस्याको समाधान लिएर देखा पर्ने दल , राजनीति र नेता जनताले खोजिरहेका छन् |